14 February 2012

सनकसिंको सपनाः गोरा समान पेन्सन कहिले हुने ?



ब्रिटिश रक्षमन्त्रालयले सन् १९९७ भन्दा यता अवकास लिएका गोर्खाहरु सबैले अब ब्रिटिश सेनाहरु समान पेन्सन वृद्धि भएको तथ्य सत्य होइन । उसले जारी गरेको पुनरावलोकन पुस्तिकालाई अध्ययान गर्दा त्यहाँ गोर्खाली सेनाहरुलाई थुप्रै समुहमा विभाजन गरिएकोछ । यो मुलतः त्रिपक्षीय सन्धिलाई वैधानिकता दिन एउटा नाटक मञ्चन थियो । विना आधारको यो पुनरावलोकनले ब्रिटेनलाई वाहेक एकजना गोर्खालाई पनि फाइदा भएको छैन ।
यसले विवाहित सेवासम्बन्धी परिवारसहितको बसाइको व्यवस्था र सेवारतहरुको मासिक तलवमान स्केलमा गोरा समान दिन खोजेका छ । हालसम्म उसले प्रदान गरीरहेको गोर्खा पेन्सन उचित र न्यायपूर्ण रहेको उसको दावी छ । हामी कानुनी र नैतिक दुवै हिसाबले गोर्खाहरुलाई सम्मान गछौं भन्ने सुरुको उसको घोषणा कतै मेल खादैन । यो कथित पुनरावलोकनको हामी संक्षिप्त विवेचना गरेर हेरौं । एउटै काम गरेवापत ३ किसिमका पेन्सन खाने मनुवा गोर्खाहरु हुन । कसरीM
Gurkha Pensoin Scheme (GPS)
Pension Scheme 75 (AFPS 75)
Aemed Forces Pension Scheme (AFPS 05)
Gurkha Pensoin Scheme (GPS)
९ नोभेम्बर १९४७ त्रिपक्षीय सन्धिदेखि भर्ती भएर १ जुलाई १९९७ भन्दा उता अवकास पाएकाले यो पेन्सन योजना लिन सक्नेछन् । नेपालमा हुने मुद्रास्फीतिको आधारमा हरेक अप्रिल महिनामा बृद्धि गरिन्छ । भारतीय तलवमान पुनरवालोकन आयोगद्धारा दशदश वर्षमा निर्धारित गरिनेमासमेत गोर्खा पेन्सन योजना घटबढ हुन्छ ।
GPS यो योजनाको विशेषताः
१. भारतीय सेनाको तलब पेन्सन व्यवस्थालाई विशेष आधार       
   मानिने ।
२. १५ वर्ष अनिवार्य सेवा गर्नुपर्ने र उमेर ३३ वर्ष पुग्नपर्ने ।
३. जुनसुकै उमेरमा भर्र्ती भएपनि १७ वर्षदेखि मात्र सेवाको 
  गणना हुने । (मलाया र हङकङमा तेह्र वर्षदेखि भर्ना 
  लिइन्थ्यो)
४. १० वर्ष भन्दा कम सेवा गर्नेहरुको प्रिजर्भ पेन्सनको कुनै
  व्यवस्था छैन ।
५. ६ जनवरी २००७ भन्दा पूर्व भर्ना भएकाहरु यो योजनामा 
  पर्नसक्छन् ।
६. रिसेटल्मेन्ट भत्ता २,३७२ पाउण्ड (वाह्र वर्ष सेवाको)
गोर्खा पेन्सन योजना Gurkha Pensoin Scheme (GPS) यस्तो विभेदकारी योजना हो जसको विरुद्ध गोर्खाहरुले नेपाल बेलायत दुवै देशको सडकसदनदेखि अदालत धाइसकेकाछन् । अर्थात यो रातारात ल्याएको कुनै नयाँ योजना नभएर विगत दुईसय वर्षदेखि निरन्तर गोर्खाहरुलाई ठगीरहेको पुरानो सूत्र हो । मेरा आफ्नै पाँच पुस्ताको विरासत थामेको यो योजनाको अन्त विना गोर्खा आन्दोलनले कहिल्यै विश्राम लिदैन ।
Aemed Forces Pension Scheme
          बेलायत रक्षामन्त्रालयले सेनाहरुको पेन्सन सम्बन्धि विशेष योजनाको ८ अप्रिल २००७ मा घोषणा गर्र्यो । त्यसमा Aemed Forces Pension Scheme 75 (AFPS75) र Aemed Forces Pension Scheme (AFPS05) दुई विकल्पहरु थिए । AFPS75 योजना ६ अप्रिल २००५ देखिसम्म र त्यसपछि AFPS 05 योजना लागु भएको छ । आर्थिकरुपमा आफुलाई लाभ हुने कुनै एक योजनामा एक वर्ष भित्र हस्ताक्षर गर्नुपर्ने वाध्यता थियो ।
AFPS 05 योजनाका विशेषताहरु
खासगरी ब्रिटिश सेनाहरुको सेवा र सर्तहरुको परिमार्जन गर्न १९७५ मा रक्षामन्त्रालयलयद्धारा लागु भएको एउटा नीति थियो । ६ अप्रिल २००६ भन्दा पूर्व ब्रिटिश सेनामा तलव,रिसेटल्मेन्ट भत्ता तथा पेन्सन सेवाहरु यही योजनामा निर्र्देशित हुन्थे । वास्तवमा यो योजना गोरा सिपाहीहरुका निमित्त मात्र थियो । पछि गोर्खाका सेवा र सर्तहरुलाई पूनरावलोकन गर्ने भएपछि यो योजनामा समाहित गरिएको हो ।
        १. ६० वर्ष उमेर पुगेपछि प्रिसर्भ पेन्सनको व्यवस्था ।
        २. २ वर्ष सेवा गरेकाको पनि प्रिसर्भ पेन्सनको व्यवस्था ।
३. रिसेटल्मेन्ट भत्ता ८,९४७ पाउण्ड (वाह्र वर्ष सेवाको)
४. तत्काल पेन्सनका हकदार हुनका लागि अधिकृत २१ वर्षमा भर्ना भएर न्युनतम १६ वर्ष र अन्यका लागि १८ वर्षमा भर्ना भई न्युनतम २२ वर्ष सेवा गरेको हुनुपर्ने ।
        १ जुलाई १९९७ देखि यता अवकास लिनेहरुले यो योजनामा जान पाउने व्यवस्था गरियो । गोर्खाहरुलाई फसाउन मात्र यो योजना लिनपर्छ भन्न खोजिएको रहस्य पछि मात्र पत्ता लाग्यो । यसले बहालवाला सबै गोर्खाहरुका सेवा सुविधाहरुमा अबदेखि बेलायती सेना सरह भएको भन्ने रक्षामन्त्रालयको घोषणा केवल प्रचारमा सिमित थियो । साच्चै भन्ने हो भने १९९७२०१९ सम्म २२ वर्ष सेवा गरेर निवृत्त हुने गोर्खाहरु मात्र यो सेवाको उपभोग गर्न पाउनेछन् । सेवामै रहेर पनि १९९७ भन्दा उता भर्ती भएका गोर्खाहरुको हकमा उनीहरुको पेन्सन,उपदान आदि सेवाहरुमा फरक परेको स्पष्ट छ । अर्थात एउटा मान्छे उही एउटै कागजमा हस्ताक्षर गरेर बेलायती सेनामा भर्ना भएपनि उसले पाउने सुविधाहरुको व्यवस्था फरक फरक भएकाछन्
१९९७ भन्दा यता पेन्सन आएकाहरुले साबिककै गोर्खा पेन्सन वा नयाँ स्कीम बिटिश पेन्सन मध्य एउटा छानेर पाँच महिना भित्रमा हस्ताक्षर गर्नेपर्ने आदेश जारी गरिएको थियो । सुरुमा पेन्सन गोरा सरह हुने भयो भनेर उत्साहित लाहुरेहरु आफुले भर्नुपर्ने विवरणको कागजात हात परेपछि मात्र पुनः गोराले थाङ्नामा सुताएको रहस्य थाहा पाए । कथित वृद्धि भएको ब्रिटिश पेन्सन लिदा झन घाटा हुने भएकाले धेरै गोर्खाहरुले पहिलाकै गोर्खा पेन्सन लिन वाध्य भएकाछन् ।
GPS to AFPS 75 मा जादा गोर्खाहरुको सेवालाई घटाएको एउटा दृष्टान्त हेरौं :
Rifleman/Lance Crporal            36%
Corporal                                   30%
Sergeant                                   29%
S/Sergeant/Warrant Officer       27%
Warrant Officer 1                      26%
Lieutenant                                 27%
Captain                                     28%
Major                                       23%
१९८२२००० उन्नाईस् वर्ष सेवा गरेकोS/Sergeant सनकसिंको बेलायतद्धारा कथित ब्रिटिश समान पेन्सन (AFPS 75) को वास्तविकता यस्तो छः
कः            १९८२१९९७=  १६ वर्ष
   १६×२७ = ४.३२
                        १००
ख.  १९९७२०००= ३ वर्ष
क+ख=  ७.३२ वर्ष             
सनकसिंले १९९७ भन्दा उता १५ वर्ष सेवा गरेपनि गोर्खा बृग्रेड हङकङमा भएको कारणले त्यसलाई घटाएर ४.३२ वर्षमा झारियो । उता १९९७ भन्दा उताका पूरै जोडियो र सेवा गरेको १९ वर्ष तर ब्ँएक् ठछ मा जादा ७ दशमलव ३२ वर्षको मात्र पेन्सन पाउने भयो । २२ वर्ष भन्दा कम सेवा गरेकाले गर्दा उनले ६० वर्षपछि मात्र यो पेन्सन पाउने अधिकार हुन्छ । ६० वर्ष नपुगेसम्म गोर्खा पेन्सनमा भुक्तानी पाउछ । बिटिश पेन्सन सम्झौतामा हस्ताक्षर गरेका १५ र्वपछि ६० वर्ष पुग्दा वेलायतमा पेन्सनको वृद्धि हुन्छ भनेर अलिे नै भन्न सकिने अवस्था हुदैन । २२ वर्ष पुगेकाहरुले चाही तत्कालै AFPS पेन्सनपाएका थिए । तर त्यस्ताको संख्या अत्यन्तै कम मात्रमा थिए ।
सनकसिंले १९ वर्ष युवा जोसलाई ७ वर्ष ३ महिना १६ दिन भाडाको सिपाही र बांकि ११ वर्ष ८ महिना १४ दिन सित्तैमा भात मात्र खाएर भतुवाको काम गरेको देखिन्छ ।
यो तथ्याङ्कले वेलायत पेन्सन बढाउने भन्दा उल्टो पैसा जोगाउने षडयन्त्र गरेको स्पस्ट हुन्छ । किनकि उसलाई औशत नेपालीहरु कति बाँच्छन् भनेर राम्ररी थाहा छ । समग्रमा यो घोषणाले गोर्खाहरुलाई पुःन अपमान गरेको छ ।
APS05 योजनाका विशेषताहरु
ब्रिटिश सेनाले जनशक्तिको अभाव लामो समयदेखि भोगिरहेको थियो । यो योजना ब्ँएक् ठछ जस्ता अनेकौं योजनालेपनि खासै ब्रिटिश युवाहरुलाई आकर्षण गर्न नसकेपछि यसको पूर्ति गर्न ब्ँएक् ण्छ सरकारले लामो अध्ययान गरेर ल्याएको पछल्लो परिष्कृत योजना हो ।
योजनाका विशेषताहरुः
       १. भर्ती भएको दिनदेखि सेवाको गणना हुने ।
२. १८ वर्ष अनिवार्य सेवा लिनुपर्ने ।
३. अवकास लिदा ४० वर्ष उमेर हुनुपर्ने ।
४. सेवा पूरा नगरेकाले ६५ वर्षदेखि प्रिसर्भ पेन्सनको व्यवस्था ।
५. रिसेटल्मेन्ट भत्ता ९,२७० पाउण्ड (वाह्र वर्ष सेवाको) ।
गोर्खाहरुको निमित्त यो योजना पनि १९९७ भन्दा उताको सेवालाई घटाउने सूत्र लागु नभै सुखै छैन । तर AFPS 75 र AFPS 05 जुनसुकै स्कीममा गएपनि गोराहरुको हकमा सबै सेवाहरुलाई उत्तिकै मान्यता दिइएको छ । उनीहरुको हिसाव गर्ने सूत्र त्यही भएपनि अरुलाई भन्दा केही आर्थिक लाभ मिलेको थियो ।
यसबाट के प्रस्ट भएको छ भने १९९७ मा भर्ती भएको गोर्खा AFPS 75 मा हस्ताक्षर गरेको छ भने २०१९ मा र AFPS 05 मा हस्ताक्षर गरेको भए २०१५ ब्रिटिश सैनिक समान पेन्सन प्राप्त गर्दछन् । स्मरणरहोस मासिक तलव र अन्य भत्ताहरुमा २००० देखि समान भएको छ ।
समग्रमा ब्रिटेन तीनचार हजार गोर्खाहरुको सेवासर्त र सुबिधाहरुमा समानता ल्याएको जस्तो गरेर गोहीको आासु झार्ने असफल प्रयास गर्दैछ । बेलायती नागरिक र संसारका मानिसहरुलाई समान व्यवहार देखाईरहेको छु भन्ने यो उसको षडयन्त्रको अन्तिम अस्त्र हो । यसले निश्चितरुपले समस्या समाधन भन्दा झन चर्काउने काम गरेको छ । किनकि गोर्खा आन्दोलनको प्रमुख माग भनेको अहिलेका सिमित गोर्खाहरु भन्दा उसको कठिन समयमा ज्यान जोखिममा राखेर काम गरेका चालिसौंहजार योद्धाहरुलाई उचित क्षतिपुर्तिसहित गोरासमान पेन्सन दियोस भन्ने हो ।
उचित विकल्क समानुपाति पेन्सन
ब्रिटिश अधिकृतहरु बारम्बार ब्ँएक् भन्दा न्एक् राम्रो भएको बकुुम्फुसे तर्क गर्दै आएकाछन् । हो गार्खाहरुले १५ वर्षमा पेन्सन पाउछन तर २००० भन्दापहिला एकजना गोर्खा कर्पोरलको नौ पाउण्ड थियो भने उही दर्जा गोराको तीनसय भन्दा धेरै थियो । हाल त्यही दर्जा गार्खाहरुको दुईसय तर गोराहरुको ६०० छ । गोरा सैनिकहरुले पूरा पेन्सन पाउनका लागि अनिबार्य २२ वर्ष सेवा गर्नुपर्ने र सो भन्दा कम सेवा गरेकाहरुले ६० वर्ष पुगेपछिमात्र पेन्सन पाउने तथा गोर्खाहरुलाई १५ बर्षमानै सिमित पेन्सन दिएर घर पठाउने उसको दोहोरो नीतिकै कारण पेन्सन वृद्धि गर्नमा बेलायत रक्षामन्ञालायलाई अप्ठ्यारो परेको हो । पहिलो कुरो जतिसुकै वर्षमा सेवा निवृत भएपनि हाम्रो र उनीहरुको पेन्सन दशौ गुणा फरक छ र दोश्रो हामी १५ वर्ष भन्दा कम सेवा नगर्नुको पछाडी हामीहरुको इच्छा होइन बाध्यता हो भन्ने तथ्यलाई स्मरण गर्नु पर्दछ । यसका साथै २२ वर्ष सेवा नपुगेकालाई तत्कालै पेन्सन नपाए पनि उनीहरुले क्षतिपूर्ति सरह एकमुष्ट ठूलो रकम पाउनका साथै वैकल्पिक रोजगारको प्रशस्त अवसरहर पाउदछन् । वेलायत ९अयकत या ष्खिष्लन० बसाइ लागतको तर्क गर्छ भने हङ्गकङ्ग बु्रनाई जस्ता् उसको प्रशासित देशमा काम गर्दा समेत आफ्ना राष्ट्र सेवकहरुलाई किन फिलिपिनो घरेलु कामदारभन्दा कम तलव भत्ता दिइयो । त्यसैले यो न्यून बसाई लागतको तर्क विल्कूलै असान्र्दर्भिक र अव्यवहारिक छ ।
त्यसैले समानुपातिक पेन्सन प्रणालीको अवधारणानै अहिलेको लागी व्यवहारिक हुन सक्छ । यस प्रणाली अन्तरगत जसले २२ बर्ष पूरा सेवा गरेको छउसले गोरा समकक्षि सरह पाउनु पर्दछ । २२ वर्ष पूरा नगरेकाहरुले उनीहरुको सेवा अवधी र दर्जा अनुसार समानुपातिक हिसाबले पाउनु पर्दछ । २२ सेवा गरेका गोरा कर्पोरल पिटरको मासिक ६६० पेन्सनको समानुपातिक गोर्खा कर्पोरल जनकसिंलाई यसरी समानुपातिक दिएर चित्त बुझाउन सकिन्छ ।
पिटर २२ वर्ष सेवा—      ६६०÷२२= ३०
जनकसिं १५ वर्ष सेवा—  १५×३०= ४५०
पिटरले प्राप्त गरेको ६६० पाउन्डलाई उसैको २२ वर्ष सेवाले भाग गर्दा योगफल ३० हुन्छ । त्यही ३० अंकलाई जनकसिंको १५ वर्ष सेवालाई गुणा गर्दा आएको ४५० पाउण्ड नै गोर्खाहरुको लागि समानुपातिक पेन्सन हो । 
श्री जनकसिं .

1 comment:

  1. sanak sigh ko sapana hk ma hunda parbate ma padhnu payinthyo, tara aja 2 dasak bhanda pachhi pani ayera yeslai nirantarta dinu hune mahanubhav lai dhanyabad. Ani yaha le yo Gurkha Pesion ko bisaye ma nikai gahiro adhyayan garera sanak singh marphat hami majha yo sandesh puryaune jamarko garnu bhayeko ma pheri pani dhanyabad.

    ReplyDelete