12 February 2012

गोर्खा वेलफेयर सोसाइटि युकेको “थ्रि इन ए डे” कार्यक्रम ।

वेष्ट लन्डन
रदुङ मिडिया
गोर्खा वेलफेयर सोसाइटि युकेले “थ्रि इन ए डे” कार्यक्रम गर्ने भएको छ । संस्थाका महासचिव शान्तिराम मगरका अनुसार सो कार्यक्रम यहि फेब्रुवरी १८ तारिकका दिन साउथ ह्यारोको Harrow Borough Football Club को हलमा संचालन हुने बताईएको छ । आयोजित कार्यक्रममा गोर्खा वेलफेयर सोसाइटि युके लगायत अन्य स्थानिय संघसंस्थाहरु पनि समाहित रहने बताईन्छ । एनबिसि युके¸ ठाँटि नेपाली समाज¸ तमुधि युकेको लन्डन शाखा र किरात राई यायोक्खा युकेको लन्डन शाखाहरुले सहभागिता जनाउँने जानकारी हुन आएको छ ।

पहिलो चरणको कार्यक्रममा संस्थामा आवद्ध युवाहरुहरुको लागि हाजिरि जवाफ प्रतियोगिता (Quiz Competition) हुने छ । यो कार्यक्रम गोर्खा वेलफेयर युथ क्लबको सह-संयोजनमा हुने जानकारी हुन आएको छ । युथ क्लबका अध्यक्ष सुश्री निलिमा थापाका अनुसार हाजिरि जवाफ प्रतियोगितामा ५ देखि ७ टिमले भाग लिने सम्भावना रहेको जानकारी दिईन् । “थ्रि इन ए डे” कार्यक्रमको तयारी बैठकमा उपस्थित कोषाध्यक्ष गन्ज बहादुर आलेका अनुसार हाजिरि जवाफ प्रतियोगिता संस्थामा आवद्ध युवाहरुलाई ‍ऐक्यवद्ध गराउँदै संस्थासँग सम्वन्धित ज्ञानमय कुराहरुको साथै अन्य बिभिन्न बिषयमा आधारित प्रश्नहरु समावेस गरिने भएकोले उपस्थित हुने सम्पूर्ण महानुभावहरुको लागि जानकारी मुलक रहने बताएका छन् । हाजिरि जवाफ प्रतियोगितामा पहिलो¸ दोश्रो र तेश्रो हुने टिमहरुलाई पूरस्कार दिईने पनि बताईएको छ । उक्त कार्यक्रममा प्रदान गरिने पूरस्कारहरु संस्थाका सदस्य तथा पुर्व महासचिव गोपाल कृष्ण राई¸ सदस्य श्रीमान श्रीमति गोबिन्द गुरुङ र अध्यक्ष नर गुरुङहरुले सौजन्य गर्ने भएका छन् । 

दोश्रो चरणको कार्यक्रममा समाजमा भएका लागूपदार्थ दुर्ब्यसनि निराकरण सम्वन्धि बृहत जानकारी गराईने कार्यक्रम रहेको बताईएको छ । लन्डन स्थित साइन्टोलोजि एक संस्थाबाट लागूपदार्थ दुर्ब्यसनि निराकरण सम्वन्धि बिशेषज्ञहरु कार्यक्रममा आई सो जानकारी गराउँने भएका छन् । विश्वमै धेरै युवाहरु लागूऔसधको चपेटामा परेको वर्तमान समयमा, यसक्षेत्रमा बसोवास गर्ने सबैलाई यसबारे जानकारी गराउँदै बिकृतिबाट टाढा रहन वा केहिहद् सम्म समाजमा यसको निराकरण होस् भन्ने आशाले यो कार्यक्रमको आयोजना गरिएको संस्थाका पुर्व महासचिव गोपाल कृष्ण राईले बताएका छन् । यस जानकारी भेलामा सकेसम्म धेरै मानिसहरुले भाग लिएर यसको फायदा उठाउन सकुन् भन्दै राईले भने बिशेष गरेर नेपालीहरुको लागि बेलायतमा यो संक्रमणकालिन समय भएको हुनाले यस्तो समयमा धेरै नेपाली युवाहरु लागूऔसधको दुर्ब्यसनिमा फस्न सक्ने परिस्थिति यथावत छ¸ र यस्तो वर्तमान परिस्थितिमा अभिभावकहरु यसबारे सुसूचित रहनु पर्ने बताए । लागूऔसध दुर्ब्यसनि निराकरण सम्वन्धि बिसेषज्ञको खोजिमा आफु सँधै रहेको बताउँदै यस पटकको कार्यक्रममा आउने बिशेषज्ञहरु पनि आफ्नै पहलमा जुटाउँन सफल भएको बताउँदै गोर्खा वेलफेयर सोसाइटी युकेले यो “THREE IN A DAY” कार्यक्रमको आयोजना गरेर आफ्नो सदस्य र यस क्षेत्रमा बसोवास गर्ने धेरैको कल्याण हुने पनि राईले बताए । 

यस “THREE IN A DAY” कार्यक्रमको तेश्रो चरणमा भने सबै उपस्थित हुने महानुभावहरुले दिनभरिको थकावट Bingo (बिंगो) खेलेर मनोरंजनकासाथ बिताईने संस्थाका महासचिव शान्तिराम मगरले बताएका छन् । फ्रि इन्ट्रिका साथै उपस्थित सबैलाई फ्रि खानाको समेत बन्दोवस्त रहेको छ भन्दै महासचिव मगरले भने संस्थाको सदस्यज्युहरु साथै यस क्षेत्रमा बसोवास गर्ने सबैले यस कार्यक्रममा उपस्थित भएर सहयोगको आशा गरेको बताईन्छ ।

3 comments:

  1. Khai..!Mojor le koon FONT chalayo koni..; mero Galaxy s2 read garnai sa kena....

    ReplyDelete
  2. Chang-fang ramro chha numbery trio ko
    Tej

    ReplyDelete