17 December 2011

दशैंबारे विभिन्न धारणाहरू ।

नेपाली आदिवासी जनजातिहरूको दशैं ! Dashian Festival for Nepali Indigenous Peoples -------------------------------------------------------------------------------------------------------------------------------- दसैंको मानवशास्त्र - डम्बर चेम्जोङ दसैंजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अथ्र्याउन सकिन्छ । दसैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैं सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्कृतिक तहमा समेत मनाउँछन् भनी बुझ्न सकियो भने दसैंको अर्थ सम्पूर्णतामा खोज्न सकिन्छ जस्तो लाग्छ । अझ मानवशास्त्रीहरु त चाडपर्वमा वा समाजहरूमा सम्पन्न गरिने विभिन्न पूजा-आजाहरूको राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् र सोहीअनुरूप अध्ययन गर्दछन् । कस्तो खाले मानवीय सम्बन्धहरूलाई सामाजिक भन्ने ? कस्तो खाले मानवीय क्रियाकलापहरूलाई धार्मिक भन्ने ? अनि कस्तोलाई सांस्कृतिक ? र कस्तोलाई राजनीतिक भन्ने सवाल पनि हामीसँग छँदै छ । अझ भन्ने हो भने नेपाली भाषामा वा समाजमा 'राजनीतिक' शब्दको अर्थ संकुचनले होला 'राजनीतिक दल'हरूको चलखेल र उछलकुदलाई मात्र 'राजनीति' भनी बुझ्ने चलन आम मानिसहरूमा छ । तर शक्ति र सत्तालाई हेर्ने, बुझ्ने, महसुस गर्ने तरिका र तिनका अर्थबोध विभिन्न समाजहरूमा आ-आपmनै विशिष्टतापूर्ण हुन्छ । उदाहरणतः लिम्बू समाजमा शक्ति र सत्ताको पूजा आराधना व्यक्ति, परिवार, समाज सबै तहमा हिन्दु जातीय चलनभन्दा नितान्त फरक ढंगले हुन्छ । यसरी दसैंको मानवशास्त्र भनेको उल्लेखित पाटाहरूबाट हेर्दा दसैं कस्तो देखिन्छ र दसै मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भनी बुझ्नु हो । आफू काम गर्ने थलोमा लामो बिदा पर्नाले घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गरिने पक्ष, आरामले बस्ने, मीठो मसिनो खाने नयाँ र राम्रो लाउने, छरछिमेक घुम्दै भेट्दै सँगै खाने, तास खेल्ने, पीङ बनाउने-खेल्ने, मनोरञ्जन गर्ने, शुभकामना औ आशिर्वाद थाप्ने, विवाहित छोरी चेली कोसेली-पात बोकी माइत आउने वा नयाँ ज्वाइँ ससुराली जाने आदि पक्षहरू चाडपर्वका सन्दर्भमा सम्पन्न हुने सामाजिक पक्ष हुन् तर यसले मात्र चाडपर्वको सारभूत परिभाषा समेट्दैन । पूजा-अर्चनाजस्ता कुरा चाडपर्वको धार्मिक सांस्कृतिक महत्त्वपूर्ण पाटो हो । चाडपर्वमा इष्ट द्यौ-द्यौताहरूको पूजा-अर्चना वैयक्तिक, पारिवारिक र सामूहिक एवं समुदायगत तहमा समेत सम्पन्न गरिन्छ । दसैंको पनि धार्मिक र सांस्कृतिक सारभूतता नौ दिनसम्म सम्पन्न गरिने विभिन्न शक्तिदेवीहरूको पूजा अर्चनाले प्रस्ट्याउँछ । धार्मिक सांस्कृतिक हिसाबले 'दसैं हिन्दु मात्रको महान् पर्व' भन्नु ठीक हो । नेपालमा आम आदिवासी जनजाति समाजहरूमा आ-आपmनो सामूहिक धार्मिक सांस्कृतिक आस्था सम्बद्ध शक्ति देवीदेउताहरूको पूजा-आराधनासहित दसैं मनाउने चलन देखिँदैन । माथि नै लेखियो- चाडपर्वमा राजनीतिक सत्ता र शक्तिको पूजा पनि गरिन्छ । नेपालमा दसैंमा देख्न पाइने सत्ता र शक्ति सम्बद्ध पूजा-आजा र मूलतः सत्तासीनहरूले राँगा लगायत पशुको बलि दिने कुरा चाडपर्वको राजनीतिक पक्षको ज्वलन्त उदाहरण हो । दशैंको यो पक्षले भने शासक तथा शासित दुवै वर्गलाई समेट्छ । राजनीतिक रूपमा दसैं भनेको विगतको गोरखाली हिन्दु राजनीतिक सत्ताको औचित्यको पुष्टि, त्यस सम्बद्ध शक्ति देवीदेउताहरूको पूजाअर्चना हो । गोरखाली राजनीतिक सत्ता र शक्ति विस्तार प्रक्रियाको इतिहासलाई दसैंको धार्मिक पूजा-आजा र राँगाको बलि दिने व्यवस्थाले प्रतीकात्मक ढंगले व्यक्त गर्दछ । दसैंका लागि गोरखाबाट काठमाडांै फूलपाती भित्र्याउनु, सत्तासीनहरू र अझ सेनाका खास तहको अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगाको बलि चढाउनु आदिले गोरखा राज्यको विस्तार र हैकमलाई धार्मिक र सांस्कृतिक रूपमा औचित्य प्रदान गर्ने मात्र होइन कि गोरखाली अधीनस्थता अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक तर पूर्णतः राजनीतिक सन्देश फैलाउँछन्, बलिमा चढाइएका पशहरूले । मानवशास्त्री डेभिड होमवर्गले दसैंमा राँगाहरूको बलि दिने कुरा रूप पक्षमा धार्मिक देखिए पनि सारमा सत्ताधारी राज्य पक्षले अधीनस्थ क्षेत्रमा पठाएको राजनीतिक सन्देशको रूपमा अथ्र्याएका छन् । जुनसुकै तहका सत्ताधारीहरूको हातको टीका थाप्नुलाई सांस्कृतिक रूपमा आशिर्वाद लिनुको अर्थमा बुझिए पनि राजनीतिक रूपमा भने अधीनस्थता स्वीकार गर्नु हो, हरेक साल टीका थाप्नु भनेको त्यही अधीनस्थताको नवीकरण गर्नु हो । अधीनस्थतालाई नरम शैलीमा अभिभावकत्वको अर्थमा पनि बुझाइने गरिन्थ्यो स्कुले विद्यार्थीलाई विगतमा । स्कुलमा दिनभर घोक्नुपर्ने पाठले भन्थ्यो- 'आमाभन्दा ठूला, बाबाभन्दा ठूला, सबैभन्दा ठूला, राजा नै हुन् ठूला...।' हामी कतिपय यही चिन्तन धरातलमा उभिएका छौं । हिन्दु राजाहरूका अधीनस्थता, अभिभावकत्व मानिरहेको भए र उनीहरूले दसैंमा दिने गरेका आशिर्वाद लागिरहेको भए नेपालमा यो राजनीतिक अवस्था स्थापित हुन सक्थ्यो ? तर आज पनि कति स्कुले पाठ्यपुस्तकमा यस्तै सन्देश छैनन् भन्न सकिन्न । मान्छेहरू दसैं मानिरहेका हुन्छन् एकातिर भने अर्कातिर दसैंले पनि मान्छेहरूलाई मनाइरहेको हुन्छ । तात्पर्य, मान्छेहरूले एक वा अर्को रूपमा दसैं मान्ने वा नमानेर 'मान्ने' क्रममा दसैंको प्रभाव विभिन्न समाजहरूमा भिन्नाभिन्नै सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक हिसाबले पर्दै जान्छ । तसर्थ दसैंले समेत नयाँखाले सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध र अभ्यासहरूको पुनउत्पादन गर्दै लान्छ समाजहरूमा । यो कुरा व्यक्तिहरूले समाज निर्माण गर्दछन् साथै समाजले पनि व्यक्ति निर्माण गर्दछ भने जत्तिकै सजिलै बुझिने कुरा हो । दसैं मनाउनेहरू मात्र होइन 'दसैं हाम्रो होइन, यो हामीमाथि थोपरिएको हो, हामी यसको बहिष्कार गर्छौं' भनी दसैं नमनाउनेहरूले समेत राजनीतिक अर्थमा दसैं मानेझैं बुझ्न सकिन्छ । उदाहरणतः कुनै माग राखी अनसन बस्नेहरूले समेत राजनीतिक अर्थको पोषण वा खुराक प्राप्त गरिरहेका हुन्छन् । त्यसैले जसरी दसैं मनाएर विशिष्ट तहको विशिष्ट आध्यात्मिक भौतिक अर्थबोध महसुस गरिन्छ , त्यसैगरी बहिष्कार गरेर वा नमनाएर पनि त्यही खाले राजनीतिक मूल्यको महसुस र प्राप्ति हुन्छ । यसर्थ दसैंले सबै नेपालीलाई एकै ढंगले समेट्दैन । कसैले हिन्दुहरू मात्रको महान् चाड भन्छन् त कसैले नेपालीहरूको महान् चाड भन्छन् । यति मात्र होइन आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैं मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरणतः लिम्बूवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्नै पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो । दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा । दसैं नमानिएको, पशुबलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहरू । यसरी लिम्बू सुब्बाहरूमा दसैंमा पशुबलि दिने क्रम विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू-स्वामित्व प्रणालीको व्यवस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रको स्थानीय इकाईको रूपमा समेत जिम्मेदारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्विकारोक्ति दसैंमा चढाइने पशुबलिमार्फत् नै भइरहेको बुझिन्छ । अझ लिम्बू सुब्बाहरूबाट पनि उनीहरूका किपटअन्तर्गतका घरधुरीहरूले आशिर्वाद र अभिभावकत्व ग्रहण गर्ने र स्थानीय शासकीय अधीनताको नवीकरण गर्ने अवसर दसैं नै थियो । भूमिसुधार ऐनले लिम्बूहरूको किपट भूमि व्यवस्थाको अन्त्य गरेपछि स्थानीय तहमा सत्तासीन लिम्बू सुब्बाहरूको पनि अधिकार समाप्त भयो र लिम्बू सुब्बाहरूले दसैंमा पशुबलि दिने काम बन्द गरे अर्थात् राजनीतिक रूपमा दसैं मान्ने काम एक प्रकारले बन्द गरे । यसरी विगतमा लिम्बूहरूले दसैंमा पशुबलि दिने कुरा सोझो रूपमा नै गोरखा हिन्दु राज्य निर्माण र त्यसको अधीनस्थतासँग सम्बन्धित बुझिन्छ । लिम्बूहरू हिन्दु धर्मावलम्बी होइनन् त्यसैले लिम्बूहरूका निमित्त दसैंले धार्मिक र सांस्कृतिक अर्थ राख्दैन । उनीहरूको मुन्धुम, फेदाङवा/मा, येवा, साम्बा आदिले दसैंको प्रसंग ल्याउँदैनन् । उनीहरूको इष्ट द्यौ-द्यौतको पूजा-अभ्यर्थना गर्ने पनि होइन दसैंमा । त्यसैले अन्य समाजहरू र राज्यको प्रभावका कारण लिम्बूहरूमाझ पनि सामाजिक रूपमा दसैं मान्ने चलन सुरु भएको हुनसक्छ विगतमा । विवाह गरेर गएका छोरीचेली कोसेलीपातको भारी भरियाहरूका साथ दसैंमा नै माइत आउने चलनको सुरु भएको जस्तो लाग्छ । लिम्बूको कोसेली भन्नु के छ र ? ढाकरमा फूलहरूले सिंगारिएको सिंगो संुगुर, गाग्रोभरि रक्सी र थरीथरीका मासु र तरकारीका चेप तथा टपरीहरू आमा-बा अथवा मूलघरका लागि । अनि सुंगुरका फिला र करङहरू छुट्टै पेरुंगो/चेपहरूमा च्यापेर र साना-साना मट्याहरूमा समेत रक्सी र फिलिंगे, गुन्द्रुक, सिमी, भटमास आदि अचारका टपरीहरू आपmनो नजीकका नाताहरूका लागि नभई नहुने । नाताभित्रको तह अनुसारको कोसेली भएन भने, सुंगुर गतिलो भएन भने, रक्सीको गुणस्तर राम्रो भएन भने खासखुसे कुरा काट्ने त छँदै छ । युवावयमा मैले देखे भोगेको दसैं लिम्बूवानको मेरो गाउँमा यस्तै थियो । सबै लिम्बूहरूमा होइन तर स्थानीय सत्ता-सुख-भोग गरिरहेका वा मूलतः किपटिया लिम्बूमा सेतो टीका थाप्ने र टीका लगाइमाग्न आउनेलाई पनि सेतै लगाइदिने चलन थियो । वास्तवमा हिन्दुहरूले जुठो जातको र अभक्ष मानेको अझ बाहुनले छुनै नहुने पशु संुगुर सिंगारेर, त्यसैलाई सबैभन्दा अभीष्ट भोजन मानेर, उतिबेला हो भने बाहुनले चलाउनै नहुनेे रक्सी चलाएर, हिन्दु जातीय चलनमा अभिभावकको मृत्युको आशौच र अशुद्धिको प्रतीक सेतो रङको टीका थापेर लिम्बूहरूले दसैं मान्नुको ध्वन्यात्मक अर्थ के हुन सक्ला ? लिम्बूले रूप पक्षमा दसैं मानेकै देखाएर यसैको माध्यमबाट सारभूत अर्थमा हिन्दु राज्य र धर्मको विरोध वा खिल्ली उडाएको देखिँदैन र ? आज दसैंको सन्दर्भलाई लिम्बूहरूले तीन ढंगले लिन्छन् जस्तो लाग्छ- पहिलो दसैं बहिष्कार, दोस्रो बहिष्कार पनि नगर्ने र नमनाउने पनि, तेस्रो दसैं सामाजिक रूपमा मनाउने । यी तीनै पक्ष एक वा अर्को रूपमा दसैं प्रभावित नै हुन् किनभने दसैंको मानवशास्त्रीय अध्ययनले लिम्बूहरू र गोरखा हिन्दु राज्यबीचको राजनैतिक-ऐतिहासिक सम्बन्धको एउटा पक्ष बुझ्न सकिन्छ । [मानवशास्त्री चेम्जोङ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् ] ------------------------------------------------------------------------------------------------------------------------------- किरात जाति, दशैं चाड र यथार्थता - मन्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ। १. ऐतिहासिक तथ्य क) रणबहादुर शाह र ५२ सुब्बाहरूः पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए । तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो। ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्। यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ। राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ। ग) राजेन्द्र विक्रम शाह र दसैँमा राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्। वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने ट48टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झ48झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो। घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्। ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू – यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन। २. धार्मिक तथ्यः हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ। क) मुन्धुममा राम र रावणको कथा छैनः हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ। ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ। ग) (मुन्धुममा) दसैँ शब्दै छैनः हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न। आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो। १.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि। २.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बुझ्ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र ? ३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’ याख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ। ४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्ििचममेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले ‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड अर्थात लिम्बूहरूले चासोक तङनाम मनाउनु मङ्सिर पूर्णिमाको दिन १ दिन विदा पाएका छौँ। ५. माल पाएपछि चाल पाउन सक्नु पर्छ। अधिकार पाए पछि त्यसको सदुपयोग पनि गर्न सक्नु पर्छ। अर्काको अधिकार लाई सम्मान गरेर मात्र आफ्नो अधिकारको प्रयोग गर्नु पर्छ। अतः यस देशका सवै धर्मावलम्बीहरूसँग सद्भाव राखेर हाम्रो चाडलाई हामीले भब्यताका साथ मनाएर यसलाई निरन्तरता दिन सकेनौँ भने हामी कालान्तरमा पुनः परधर्मावलम्बीहरूको अतिक्रमण वा प्रभावमा पर्न सक्छौँ। वितेका अनुभव र व्यवहारबाट हामीले शिक्षा लिन सक्नु पर्छ। यदि यस्ता कुरामा होसियार भएनौँ भने हिन्दू धर्मावलम्बीहरूले गैर हिन्दू शिवलाई देवाधिदेव, महादेव आदि र अर्का गैरहिन्दू बुद्धलाई हिन्दू धर्मका नवौँ अवतार भनी हिन्दूकरण गर्न खोजिए जस्तै हाम्रो किरात चाडलाई पनि “नामाकरण मात्र लिम्बू भाषामा चासोक तङनाम भनिएको हो वास्तवमा न्वागीपूजा पनि हाम्रै हिन्दू चाड हो” भनी यो चाड अर्थात किरात चाड ‘चासोक तङ्नाम’लाई पनि हिन्दूकरण गरिनु बेर छैन। हाम्रो काम हामी आफैले गर्नुपर्छ। अरूले गरिदिँदैन। गरेर पनि हुँदै्न। भाषा, धर्म, संस्कृति भनेको जातीय अस्तित्व हो। यो लोप भएपछि जाति स्वतः अस्तित्वहीन हुन्छ। अतः जसरी हामीले हाम्रो धर्मग्रन्थ मुन्धुम र ऐतिहासिक तथ्यलाई खोतलेर दसैँ चाड हाम्रो थिंदै थिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगेर हिन्दू मात्रको चाड दसैँलाई मान्न छोड्दै आयौँ, त्यसरी नै अव हाम्रो मौलिक मुख्य चाड चासोक तङ्नाम हो भनी मान्यतासमेत पाइसकेपछि यसलाई निरन्तरता दिने अभियानमा अहम भूमिका खेल्दै अघि बढ्यौँ भने मात्र हाम्रो महान् चाडलाई बचाउन सक्छौँ। चारै किरात संस्थाहरूको अथक प्रयासले यो मौलिक चाडलाई सरकारी मान्यता दिलाएपछि अव यसलाई हरप्रयासबाट बचाइराख्न हामी सम्पूर्ण किरातहरूको परम कर्तव्य भएकोले हाम्रो चासोक तङनामलाई मङ्सिर पूर्णेको त्रयोदशी, चर्तुदशी र पूर्णेसम्म तीन दिन प्रत्येक वर्ष भव्यताको साथ मनाऔँ भनी सम्पूर्ण याक्थुङ बन्धुहरूमा हार्दिक निवेदन गर्दछु। किनभने हाम्रो सानो दुःखले मान्यता दिलाइएको चासोक तङनाम होइन्, सबै लिम्बूहरूलाई चेतना भया। समयमै बुद्धिविवेक पुर्‍याऔँ। पछि न्याउरी मारी पछुतो नपरोस्। (किरात याक्थुङ चुम्लुङका भूपू केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार श्री मञ्जुल याक्थुम्बाद्वारा लिखित यो लेख ‘दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन’ भन्ने शीर्षकमा यसअघि तान्छोप्पा र पालाम पत्रिकाहरूमा प्रकाशित भइसकेको भए पनि यसका केही तथ्यगत सान्दर्भिकतालाई ध्यानमा राखेर सामान्य सम्पादनसहित पुनः प्रकाशित गरिएको छ – सम्पादक) ------------------------------------------------------------------------------------------------------------------------------- दशैं अभियानले लिम्बूहरूको चाड सङ्कटमा - दिलविक्रम आङ्देम्बे "दशैँ आयो खाउँला पिउँला कहाँबाट ल्याउँला चोरी ल्याउँला धत् पापी म त छुट्टै बसौँला !" यो गीत नसुन्ने मानिस नेपाली समाजमा कम नै होला । भनिन्छ, ‘दशैँ’ भोग, विलास र खुसीको प्रसाद ग्रहण गर्ने उपयुक्त समय हो । यो अवसरबाट लिम्बूहरू पनि अछुत रहन सकेनन् । म एक लिम्बू । सानोमा दशैँँ भन्नेबित्तिकै मेरो खुशीका सीमाहरू रहन्नथ्यो । हुन पनि यो बेला नयाँ–नयाँ लुगा, मिठो–मिठो खाने कुरा, नातेदारसँग भेटघाट सबै कुरा उपलब्ध हुन्थे । त्यस कारण दशैँमा घर सिङ्गारपटार, बाटोघाटो चिरिच्याँट्ट पार्नु पथ्र्यो । अझ रमाइलो विषय, घटस्थापनादेखि मारसम्म नजिकको सुब्बा बाजे माल्सिरी (भगवान् दुर्गा देवीको उत्पत्ति भएको, शुम्भ, निःशुम्भबीच युद्ध भएको, रणभूमि रणचण्डीहरूको कथा वर्णन गरिएको किताब) स्तुति, भजनकीर्तन गर्नुहुन्थ्यो । साहिँला दर्जी (बाजे) नगारा बजाउँदै गाउँघर डुल्नुहुन्थ्यो । सुब्बा (सुभा) बाजेकहाँ खुँडा, खुकुरी, ढाल, तरवारसँगै भव्य मार काटिन्थ्यो । टीका ग्रहण गरिन्थ्यो तर आजभोलि लिम्बूहरूले यसरी दशैँ मनाउँदैनन् । २०४६ सालको राजनैतिक परिवर्तनसँगै देशमा पुनःस्थापित बहुदलीय प्रजातन्त्रले दिएको नयाँ मूल संविधान २०४७ र २०६२/०६३ पछिको आन्तरिम संविधानबाट ‘धर्मनिरपेक्ष देश नेपाल’ घोषणापश्चात् झन् यहाँका आम आदिवासी जनजातिहरू आ–आप्mना मौलिक चाडहरू मनाउन प्रयासरत् देखिन्छन् । दशैँविरुद्ध एउटा अभियान नै चलाएको देखिन्छ । यो आदिवासी वा किरातीहरूको नभई हिन्दू आर्यहरूको चाड हो भन्न थालेका छन् । किरात मुन्धुम (किराती वेद) मा लिम्बू (याक्थुङ्बा) हरू ‘खाम्जिरी खाम्बोङ्वा सा, लुङ्जिरी लुङ्बोङ्बा सा (ढुङ्गा र माटोसँगै उत्पत्ति भएको) हो भन्ने कुरा उल्लेख छ । इमानसिंह चेम्जोङको किताब ‘किरात इतिहास’(सन् १९९५, २००३) मा पनि लिम्बू (याक्थुङ्बा) भन्नाले ‘याक–पहाड, थुम–जग्गा, बा–बासिन्दा’ अथवा याक्थुङ्बाहरू पहाडका बासिन्दा हुन् भन्ने लेखिएको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने लिम्बू (याक्थुङ्बा) हरू प्रकृतिसँगै उब्जिएका पहाड–पर्वतवासीहरू हुन् । जहाँसम्म मौलिक चाडपर्वको प्रसङ्ग छ, चाड सँस्कृतिको एक पाटो हो । समाजशास्त्री÷मानवशास्त्रीहरूका भनाइअनुसार, ‘भूगोल, अवस्था र पर्यावरण नै सँस्कृति निर्माणको मुख्य आधार हो ।’ त्यस कारण पहाडे लिम्बू (याक्थुङ्बा) हरूको मौलिक सँस्कृति, सँस्कार तथा जीवनशैलीहरू पनि अन्य ठाउँ विशेषको भन्दा ज्यादा भिन्न छ (महेशचन्द्र रेग्मी, १९६५, १३१) । (डोरबहादुर विष्ट, भाग्यवाद र विकास, सन् १९९१, २००८ ः ५१) का अनुसार लिम्बूहरूका देवीदेवताहरू पनि आप्mनै किसिमका छन् । उनीहरू तान्त्रिक देवताहरूको पूजा गर्दछन् । त्यस कारण चाडपर्वहरू पनि मौलिक नै छन्, जुन प्रकृतिसँग ज्यादा नजिक छ । किरात येले संवत् सुरुवातसँगै लिम्बूहरूका चाडपर्वहरू सुरु हुन्छन् । सबैभन्दा पहिले आउने चाड ‘कःक्फेक्वा तङ्नाम’(माघे सक्रान्ति) हो, यसलाई उनीहरू लाम्दाक तङ्नाम (स्वागतार्थ) चाडको रुपमा लिने गर्दछन् । त्यस समयपश्चात् यक्वा (उभौली) पूजा गर्न सुरु गर्छन् । ‘उभौली’ बाली लाउनुभन्दा पहिला माटोमा उर्वराशक्ति बढाउन तागेरा निङ्वाफुमाङ्सँग शक्ति माग्ने उद्देश्यले सम्पन्न गरिने पूजा हो । यो पूजालाई लिम्बूहरूले चाड (तङ्नाम) को रुपमा पनि लिने गर्दछन् (लावती, २०६२ ः ५९) । क्रमशः बर्खाभरिको काम सकेवापत् थकान मेटाउन र केही अन्नहरू पाकिसकेको खुशीयालीमा साउन महिनामा ‘सिसेक्पा तङ्नामड (साउने सक्रान्ति) चाड मनाउने गर्दछन् । उनीहरू यसलाई अनिकाल खेदाउने चाडको रुपमा लिने गर्दछन् । यसरी कडा मेहनतसाथ लाएको बालीनाली पाक्ने समय भएपछि ‘तागेरा निङ्वाफुमाङ’ को आशीर्वादले राम्ररी नै फल प्राप्त भएको खुशीयालीमा पुनः तागेरामाङ (युमा÷थेवा) लाई फल चढाएर खुशी पार्ने उद्देश्यले ‘चासोक तङ्नाम’ (मङ्सिरे पूर्णिमामा) सम्पन्न गरिन्छ, जसलाई लिम्बूहरूले उधौली पर्वको रुपमा पनि लिने गर्दछन् । लिम्बूहरूको अर्काे चाड ‘बलिहाङ तङ्नाम’ पनि हो । यो कात्तिक शुक्लपक्षमा मनाइन्छ । यी सम्पूर्ण पर्वहरू मनाउनुका पछाडि लिम्बूहरूका आप्mनै किसिमका मुन्धुम, मिथक तथा विश्वासहरू रहेका पाइन्छन् । चाडपर्वलार्ई नाताकुटुम्बसँग भेटघाट गर्ने, हर्षोल्लास आदान–प्रदान गर्ने तथा सामाजिक प्रक्रियालाई दरिलो बनाउने मुख्य माध्यमको रुपमा लिइन्छ । (त्रिभुवनचन्द्र वाग्ले, गोर्खापत्र, २०६६ असोज) । लिम्बू मौलिक चाडभित्र पनि यस्ता सम्भावनाहरू धेरै नै छन् तर पनि लिम्बू समुदायले मात्र आप्mना मौलिक चाडहरूलाई अन्य समुदायका चाडपर्वको छायाँबाट बचाउन कठिन परिरहेको छ । पहिचानको विषयमा भने यस्तो प्रक्रियालाई त्यति पाच्यरुपले हेरिँदैन, मुख्य कारण दशैँ किरात लिम्बूको मात्र नभएर कुनै पनि आदिवासी जनजातिहरूको चाड होइन । हुन त केही आर्यन तथा गैरआर्यन विद्वान् बन्धुहरूले दशैँँलाई किराती चाडसँग नजोडेका भने होइनन् । ‘इष्टदेवी ‘पार्वती’ किरात लिम्बूहरूका युमा÷थेवाको रुप हो’ भन्ने स्वामी प्रपन्नाचार्यको भनाइलाई आधार मान्दै दीर्घराज प्रसाईं ‘दशैँँ सम्पूर्ण किरातीहरुको चाड हो’ भन्ने दावी गर्दछन् तर कुनै पनि किराती मुन्धुमलगायत् हिन्दू धर्मग्रन्थहरूमै पनि शिव÷पार्वती किरात लिम्बूहरूका युमा÷थेवा हुन् भन्ने उल्लेख नभएको तथा शिव र पार्वती पति–पत्नी हुन् भने याक्थुङ मुन्धुममा वर्णित युमा र थेवाको सम्बन्ध पति–पत्नीको रुपमा नरहेकोले प्रसाईंको भनाइलाई त्यति आधिकारिक मानिन्न । भूमिपुत्र किरातीहरू उपयुक्त मनसुनी भएको पहाडी क्षेत्रमा बसोबास गर्ने जातिहरू हुन् । (कविताराम श्रेष्ठ, कान्तिपुर दैनिकी २०५९ः असोज १९) अनुसार दशैँँमा धान–चामलको अक्षता टीका ग्रहण गरिने भएकोले यो पहिला किरातीहरूकै चाड हो, कारण मनसुनी क्षेत्रमा मात्र धान उत्पादन हुन्छ । श्रेष्ठको अर्काे तर्क दशैँँमा दुर्गादेवीको पूजा गरिने हुनाले यसमा मातृसत्ताको प्रभाव देखिन्छ, जुन(मातृसत्ता) जनजातिहरूमा बढी हुने गर्दछ । त्यस कारण दशैँ जनजातिहरूको चाड हो । यद्यपि लिम्बूहरूको चाड भन्नु स्वाभाविक छ तर उत्तर भारतका खासी, नायर कर्नाट, केरला प्रदेशका बान्टस, गारोलगायत् अफ्रिकाका डाहोमियन आदिवासीहरूमा पनि मातृसत्ताको प्रभाव प्रबल नै रहेको पाइन्छ । त्यसो भए दशैँ तिनीहरू सबैको चाड हो त ? जहाँसम्म टीका ग्रहणको प्रसङ्ग छ । नेपाली वृृहत् शब्दकोशमा ‘टीका’ शब्दको अर्थ देवदेवीको मन्दिरको प्रसादको रुपमा वा सोभाको निमित्त निधारमा लगाइने चन्दन हो भन्ने लेखिएको छ तर श्रेष्ठको भनाइजस्तो न किरातलगायत् कुनै पनि जनजातिले चाडपर्वमा टीका ग्रहणलाई त्यति आत्मसात् गरेको पाइन्छ, (दुर्गाहाङ याक्खा राई, मिया २०६४ वर्ष ८ अङ्क ५ पाना नं. १७) न त शब्दकोशमा उल्लेख गरिएभैंm देवीदेवताको मन्दिर किराती समुदायमा छ (पहिला किराती क्षेत्रमा मठमन्दिर थिएन) ! यद्यपि मोदनाथ (मोदनाथ प्रश्रित २०६४ ः १५, वर्ष ८ अङ्क ५) ले भने किरातीहरू देवीदेवताको पूजा गर्ने जाति हुन् भनी लेखेको पाइएकोले मठमन्दिर र किरातीहरूको सम्बन्ध छ कि भन्ने अनुमान लाउन पनि सकिन्छ तर वि. सं. १९७७ पश्चात् महागुरु फाल्गुनन्दले सत्यहाङ्मा पन्थ निर्माण गरेपछि बनेका केही कुटी (मन्दिर) बाहेक त्यसअघि किरात लिम्बुवान क्षेत्रमा भने कुनै देवीदेवताको मन्दिर नरहेको वैरागी काइँलाले (नेपाल समाचारपत्र, २०५९ भाद्र १२) उल्लेख गरिसकेको हुनाले प्रश्रितको भनाइलाई विश्वास गरिहाल्ने कुनै आधार छैन । हुन त चाडपर्वहरूभित्र मौलिकताहरू रहेका हुन्छन् भन्ने कुरा पनि सर्वविदितै हो । जहाँसम्म आदिवासीहरूको विषयमा उनीहरूभित्रका मौलिक चाडपर्व, उत्सव तथा मेलापात आदिको विषयमा मुखाकृत गीत वा शास्त्रीय गीतहरू रहेको भेटिन्छ( आहुती ‘मियो’ २०६४, वर्ष ८ अङ्क ५) तर किरात लिम्बू समुदायभित्र हालसम्म पनि दशैँबारे गीत तथा धुनहरू रहेको प्रमाण फेला परेको छैन । मुख्य त लिम्बू मुन्धुम (धार्मिक ग्रन्थ) मै पनि दशैँ शब्द उल्लेख छैन । दशैँँ पर्वको ऐतिहासिक बयानमा सुर र असुरबीच लडाइँबारे उल्लेख छ । (धरणीधर दाहाल, १९९९ ः ८८२) मा असुरहरूले धेरै अन्न जलाएको र पशुमाथि पनि दुव्र्यवहार गरेका हुनाले अब उप्रान्त यस्तो नहोस् भनी तिनै अन्नको अक्षता र पशुको दहीले बनाएको टीका लगाएर भेट्न आउनेहरूलाई दुर्गा भगवान्ले स्वागत गर्न सुरु गरिन् भन्ने लेखिएको छ तर किरात लिम्बू मुन्धुममा न सुर–असुरको कथा छ, न त माल्सिरी, राम र रावण, दुर्गा र महिसासुरको कथा नै छ । त्यस कारण यी आर्य पात्रहरूसँग जोडिएको दशैँ अनार्य किरात लिम्बूहरूको चाड कुनै पनि हालतमा हुन सक्दैन । बरु कहिँ कतै ‘असुर’ तिनै ‘अनार्य’ किरातीहरूलाई नै भनिएको हो भन्ने उक्तिहरू रहेको पाइन्छ । (दुर्गाहाङ याक्खा, २०५३ ः २५८) ले पनि त्यही कुरालाई थप गर्दै पुनः ‘महिसासुर अनार्यले आम आदिवासीहरूको प्रतिनिधित्व गरेको हुन्छ र नवदुर्गाले आर्य हिन्दूहरूको प्रतिनिधित्व गरेको हुन्छ, ‘दशैँ अनार्यमाथि आर्यको विजय हो’ भन्ने तर्क अघि सारेका छन् । यही तथ्यबाट पनि दशैँँ अनार्य किरातहरूको चाड नभएको कुरा प्रस्ट हुन्छ, त्यस कारण लिम्बूहरूले चाड मनाउन त्यति औचित्य देखिन्न । यति भएर पनि लिम्बूहरूले यो चाड किन मनाए ? कहिलेदेखि मनाउन सुरु गरे ? आदि विषयमा जानकारी हुनु नितान्त आवश्यक छ । मूलतः इतिहास हेर्दा लिम्बूहरूले राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानपश्चात् ‘लिम्बुवान’ लाई नेपालमा सम्झौतापश्चात् गाभेपछि मात्र दशैँ मनाउन सुरु गरेको देखिन्छ । आप्mनै सामुदायिक भूस्वामित्वमा आधारित प्रणालीलाई व्यवस्थापन गर्ने सुब्बा (सुभा) प्रणाली लिम्बुवानमा थियो । मौजादमा रहेको ‘लिम्बुवान’ भूमिलाई किपटमा रुपान्तरण गरेपछि किपटलाई थमौती गर्न निर्माण गरिएको ‘सुभाङ्गी’ सुब्बा (जो नयाँ भूमि व्यवस्थानपश्चात् मानौँ, मौजादलाई किपट बनाएपछिको सुब्बा) नै हिन्दू सँस्कृति प्रसारको मुख्य कारक हो । त्यसअघि लिम्बुवानमा हिन्दू आर्य (ब्राह्मण) हरूको आगमन थिएन । सुब्बासँग राज्यको सिधै सम्पर्क हुन्थ्यो । सुब्बालाई केन्द्रबाट शक्ति सञ्चय पनि हुन्थ्यो । त्यसैताक आप्mनै लिम्बू दाजुभाइ (जो राजासँग गरिएको सम्झौतामा बेमन्जुर थिए) माथि जाइलाग्न राजा रणबहादुरकहाँ हतियार लिन गएका पान्थर थुमका ५२ जना सामरिती(सामरिती–मनुस्मृतिको अपभ्रंस रुप हुनसक्छ) सुब्बा (लिम्बू) हरू फर्कंदा हतियार (खुँडा, खुकुरी, ढाल, तरवार, बन्दुक) सँगै दशैँँ चाड मनाउने अभियान पनि लिएर आए । बडादशैँँलाई राष्ट्रिय चाड बनाउने केन्द्रीय शासकहरूको आन्तरिक उद्देश्य रहेकोले पल्लो किरातमा यो चाडलाई विस्तार गर्न यसरी सुब्बाहरूलाई लदाएर पठाइएको हुन सक्छ । त्यसपछि मात्र सुब्बा (लिम्बू) हरूमा दशैँँ मनाउने प्रचलन सुरु भएको हो (मञ्जुल याक्थुङ्वा, तान्छोपा मासिक २०६७ कात्तिक) । दशैँमा उनीहरूले मार काट्ने, नवदुर्गाको पूजापाठ गर्ने, विजयादशमीको टीका ग्रहण गर्ने आदि चलन सुरु गरे । यो राज्यबाट पल्लो किरातका अमाली सुब्बाहरूलाई जबर्जस्त लदाइएको प्रचलन पनि हो । त्यसैगरी लिम्बुवानमा दशैँँ मनाउने अभियान लाहुर जाने परम्पराबाट पनि सुरु भएको देखिन्छ । सन् १८१४ र १८१६ को हाराहारीमा नेपालमा गोर्खा भर्ती जाने अभियान सुरु भयो । अधिकांश गोर्खाली (गुरुङ, मगर, क्षेत्री आदि) पल्टनमा भर्ती हुन थाले । पछिल्लो समयमा आएर लिम्बूहरूमा पनि यो अभियान सुरु भयो । गोर्खा पल्टन गोरखनाथ बाबा (हिन्दू) बाट दीक्षित थियो । त्यस कारण यहाँका केन्द्रीय शासकहरूले भर्तीवाला (राई, लिम्बू, मगर आदि) हरूसँगै पल्टनमा पूजापाठका लागि बाहुन पण्डितहरू पनि पठाउन थाले । उनीहरूले तामझामका साथ पल्टनमा दशैँँ मनाउने गर्थे । यो प्रचलन हालसम्म पनि छ । त्यही सिको गरेर आप्mनो देश (क्षेत्र) मा फर्केका लिम्बू लाहुरेहरूले पनि हर्षाेल्लासका साथ दशैँँ मनाउन थाले । कतिपय रैथाने लिम्बूहरूका लागि यो प्रचलन नयाँ थियो तर पनि आर्थिक–सामाजिक तवरबाट समाजमा लाहुरेहरूको स्थान उच्च रहेको हुनाले अन्य निम्नस्तरका मानिसहरू यो प्रचलन सिक्न बाध्य भए । उनीहरूले पनि लाहुरेभैं दशैँ हर्षोल्लासपूर्वक मनाउने, भोज गर्ने, शुभकामना आदान–प्रदान गर्ने आदि प्रक्रिया सुरु गरे । विस्तारै लिम्बूहरूमा दशैँको रौनक बढ्दै गयो । एवं प्रकारले यो समुदायमा आर्यन सँस्कृति, चाडपर्वहरू मनाउन सुरु गरियो । त्यसैताका राज्यबाट पनि दशैँ अभियानमा कडा नियमहरू राख्न थालियो । दशैँ मनाउन प्रत्येक लिम्बुवान क्षेत्रका सुब्बा (लिम्बूहरू) पिच्छे रु. ५ साहुन्याँ फागु (राजकीय कर) अनिवार्यरुपमा राज्यलाई दिनुपर्ने नियम सुरु भयो । यसैबाट विगतमा लिम्बूहरूले दशैँ नमानेको कुरा प्रमाणित हुन्छ तथापि केन्द्रीय शासकबाटै सुब्बाहरूलाई विशेष अधिकार भने दिइएको थियो । जस्तैः रैतीहरूबाट आफुले दशैँ मानेवापत् नगद वा जिन्सी असुल गर्न पाउनेसमेत राजाबाट लालमोहर थमाइदिएका थिए । (मञ्जुल याक्थुङ्बा,२०६७) । यो क्रम पछिल्लो समयसम्म पनि रहिरह्यो । (राजन मुकारुङ, धर्म निरपेक्ष राज्य र दशैँ २००९) मा उल्लेख गरिएको आधारमा राजा महेन्द्रकै पालासम्म पनि दशैँया दस्तुर उठाई टाठाबाठका साथ मार काट्नेहरू चाहिँ समाजमा प्रतिष्ठित हुन्थे । शासकहरूले धाप मारेर आगे सुब्बा, पगरी, कारवारी उनीहरू नै हुने आदि प्रचलन निरन्तर रह्यो । त्यस कारण आपूmलाई वैभवशाली देखाउन औकातभन्दा माथि उठेर लिम्बू सुब्बाहरूले तामझामका साथ दशैँ मनाउन थाले । यसबाट दशैँ केही सुब्बाहरूलाई तामझाम दिएर सोझा रैतीहरूबाट दशैँया दस्तुर जिप्टाएर ठगी खाने भाँडो बनाई बलपूर्वक लादिएको चाड हो भन्ने प्रस्ट हुन्छ । त्यसअघि लिम्बूहरूबीच एक–आपसमा स्तरीकरण ठगठाग गर्ने चलन थिएन(विष्ट, सन् १९९१, २००८ ः ५१) । जो किपटिया सुब्बा (सुभाङ्गी) प्रचलनबाट भङ्ग गरियो । लिम्बू रैतीलगायत् आर्यन ब्राह्मणभित्रका थरी (सुब्बा प्रचलनभित्रको एक कार्यवाहक) बाट समेत दशैँमा सुब्बा लिम्बूकहाँ जाँदा खिर, दही र फलपूmलको कोशेली बोकेर जानुपर्ने नियम सुरु भयो र सुब्बाहरूले उनीहरूलाई टीका प्राप्त गर्थे । (एल.कप्लान, ल्यान्ड एन्ड सोसियल चेन्ज इन इस्ट नेपाल, १९७० ः १३१) । दशैँमा सुब्बा (लिम्बू) हरूले अनिवार्यरुपमा राँगा बलि काट्नु पर्थ्यो । (सुब्बा) दलबहादुर चेम्जोङका भनाइअनुसार काटिएको राँगाको ‘सिङ’ घरको मूल ढोकामाथि राख्नु पर्थ्यो । बलिको रक्तरञ्जित पञ्जा छाप सिकुवाको भित्तामा लाउनु पथ्र्यो । जसले दशैँ मानेको प्रमाणित गर्थ्यो । त्यसको लागि केन्द्रबाट छड्के जाँच हुन्थ्यो । खासगरी मुखिया, अमाली, जिम्मावाल, सुब्बा आदिका घरमा जाँच गरिन्थ्यो । यदि छाप नभेटिएमा त्यस्ता अमाली सुब्बाहरूमाथि नियमअनुसारको कडा कारबाही गरिन्थ्यो । जघन्य अपराधसरह हुन्थ्यो । यसबाट पनि यो (दशैँ) किराती लिम्बूहरूमा जबर्जस्त लादिएको हो भन्ने प्रस्ट हुन्छ । पछिल्लो समयमा राजा राजेन्द्रको पालामा ‘अब उप्रान्त हामी दशैँमा राँगा काट्न सक्दैनौं’ भनी केही लिम्बू सुब्बाहरूले उजुरी गरेपश्चात् तत्कालीन काजी नरसिंहको मातहतमा ‘सके राँगा काट्नू, नसके बोका मात्र काट्नू’ भन्ने थिति इ.सं. १८९१ मा बाँधिएपछि भने केही मात्रामा बलि प्रथामा न्यूनीकरण आएको देखिन्छ (मञ्जुल याक्थुङ्बा, २०६७) । तर पनि यसको असर भने पछिसम्म रहि रह्यो । यसरी बलपूर्वक लिम्बूहरुमाझ दशैँ चाड मनाउन थालियो । दशैँलाई उनीहरूले मुख्य चाडको रुपमा लिन थाले । मुख्य गरी लिम्बू (सुब्बा) वा प्रतिष्ठित व्यक्तिहरूले यो (दशैँ) चाडमा रणचण्डी, रणभूमिको भजनकीर्तन गर्ने, मठमन्दिर गई दुर्गादेवीको पूजा गर्ने, दैत्यहरूका प्रतिमाहरू बनाएर भएभरका हतियारहरू निकाली मार काट्ने, दशैँमा अनिवार्यरुपले राँगा, सुँगुर तथा परिस्थितिअनुसारका पशुहरूको बलि दिनुपर्ने जस्ता प्रक्रिया सुरु गरे । सबै लिम्बू समुदायमा विजयादशमी मनाउने, टीका ग्रहण गर्ने आदि प्रचलनहरू बढ्दै गए । भएभरको अन्नपानीबाट अल्कोहल (जाँड र रक्सी) बनाउनुपर्ने, टीको थाप्न ससुराली जाँदा पूरै सुँगुर जाँड–रक्सी आदि लानुपर्ने जस्ता विकृतिमूलक सँस्कृतिहरू पनि बढ्दै गयो । सुब्बा दलबहादुर चेम्जोङको भनाइ अनुसार, ‘दशैँमा सुँगुर बोक्ने’ चलन टीको ग्रहण गर्न खसी लगेर जाने गरेका हिन्दू ब्राह्मणहरूबाट नै लिम्बूहरूले पनि टीका ग्रहण अभियानसँगै सिकेका हुन् तर पछि गएर बाहुनहरूले खसीको साटो केरा, कुरौनी लान थाले । लिम्बूहरूले भने सिङ्गो सुँगुर नै लान थाले । कालान्तरमा लिम्बूहरूले बाहुनका चालचलन पनि नकल गर्न थाले । हिन्दू देवीदेवताहरूको पूजा गर्न र मृतकलाई जलाउने आदि प्रक्रियाहरू सुरु गरे (एल कप्लालन, ल्यान्ड एन्ड सोसियल चेन्ज, १९७० ः १९६, १९७) । यसरी सदियौँदेखि नै दशैँ चाडले उच्च रुप लिँदै आयो । राणाकाल हुँदै तीसवर्षे पञ्चायती व्यवस्थामा होस् वा बाह्रवर्षे प्रजातान्त्रिक व्यवस्थामा होस्, यो चाडले सत्तामाथि नियन्त्रण लिँदै आएको देखिन्छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायत् सञ्चारमा समेत दशैँको दह्रो पकड रहेको छ । कारण दशैँमा सरकारी विदा हुन्छ । कर्मचारीहरूले बाह्र महिनाको साटो तेह्र महिनाको तलब पाउँछन् । त्यसैगरी सञ्चारमाध्यमलगायत् अन्य विविध कुरामा समेत सरकारी तवरबाट नै छुटको व्यवस्था गरिएको हुन्छ तर हिन्दूबाहेक अन्यहरूका चाडपर्व (जस्तैः लिम्बूहरूको चाड) मा बोनस, छुट, विदा केहीको पनि व्यवस्था गरिएको हुँदैन । त्यस कारण दशैँ अभियानसँगै चासोक तङ्नाम, यक्वा तङ्नाम, कक्फेक्वा तङ्नामजस्ता किरात लिम्बूका मौलिक चाडहरू सङ्कटमा पर्दै गएको देखिन्छ तर पछिल्लो समयमा आएर भने देशको राजनैतिक परिवर्तनसँगै जातीय मौलिक पहिचानहरू खोज्ने विषयमा लिम्बूहरूले पुनः मौलिक सँस्कृति, सँस्कार तथा चाडपर्वहरूप्रति ध्यान केन्द्रित गर्न थालेको पनि पाइन्छ । आज विश्वका सम्पूर्ण आदिवासी जनजातिहरूको आन्दोलन नै मौलिक पहिचान स्थापित गर्ने हो । वर्षौंको गहन विचार विमर्शपछि मानवशास्त्रीहरू सबै सँस्कृति उन्नत र सभ्य हुन् भन्ने निष्कर्षमा पुगेका छन् । अस्तित्व बँचाउनको लागि यो सबैभन्दा उपयुक्त माध्यम हो । त्यस कारण यो विषयप्रति सारा लिम्बूले चिन्तनशील भई अब उप्रान्त शुभकामना आदान–प्रदान गर्ने, भेटघाट गर्ने, रमाइलो गर्ने आदि(जुन चाडपर्व र उत्सवहरूका विशेषता हुन्) कुराहरू दशैँमा होइन, लिम्बूहरूको आप्mनै मौलिक चाड चासोक तङ्नाम, यक्वा तङ्नाम आदिमा सम्पन्न गर्नु पर्दछ । यी कुराहरूमा लिम्बूजन्य संघ–संस्थालगायत् सारा लिम्बूहरू गम्भीर हुनु नितान्त आवश्यक छ । ------------------------------------------------------------------------------------------------------------------------ धर्मनिरपेक्ष राज्य र दसैँ - राजन मुकारुङ किराँत राज्यका अहिन्दु रैयत/रैतीहरूलाई पनि यो श्रीदुगापूजासहितको दसैँचाड मनाउन लगाउन उनीहरूबाटै दसैँया दस्तुर असुल गरी दान पाउने अधिकारयुक्त लालमोहर (१८२० इ. स.) त्यहाँका पुख्र्यौली सामन्त अमाली, राई/सुब्बा पगरीका नाममा राजा राजेन्द्रले जारी गरिदिएका थिए । तर 'हामी हिन्दुको दसैँचाड मनाउँदैनौँ' भनी विरोध जनाउने किराँतीहरू पनि थिए र यस समूहका किरातीनेताद्वय रामलिहाङ र रिदामालाई प्रधानमन्त्री श्री ३ जंगबहादुरले मार्न लगाएका थिए ।' -दुर्गाहाङ याक्खाराई, 'किराँत हिजो र आज, पृ. १२२ ।')हिन्दुहरूको दसैँचाड गैरहिन्दुहरूमा कति निर्मम ढंगले लादियो भन्ने त इतिहासको यही तथ्यले पनि स्पष्ट गर्छ । इतिहासको यही कडीबाट अब दसैँको बारे नयाँ बहस पनि थालिनु पर्दछ । अथवा, 'नयाँ नेपाल' भनिने गरिएको सन्दर्भमा एक जाति र धर्मको मात्र सांस्कृतिक हस्तक्षेप वा अतिक्रमण कति निन्दनीय र दुःखपूर्ण छ भन्नेमा पनि बाक्लो विमर्श गर्नैपर्ने हुन्छ । अब नेपाली समाजको विविधतासँगै नयाँ सांस्कृतिक परिभाषा गरिनु पर्छ र यसका लागि यही आधारस्तम्भबाट सुरु गरिनु पर्छ ।दसैँ कसको त -नेपाली जनताको महान् दसवर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनको आधारमा निर्मित 'नेपालको अन्तरिम संविधान- २०६३' ले नेपाललाई र्'धर्मनिरपेक्ष राज्य' स्वीकार गरे पनि राज्यले चाहिँ गैरहिन्दुहरूमा पनि जबरजस्त लादिएको हिन्दुहरूको दसैँचाडलाई भने अनावश्यक लामो बिदा र पेस्की-तलबको सुविधासहित पुरानै नियतका साथ निरन्तरता दिनु साँच्चिकै खेदजनक छ । वास्तवमा पृथिवीनारायण शाहले 'कथित नेपाल एकीकरण'को नाममा नेपालका अहिन्दु, आदिवासी-जनजातिहरूको राष्ट्रिय (जातीय) स्वायत्त राज्यहरूको साँध-सिमानामाथि मात्र हस्तक्षेप गरेनन्, उनीहरूको भाषा, लिपि, इतिहासका साथै मौलिक संस्कृतिहरू पनि नामेट गर्दै लगे । यतिमात्र नभएर उनीहरूमाथि जबरजस्त ढंगले उनका इष्टदेवी दुर्गा, भवानीको पूजा गर्नुपर्ने दसैँलाई विस्तारित गर्ने अभियानका साथ खस-ब्राम्हण जातिको सामन्तवादी हिन्दु-संस्कृति लाद्दै जनजातीय भाषा, लिपि, इतिहास र संस्कृतिहरू पनि निर्ममतापूर्वक निमिट्यान्न पार्दै लगे । त्यसपछि उनका उत्तराधिकारीहरूले त झनै क्रूरतापूर्वक निरन्तरता दिए । त्यसैको उदाहरण हो, आज पनि दसैँलाई यथावत् ढंगले व्याख्या र विश्लेषण गरिनु ।दसैँको ऐतिहासिक सुरुवातको बारेमा लिच्छविकालसम्म मात्र पुग्नसक्ने आधार छ । यद्यपि, हिन्दु धर्मशास्त्रीय कथा, उपकथा जोडेर अझ अगाडिसम्म लैजाने प्रयत्न पनि नगरिने होइन । जनसंख्याकै हिसाबले पनि अरबौंको संख्यामा हिन्दुहरू रहेको छिमेकी मुलुक भारतमा भने न दसैँलाई उस्तोगरी मनाइन्छ, न त यसको लागि उपल्लो काल्पनिकताको पौराणिक कथा नै हालिन्छ । यसले के बुझिन्छ भने दसैँ नेपालका कथित उच्च खस-ब्राम्हण सामन्त शासकहरू र सीमित हुनेखाने वर्गको मात्र हो भने तिनै शासकहरूले आफूलाई दैवीशक्तिको देखाई शासन हडपिरहने महत्त्वाकांक्षाले मात्र धर्मसँग जोडेर अँगालेको चाड हो । अर्थात् यो सम्पूर्ण हिन्दुहरूको होइन, सामन्त हिन्दुहरूको मात्र चाड हो ।प्रभाव कि जबरजस्ती -दसैँबाट मात्र होइन, हिन्दु धर्मबाटै प्रभावित हुने आदिवासी जनजातिहरूमा बौद्धधर्मावलम्बी मगर, गुरुङ र तामाङहरू उपल्लो कोटीमा पर्छन् । यो उनीहरूको दोष नभएर नियति हो । पृथ्वीनारायणले गोर्खा राज्यको अभियानमा तिनै मगर-गुरुङहरूलाई प्रयोग गरेर उनीहरूको इमानदारीको लागि राज्यको केही सुविधा पनि दिएका थिए । यता, तामाङहरू त काठमाडौं राज्यबाट सीधै प्रताडित हुने भइहाले । तर रोल्पा, रुकुम, बागलुङ, लमजुङजस्ता क्षेत्रहरू, विशेष गरेर शासकहरूको सम्बन्धमा नपरेका क्षेत्रका मगरहरूमा भने दसैँको प्रभाव किञ्चित् परेको देखिँदैन । तर, अझै पनि गोर्खा दरबारबाट ल्याइने दसैँको फूलपाती बौद्धधर्मावलम्बी आदिवासी मगरहरूलाई नै बोकाई पहिले हनुमानढोका र त्यसपछि नारायणहिटी दरबार भित्र्याइने गरिन्छ । यो जातीय र धार्मिक जबरजस्ती वा हस्तक्षेपकै कहालीलाग्दो उदाहरण हो ।राजा महेन्द्रकै पालासम्म पनि दसैँया दस्तुर उठाई ठाँटबाठका साथ मार काट्नेहरूचाहिँ समाजमा प्रतिष्ठित र इज्जतदार कहलिने मनोविज्ञानले गैरहिन्दु, विशेष गरेर आदिवासी जनजातिहरूमा पनि राम्ररी घर गरेको थियो । शासकहरूले धाप मारेर वा स्यावासी दिएर राई, सुब्बा, आगे सुब्बा, जिमी, मुखिया, थरीजस्ता अनेकौं सामन्त पगरी गुथेका, पाएका हुन् अथवा शासकहरूसित थोरै सम्बन्ध बढाउन पाएका हुनेखाने टाठाबाठाहरू नै किन नहुन् - उनीहरूले शासकहरूलाई रिझाउन र आफूलाई वैभवशाली देखाउन पनि आफ्नो औकातभन्दा पनि माथि उठेर राँगा, सुँगुर, भेडा, च्यांग्रा आदिको बलि दिई तामझामका साथ दसैँ मान्ने गरेका दृष्टान्तहरू प्रशस्तै पाइन्छन् । यो उनीहरूको लागि बाध्यात्मक पनि थियो । यस्तो बाध्यात्मक कि यदि दसैँमा बलि दिएको प्रमाणस्वरूप नयाँ कमेरोले पोतिएको घरको भित्तामा हत्केला र पैतालाको छाप नलगाए उनीहरू मात्र होइन, जोसुकै पनि कठोर सजायमा पर्थे । तर्सथ यो जबरजस्ती नै थियो । दसैँ बहिष्कारको अभियान :छिटफुट विरोधहरूका बाबजुद पनि गैरहिन्दुलगायत समाजका उत्पीडितहरूमा पञ्चायतकालसम्म दसैँको रौनक राम्रै रह्यो । तर, इतिहासलाई नै हेर्दा पनि दसैँ बहिष्कार गर्नेको नियति कस्तो हुन्थ्यो भन्ने त अनुमानै गर्दा पनि सह्य हुँदैन । लिच्छविहरूले शासन हत्याएदेखि नै उनीहरूबाट बच्नका लागि पनि उनीहरूको सिको गर्ने परम्परा बस्यो र दसैँ त्यही समयदेखि मानिदै आयो । पृथ्वीनारायण शाहले यसलाई अरू निर्ममताका साथ अघि बढाए भने उनका छोरानाति हुँदै राणाशासकहरूमा आइपुग्दा त यसले सीमा नै नाघ्यो । रामलिहाङ र रिदामा किराँतीहरूले दसैँको विरोध गर्दा प्राप्त गरेको सहादत नै दसैँ बहिष्कारको मूल जग भए पनि दसैँ बहिष्कार गर्दा राणाहरूद्वारा र्सवस्वहरणमा परेकाहरूको इतिहास कम दुःखद छैन । चालीसको दशकदेखि दसैँलाई सांस्कृतिकरूपमा बहिष्कार गर्ने अभियान सुरु भयो भने यस समयमा पत्रकार घल राईको 'कोङ्पी' पत्रिकाले भाषिक अभियानको भूमिका निर्वाह गर्‍यो । यसै सेरोफेरोमा गोपाल छाङ्छाको 'छहरा साप्ताहिक'ले जातीय राजनीतिक विचारधाराकै रूपमा सशक्त आवाज उठायो ।०२८ को झापाली व्रि्रोहसँगै दसैँ बहिष्कारको अभियान सशक्तरूपले सुरु भए पनि शासकहरूसँग साँठगाँठ गरेका छोटा सामन्तहरूको कडा प्रतिकारका सामु उनीहरूको जोड चलेन । ०४६ को परिवर्तनपछि भने आदिवासी जनजातिहरूद्वारा संगठित र घनीभूतरूपमा नै दसैँ बहिस्कार गर्ने अभियान चल्यो । ०४७ को संविधानले पनि नेपाललाई हिन्दुराज्यकै रूपमा अंगीकार गरेर दसैँलाई पुरानै परम्परामा निरन्तरता दिने काम गरेकोले सोको असन्तुष्टिस्वरूप यसो भएको थियो । यसबीचमा 'सेतामगुरालि, मंगोल अर्गनाइजेसन, जनमुक्ति पार्टी विभिन्न जातीय संघ-संगठन'हरूको पहल बढ्यो भने जनयुद्धको पेरिफेरीबाट त विभिन्न जनजातीय तथा दलित मुक्ति मोर्चाहरूले समेत महत्त्वपूर्ण भूमिका खेले । दसैँ बहिष्कारको अभियानमा जुटेका विद्वान् तथा नेताहरू प्रायः वामपन्थी पृष्ठभूमिबाटै आएका देखिन्छन् । उनीहरूमध्ये पनि सुरेश आले मगर, गोपाल किराँती (तत्काल खम्बू), गोपाल गुरुङ, वीर नेम्बाङ, गोरेबहादुर खपांगी, डा. हर्क गुरुङ, डा. कृष्ण भट्टचन, टंकबहादुर राईहरूको नाम अग्रपंक्तिमा आउँछ । स्मरण रहोस्, सुरेश आले मगर र गोपाल किराँती हाल : नेकपा (माओवादी)का केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्य छन् भने गोरेबहादुर खपांगीले चाहिँ ज्ञानेन्द्र शाहीको प्रत्यक्ष शासनकालमा ज्ञानेन्द्रकै निगाहमा मन्त्री भई ज्ञानेन्द्रबाटै दसैँको टीका थापेर आफ्नै विगतको इतिहासलाई धुलो चटाइदिए । यसबाट के बुझन सकिन्छ भने दसैँ बहिष्कारको आन्दोलन जातीय स्वरूपको नभई वर्गीय स्वरूपकै थियो ।तर, अभियान र आन्दोलन गर्दै अघि बढे पनि लामो समयसम्म राज्यबाट सुनुवाइ नहुनु, लामो समयदेखि राज्यको एकोहोरो पारामा अल्झीरहनु, बुर्जुवा संस्कृतिमा प्रत्यक्ष लिन हुनु, वामपन्थीहरूले नै यसको नेतृत्व गर्नु र इतिहासको भरपर्दो तथ्य नपाइनुजस्ता असरहरूले गर्दा यो आन्दोलन आदिवासी जनजातिहरूको मात्र हो कि भन्नेमा अझै पनि भ्रम र अन्योल भने कायमै छ । दसैँको वैकल्पिक चाडको रूपमा आफ्नो जातीय चाडहरूलाई स्थापित गर्न खोज्दाखोज्दै पनि राज्यबाट दसैँमा दिइने लामो र भद्दा बिदा, तलबमा पेस्की सुविधा साथै मिडिया जगतले पनि आफ्नो सम्पूर्ण तागतले भ्याएसम्मको हर्कतमा दसैँलाई प्रचार-प्रसार गरिरहनुले अझ द्विविधाग्रस्त बनाएको छ । दसैँका केही सांस्कृतिक पक्षहरूसित कुनै गुन्जायस रहँदैन । आफूभन्दा अग्रजहरूबाट टीका थाप्नु वा आशीर्वाद लिनु, वर्षदिनमा एकपल्ट आफन्तसँग भेटघाट गर्नुजस्ता संस्कृतिहरू दसैँका निकै सुन्दर पक्षहरू हुन् । तर, कुनै वर्षत्यस्तो पनि होस्, जुन वर्षमहँगी नबढेको र चाड मान्ने नाममा सर्वसाधारणको उठिवासै नभएको पनि होस् । त्यस्तो पाउन कठिन छ । अझ दसैँसँग जोडिने गरिएका भवानी, दुर्गा, राम आदिका कथाहरू त झनै विवादास्पद छन् । एउटी नारी (दुर्गा)ले शुम्भ-निशुम्भजस्ता शक्तिशाली र बलवान पुरुषहरूलाई हाँसीहाँसी युद्धमा पराजित गरेको अति काल्पनिक कथा होस् वा बाँदरहरूको सैनिक सहयोगमा रामले रावणलाई पराजित गरेको मिथ्या कथा नै किन नहोस् - दुवै कथाले हिन्दु आर्यहरूको विजय र खुसियालीमा दसैँ मान्ने गरिएको बताउँछ । यही कथाको मनोविज्ञानको कारण पनि दसैँलाई गैरहिन्दुहरूले बहिष्कार गरेको हो । सरकारीको त कुरै नगरौं, निजी क्षेत्रमै पनि नेपाली मिडियामा आदिवासी जनजातिहरूको पहुँच छैन । अपवादमा भए पनि त्यो संलग्नतासम्मको मात्र हो । निर्णायक तहमा छैन । राज्यसंयन्त्रमा जस्तै यो संयन्त्रमा पनि हिन्दु धर्मावलम्बी खस-ब्राम्हणवादी जातिकै हावी र हस्तक्षेप छ । यसो हुँदा उनीहरूको पहुँच पनि त्यही सेरोफेरोमा मात्र हुने पनि निश्चितै छ । गैरहिन्दुहरूको जातिबोध गराउने चाडपर्व तथा सांस्कृतिक पक्षहरूलाई एकै झलक प्रसारण-प्रकाशन गर्न पनि हिच्किचाउने नेपाली मिडियाले हिन्दुहरूका चाडपर्वहरूलाई भने आवश्यकताभन्दा पनि बढी प्रकाशन-प्रसारण गर्ने गरेका छन् । राईहरूको साकेला, लिम्बूहरूको धाननाच, मगर-गुरुङको रोधिँ र कौडाहरू एक दृश्य क्यामेरा र एक वाक्य समाचारमा पनि पर्न सक्दैनन्, तर साउन महिनामा हरियो चुरा लाएको र तीजको 'बरी लै' गीतले चाहिँ महिनौंमहिनौंसम्म पनि गालिदिन्छ । दसैँको त झनै चर्को र झर्को नै हुन्छ । उसमाथि हिन्दु धर्मशास्त्र, पुराणका कथाहरू बुनेर मानिसलाई दास बनाउने सूत्रसमेत सिकाइन्छ । सहिष्णुता र भाइचारा पटक्कै छैन । राज्यले दसैँलाई नेपालीहरूको चाड बनाउन सकेन । हिन्दुहरूको भनेर एकोहोरो राग अलाप्यो । सामन्तवादका नाइके भएका कारण 'हिन्दुहरूको एकमात्र राजा' भनेर करोडौंको प्रचार-प्रसार गरिँदा नै आम नेपाली जनताले राजतन्त्रको समूल अन्त्यको माग मात्र गरेनन्, अहिले राजतन्त्रले आफ्नो अस्तित्व रक्षाको लागि अन्तिम घिटघिटीको सास नै फेर्नु परिरहेको छ । जनतालाई दास बनाउने संस्कृति र विचार जहिल्यै तिरस्कृत हुन्छ । दास संस्कृति र सामन्तवाद पक्षपोषण गर्नेहरूको पहुँचमा रहेको तथा हिन्दुधर्मसित मात्र सीधा सम्बन्ध राख्ने भएकोले दसैँको पनि त्यही हालत नहोला त भन्नै सकिँदैन । आदिवासी जनजातिहरूसित मात्र होइन, गरिब, उत्पीडित र उपेक्षित वर्गसित पनि दसैँको तडकभडकलाई धान्ने र स्विकार्ने तागत छैन । हिन्दु धर्मावलम्बी नै भए पनि हैसियतहीन खस-ब्राम्हणले दसैँ दशाकै रूपमा मान्दैआएको तितो पनि छँदै छ । धर्म त शासकहरूले आफूलाई टिकाउनका लागि रोजेको अस्त्र मात्रै हो । यो सामन्तहरूको बल र बुतोको मात्र चाड हो । अब यसलाई सहिष्णुताको ढंगले मात्र नयाँ व्याख्या गरिनुपर्ने हुन्छ । अहिलेको लोकतान्त्रिक भनिएको नेपालमा पनि दसैँमा मात्र लामो बिदा दिएर, पेस्की सुविधाको र्‍याल चटाएर अन्य जाति तथा धार्मिक समुदायमाथि राज्यले एकल धार्मिक नीति जसरी लागू गरिरहेको छ, यो विभेद हो, अन्याय हो । यो कदाचित स्वीकार्य हुँदैन, गरिनु हुँदैन । -------------------------------------------------------------------------------------------------------------------------------- के मीडियालाई 'साम्प्रदायिक मतियार' बन्न, बनाउन मिल्छ ? - मोहनसिंह लामा सम्पूण देशलाई नै पर्वमय बनाउदै दशैं भर्खरै सकिएको छ । दशैं पर्वका कारण प्रत्यक्ष रुपमा एकसाता सम्म देशको प्रशासनिक लगायत सम्पूर्ण अर्थतन्त्र ठप्प बन्यो भने सामान्य जनजीवनलाई समेत पर्वले कुनै न कुनै रुपमा प्रभावित बनायो । अप्रत्यक्ष रुपमा त करिब एक महिना सम्म दशैको ह्याङ् सबै क्षेत्रले व्यहोर्नुपर्छ । अरुको के कुरा, नागरिकको सूचनाको हकको एक मात्र पहरेदार ठान्ने संचारमाध्यम समेत पर्वकै नाममा बन्द भयो । विषेश गरेर छापा माध्यम । दशैंको माहोलको अन्त्यसंगै यसले थुप्रै प्रश्नहरु जन्माइदिकाछन्, सामाजिक चिन्तक र सचेत नागरिकसामु ।] के दशैं प्रचार गरे जस्तै सम्पुर्ण नेपालीको साझा राष्ट्रिय पर्व हो ? के दशैंमा पौने तीन करोड नेपालीहरुले नौरथाभरी दुर्गा भवानी र रामको पूजा आजा गरे अनि बली चढाए ? के दशैंमा सबै नेपालीहरुले खुशीयाली र हर्षौल्लास मनाए ? एउटा धार्मिक पर्व मनाउनका लागि नेपालको खस्कदो अर्थतन्त्रले बाध्यात्मक रितीरिवाजलाई अब धान्न सक्छ ? यी यस्ता प्रश्नहरु हुन, जस्लाई नेपाली बहुलबादी समाजका चिन्तकहरुले बहस गर्न जरुरी छ, घोत्लिन जरुरी छ ।२०६२-६३ को जनआन्दोलनको आकाँक्षा अनुरुप अन्तरिम संविधानमा नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेको छ । सोही जनआन्दोलनको उपलब्धि स्वरुप नै देश अहिले युगीन राजनीतिक परिवर्तनको चरणमा छ । सबै तिर पुनसंरचना जनआन्दोलनको भावना हो । त्यसैको पहिलो उपलब्धि हो, २४० वर्ष लामो सामन्ती राजतन्त्रको अन्त्य । देश नयाँ राजनीतिक प्रणालीमा प्रवेश गर्नु भनेको सबै क्षेत्रको पुनसंरचना हो । राज्यको पुनसंरचना, सामाजिक पुनसंरचना, साँस्कृतिक पुनसंरचना आदि । तर राज्यको पुनसंरचनाको बहस बाहेक अन्य क्षेत्रको पुनसंरचनाको कँही कतै चर्चा सम्म छैन । यसको पुष्टि भर्खरै मनाइएको दशैं पर्वले गरिदिएको छ । राज्यको भूगोल परिवर्तन गर्ने तर राज्य चलाउने ब्यक्तिको मानसिकता त्यो अनुरुप परिवर्तन नगर्ने , के यसैलाई हो परिवर्तन भनिएको ? यस्तो जड परिवर्तनले समस्या सुल्झाउने हैन बल्झाउछ | धर्म निरपेक्ष भनेको राज्यले कुनै पनि धर्मको पक्षपोषण नगर्ने हो । राज्य एउटा धर्मको पक्षमा नलाग्ने हो । सबै धर्मलाई स्वतस्फुर्त विकास हुन दिने हो । तर, भर्खरै सकिएको दशैं मनाउन राज्यको श्रोत साधन जुन ढंगले दुरुपयोग गरियो, राज्यले एउटा धार्मिक पर्वलाई जुन रुपमा प्राथमिकता दिएर दशै प्रवद्र्धन गर्न भुमिका खेल्यो, अनि राष्ट्र प्रमुखले यो चाडलाई उच्च प्राथमिकता दिएर हिजो हिन्दु सम्राटकै जस्तो व्यवहार दोहोर्याए, यी परिदृश्यले धर्मनिरपेक्ष राष्ट्रको उपहास गर्ने बाहेक केही गरेन । यसबाट नेपालमा २०६२-६३ को आन्दोलनले शाहबंशीय हिन्दु संम्राटलाई फालेर बंशविहीन हिन्दु संम्राटलाई प्रतिस्थापन गरेको प्रस्ट महसुस भयो । यो पङ्तिकारको असहमति र बिरोध हिन्दु धर्मावलम्बीहरुले दर्शैलाई भव्य रुपमा मनाए, देशव्यापी रुपमा मनाए भन्नेमा हैन । न त विविध धर्मालम्बीहरुवीचको बैमनस्यताको विजारोपण हो । नेपाली समाजको विविधताको जुन विशिष्ट विषेशता छ, त्यो विषेशतालाई बुझ्न नसकिएको भन्ने मात्र हो । यो बिशेषता बुझ्न नसक्दा सदियौं देखि नेपाल गरीब राष्ट्रको रुपमा दर्ज हुनु परिरहेको छ । अब त्यो सामाजिक जडताबाट माथि उठ्नका लागि हो दोस्रो जनआन्दोलनको परिवर्तन । तर, परिवर्तनको आकाँक्षालाई अवमूल्यन गर्दै फेरी पनि हिजोकै जस्तो एकात्मकवादी सोच अनुरुप नै अघि बढ्ने या यस्ता 'शास्त्रीयता ढकोसला राजनीति' लाई भंग गरेर नयाँ सोच अनुरुप अघि बढ्ने ? बहस जरुरी छ भन्ने मात्र हो । दशैं हिन्दु धर्मावलम्बीहरुको महान चाड हो । यसमा दुईमत छैन । यो पर्वसंग जोडिएको धार्मिक किम्बन्तीहरु पनि हिन्दु परम्परामामाथि नै आधारित छ । यति कुरा दिउसोको घाम जस्तै छर्लङ्ग हुँदाहुँदै पनि दशैंलाई कसरी सम्पूर्ण नेपालीहरुको महान पर्वको रुपमा स्थापित गराउन खोजियो ? राज्यले त गर्यो गर्यो यसमा मीडियाले किन जर्वदस्ती राजनीति गर्न खोज्दछ ? दशैंको महत्ता स्थापित गर्न न्वारान देखिको बल लगाउँछ ? कुनैपनि परम्परा, संकृतिलाई कुन रुपमा स्थापित गराउने भन्ने कुरामा संचार माध्यमको भुमिका महत्वपूर्ण हुन्छ । विद्युतीय संचारमाध्यमहरुले सम्पूर्ण नेपालीहरुको महान चाड भन्ने विशेषण जोडेर २४ सै घण्टा बाचन गरेको देखियो । अनि दशै आउनु एक महिना अघिदेखि त्यससम्बन्धि समाचारको प्राथमिकता त छदै थियो । यस्तै छापा माध्यमहरुले समाचारको प्रमुखता मात्र दिएनन् दशैंको मूल दिनमा पत्रिका नै बन्द गरेर सूचनाका हकको संरक्षण राम्रैसंग गरेको पनि देखियो । नेपाल जस्ता धार्मिक र सामाजिक विविधिता भएको मुलुकमा एउटा धर्मविषेशको चाडमा संचारमाध्यमलाई नै बन्द गरेर के सन्देश दिन खोजिएको हो ? विश्लेषणको पाटो बनेको छ । समाज संचार माध्यमविहीन बनेको अवस्थाको कल्पना नै गर्न सकिदैन । संचारमाध्यम बन्द भएको अवस्थामा केही वर्ष अघि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना छोरा पारसलाई युवराज घोषणा जस्तो अलोकप्रिय निर्णय गरेका थिए । जुन घटना संचारमाध्यममा नआउदा समाजले सहर्ष स्वीकार गरेको रुपमा लिइएको थियो । छापा माध्यम बन्द भएको बेला देशमा त्यस्तो घटनाहरु नहोला भन्न सकिन्न, खोइ त यहाँका पत्रपत्रिकाले त्यसप्रति सचेतता अपनाएको ? सबै पत्रकारले चाड मनाउनु परेका कारण बन्द गरेको भन्ने तर्क अघि सार्न सक्छन्, तर, यो शास्त्रीय तर्क बाहेक केही होइन । संचारमाध्यममा एकात्मक सोच रहेकै कारण उत्पन्न समस्या मात्र हो यो । नेपाली समाज विविधतायुक्त छ, यहाँ दशै नमनाउने समुदाय पनि छन्, दशैंको बेला दशै नमनाउने समुदायका पत्रकारहरुले संचारमाध्यम धान्न सक्छन् भन्ने ठम्याइको कमि बाहेक केही होइन यो । यसले नेपाली संचारमाध्यमलाई विविधतायुक्त बनाउन झन जरुरी बनाइदिएको छ । छापा संचारमाध्यमको व्यवहार र विद्युतीय संचारमाध्यमको प्रशारण शब्द छनोटको अवस्था हेर्दा धर्मनिरपेक्ष राष्ट्र घोषणा भई संविधानमा नै उल्लेख भएको यीनलाई थाहा छैन कि जस्तो भान हुन थालेको छ । नेपाली संचारमाध्यमको यो संबेदनहीनता निर्णयले परिवर्तनलाई संस्थाग त गर्न प्रश्रय देला त भन्ने प्रश्न यतिबेला म जस्ता धेरैको मनमा उब्जिएको हुनुपर्छ । संचारमाध्यमले समाजमा सदियौदेखि विद्यमान धार्मिक र एकात्मक जडताबाट माथि उठाउन पो सहयोग गर्नुपर्ने हैन र ? खोई आफुलाई परिवर्तनका संवाहक ठान्ने संचारकर्मीहरुले यसतर्फ ध्यान दिएको ? के संचारमाध्यमलाई पनि साम्प्रदायिक मतियार बनाउन पाइन्छ ? [लेखक नेपाल आदिवासी जनजाति पत्रकार संघ ( अनिज) का अध्यक्ष हुन् ] -------------------------------------------------------------------------------------------------------------------------------- दशैंको साम्प्रदायिक राजनीति - सन्जोग लाफा मगर कता गए क्रान्तिकारी र तिनका क्रान्तिकारीता ? : यी प्रधानसेनापति बौद्धिस्ट हुन्, दशै यीनको चाड होइन । तर यो दशैमा संविधानले नै निर्दिस्ट गरेको संघीय गणतान्त्रिक लोकतान्त्रिक राज्यको राष्टपतिको हातबाट टिका थापे । यसलाई के मान्ने ? दुईसय पचास वर्षदेखि राज्यले एउटा जातिको भाषा, संस्कृति र हिन्दु धर्मलाई आदिवासी जनजातिमाथि जबर्जस्ती थोपरेको बिश्लेषण र संश्लेषण गरि ती समूदायले आफ्नो गौरव, पहिचान र अस्तित्वको लागी शुरुमा दशैं बहिष्कार र पछि परित्याग गरेकाथिए । आदिवासी जनजातिहरुमा जातीय अधिकारको सामुहिक विकास भइनसकेकोले दलिय हयांगओवर रहेका जातीय संघ–संस्थामा दशैं परित्याग गर्ने की मान्ने भन्ने विषयमा ठुलो बहससहित अन्र्तद्धन्द्ध अद्यापि चलिरहेकोछ । राज्यले नै ‘पराम्परादेखि आफ्नै मौलिक भाषा, सँस्कृति र धर्म मान्दै आएका र हिन्दु वर्णाश्रम भित्र नपर्ने समूदाय नेपालका आदिवासी जनजातिहरु हुन्’ भनेर गरेको परिभाषाले दशैं आदिवासी जनजातिको चाड होइन् भन्ने प्रस्टै हुन्छ । तर राज्य, संचारजगतले दशैलाई नेपालीहरुको महान् चाड भन्दै मनोवैज्ञानिक डर त्रास फैलाइरहेकोछ । यस्तो त्रास फैलाउन राज्यले नै गल्लीगल्लीमा दुर्गा भवानीका मुर्ति राख्न लगानी गर्छ । विशेष महत्व र विदा उपलब्ध गराँउछ | राज्यको सम्पूर्ण शक्ति लगाएर राणा शासकले दशैं मान्नुपर्ने उर्दी लगाउदा वि.स. १९४२ सालमा रामलीहाङ र रिदमाले धनकुटामा दशैं बहिष्कार (सम्भवत् दशैं वहिष्कार गर्ने उनीहरु पहिलो हुनुपर्दछ ।) आन्दोलन गरेकोले दुवैजनाको हत्या गरिएको थियो । यो हत्या भएको एकसय तीन वर्षमा छिटपूट रुपमा विरोध भएपनि बहुदलीय व्यवस्था घोषणापछि साँस्कृतिक, धार्मिक गौरवको लागी आदिवासी संघ–संस्थाले दशैं बिरुद्ध सामुहिक जनचेतना फैलाउँदै विरोध गरेर दशैं परित्याग गर्न थाले । दशैं चाडलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुबीच सरल भाषामा तर्कसहित बुझाउन सक्ने गोरेबहादुर खपाङ्गी मगरले नै यो आन्दोलनलाई उचाईमा पुरयाएका हुन् । आन्दोलनकै रुपमा यसलाई अगाडि बढाएपछि कम्यूनिष्ट र यथास्थितिवादी नेताहरुले उनलाई विध्वंशकारी, साम्प्रदायीक, धार्मिक असहिष्णुतावादी भनेर सत्तोसराप गर्दै टुप्पी कसेर तिव्र विरोध शुरु गर्यो । त्यहि सोंच र राजनीतिक विचारबाट दिक्षित कठपुतली आदिवासी जनजाति नेताहरु पनि “सुगा बोली” बक्न थाले, त्यस्तो मन्त्र अहिलेपनि जपिरहेकाछन् । नेपाल बहुजाति मुलुक हो । बहुजाती भएको जुनसुकै मुलुकमा पहिलो समस्या वर्गीय हैन जातीय हुन्छ भन्ने लेनिनको लेखोटलाई तोरमरोड गरि भ्रम फैलाउने कामरेडहरुले नेपाल जस्तो जातीय समस्याको माखेसाग्लो भएको ठाँउमा वर्गीय समस्या ठूलो हो भन्दै जनजातिलाई उल्लु बनाइरहेकाछन् । जातीय चेत बढेपछि ती दलहरु अहिले आँखामा छारो हाल्न जातीय मोर्चा बनाएर जनजाति नेताहरुलाई थान्को लगाउन खोजिरहेकाछन् । उनीहरुको यस्तो षड्यन्त्रलाई जनतामाझ पुरयाउने काम २०४६ को परिवर्तनपछि खपागींले जनमुक्ति पार्टी र मगरसंघको माध्यमबाट गरेकाहुन् ।त्यस्तो भ्रम छिर्न प्रयास गर्ने र त्यसलाई सार्वजनिक रुपमा भन्ने आँट अन्य जनजाति नेताले अहिलेसम्म देखाएको देखिदैन । अन्य जनजाति नेताहरु कुरा चपाएर यो पनि ठिक उ पनि ठिक भनिरहेकोबेला खपागीं नै हुन् जसले यस्तो साहस देखाएका ! नेपालमा जातीय अधिकारका कुरा गर्ने र आन्दोलन गरिरहेका जनजाति नेताहरुलाई हरदम राज्यशक्तिको दुरुपयोग गरि ध्वस्त पार्ने कार्य गरिदै आइएकोछ । साम, दाम, दण्ड, भेद लगाई बध गरिएकोछ । शुरुमा फकाउने प्रलोभन दिने, त्यसपछि नमाने धम्क्याउने र त्यसले पनि नमाने मार्नुलाई हिन्दु शास्त्रमा साम, दाम, दण्ड, भेदको रुपमा ब्याख्या गरिएकोछ । महत्वाकाक्षी तत्कालिन राजा ज्ञानेन्द्रले गोरेबहादुर खपाङ्गी मगरलाई मन्त्री नियुक्ति गरेको त्यहि रणनीति अन्र्तगत थियो । । एक विश्वस्त सुत्रको भनाईमा खपागींलाई पतन गराउने खेलमा तत्कालिन प्रभावशाली मन्त्री रमेशनाथ पाण्डेको मगज लागेको बताइन्छ । उलने नै यो सब षड्यन्त्रको तानाबुना बुनेकाथिए रे । संयोग मात्र थिएन् , खपागीलाई दशैंको ७ दिनै अगाडि मात्र मन्त्री बनाइनु । नभन्दै उनलाई एकहप्तापछि राजाको हातबाट दशैं टिका ग्रहण गराइयो । कान्तिपुर दैनिकमा उजीर मगरले “धेरै वर्ष भएको थियो दशैं नमानेको यो वर्ष रमाइलो भयो” शिर्षकमा कपोलकल्पीत वाक्यांश लेखेर पाठकलाई दिग्भ्रमित पारे । उनलाई मन्त्रीक्वार्टरमा बोलाएर दशैंको प्रसंगमा खपाङीसंग छलफल मैले नै गराएको थिएँ । खपागींले त्यसो भनेकै थिएनन् । मगर बध गर्न मगर संचारकर्मीकै दुरुपयोग गरेको मैले प्रत्यक्ष भोगेको यथार्थ हो यो । त्यसपछि एमालेका पोलिटव्युरो सदस्यद्धय प्रदिप नेपाल, मोदनाथ प्रश्रित र लेखक खगेन्द्र सँग्रौलाले राष्ट्र बेचेको ठुलो अपराध सरह राष्ट्रिय दैनिक पत्रिकामा लेख लेखेर खपागींको तेजोबध गरे । तिनले नै अहिलेसम्म घोकाएर राखेका पटटु आदिवासीहरु त्यहि बोलिमा लोलि मिलाएर अरुलाई दशैं नमान भन्ने आफूचाहीं राजाको हातबाट टिका लगाएर हामीलाई उल्लु बनाउने भन्दै विरोध गरिरहेका छन् । ति त्यसो किन भनिरहेकाछन् भने उनीहरु हिन्दु बाहुन क्षेत्रीले भन्दा उनीहरुको चाडमा बढी लहसिन्छछन् । आदिवासी मुक्तिको कुरा गरेर क्रान्तिकारिता फलाक्छन् तर पीकडहरुको धर्म , संस्कृतिको उनीहरु नै सबैभन्दा ठूलो प्रवक्ता हुन्छन् । जातीय संघ–संस्थामा बसेर दशैं मान्नुपर्छ भन्ने पनि तिनैहरु हुन् । दशैं परित्याग गर्ने आदिवासी जनजातिहरु त्यस्ता दासहरुको प्रोपोगाण्डा सुनेर नुन खाएको कुखुरा र सातो गएको बालक झै के के न बिराए भनेर बसिरहेकाछन् । तर उनीहरु बिस्तारै आत्मगौरव प्राप्त गर्देछन् । जसरी म आज निर्धक्क छाती फुलाएर दशै मान्दिन भन्न सक्छु उनीहरु पनि त्यसरी बोल्न थालेकाछन् । यो परिवर्तन हो, चेतनाको । अचम्म छ, लेखक, विद्वान, नेताहरु हिन्दु धर्मको मूल मर्म सहिष्णुता हो भनि लाखपटक फलाक्छन् । तर त्यहि काइते लेखक , नेता, बिद्धान गोरेबहादुरले हिन्दुहरुको दशैं चाडमा सहिष्णुताको कदर गर्दै राष्ट्रप्रमूखको हातबाट टिका लगाउँदा खिल्ली उडाउछन् । यी स्वंय असहिस्णु रहेछन् भन्ने यो भन्दा ठूलो उदाहरण के होला ? आदिवासीले सहिष्णुता देखाउदा उनीहरु स्वंयले असहिष्णु ब्यवहार गर्छन भने दशैं मनाएर बसिरहेका जनजातिहरुले किन यत्रो अपजशको भारी बोकिरहनुपर्यो ? तर पट्टुहरुले यसतर्फ कहिल्यै मगज खपाएका छैनन् । राजाबाट टिका ग्रहण गर्ने ब्यक्तिले घरपरिवार, नातागोता डाकेर टिका लगाएको भए दशैं मानेको हुन्थ्यो । त्यो कार्य खपागीले अहिलेसम्म गरेका छैनन् । अनि, गोरेलेकसरी दशैं मानेकोभयो ? के कुनै अमुक दलका नेताले म तेरो धर्म मान्दिन भन्न मिल्छ र ? अर्काे महत्वपूर्ण पाटो पनि छ । खपागीं त्यतिबेला हिन्दु धर्म, एक जातिको बर्चश्व भएको सत्ताको संरचनाभित्र छिरेकाथिए । उनले कल्पना गरेको सत्तामा हैन । त्यहाँ छिरेर केहि आशिंक भएपनि उनी परिवर्तन चाहन्थे । त्यस्तो संरचनामा छिरेपछि त्यसका लागि बनेका नियम मान्दिन भन्न पनि सकिदैन । म हगंकगं जान्छु तर गाडीमा जान्छु भनेर हुदैंन त्यहाँ हवाइ यान र पानी जहाजबाट मात्रै पुग्न सकिन्छ । भविस्यमा गाडीमा पनि जान सकिएला तर अहिले यथासंरचनाबाटै त्यहाँ पुग्न सकिन्छ र बुद्धिमानी मान्छे त्यसै गर्छन । अनिवार्य सँस्कृत शिक्षा लागु गर्न २०४८ सालमा आफुलाई गणतन्त्रवादी दावी गर्ने नरहरी आचार्यको नेतृत्वमा सांसदहरुलाई हस्ताक्षर गरी संसदबाट बहुमतले पारित गरिएको अनिवार्य संस्कृत खारेज गर्नुपर्छ, ऐच्छिक विषय राखिनुपर्छ भनेर धेरै पटक आदिवासी जनजातिहरुले चर्को विरोध, धर्नाजुलुस गरेपनि ज्यूँको त्यूँ रहेको अनिवार्य संस्कृत विषयलाई गोरेबहादुर खपाङ्गी मगरको प्रस्तावमा सरकारको निर्णयले खारेज गरि ऐच्छिक विषय बनाएको महत्वपूर्ण निर्णय किन चर्चा गरिएको छैन ? मृत संस्कृत भाषाको नाममा दुरुपयोग अरबौ खर्च कटौती हुनु ठुलो काम होइन ? गोरेले दशैंमा टिका लगायो भनेर हौवा फिंजाएर हामीलाई उल्लु बनाइनुको पछाडि सँस्कृत पक्षधर र अति हिन्दुवादिको हात थियो भनेर हामिले कहिले बुझ्ने ? र, ती साम्प्रदयिक ब्यक्तिहरुका मतियार बनेका हामीले आफ्नो अधिकारको लागि लड्दा खपागींलाई सहिद बनाउने षड्यन्त्र गरिएको हो भनि अर्काे एंगलबाट खै सोचेको ? अहिले जति पनि खपागीको विरोध गरि आफु माथि पर्न खोजिरहेकाछन् यथार्थमा ति नै जनजाति आन्दोलनका दुश्मन हुन् । ति कहिल्यै जनजाति आन्दोलन पक्षधर थिएनन् र हुनेपनि छैनन् । ती जनजाति आन्दोलनका विभिषण हुन् जसले आफ्नै दाज्यूको तेजोबध गर्न हिन्दु सम्राटको साथ दिन्छ । ती साम्प्रदययिक मतियारको यस्तो विरोध पछाडि दशैंलाई जनजाति समूदायभित्र प्रतिस्थापन गर्ने भयंकर राजनीति लुकेकोछ । (आदिवासी मुद्दालाई चलचित्र र लेखन मार्फत लामो समय देखि बहसमा उठाउदै आइरहेका सञ्जोग लाफा मगर जनआति आन्दोलनका बौद्धिक अभियन्ता हुन् ) -------------------------------------------------------------------------------------------------------------------------------- दशैंमा मगरहरूले के गर्ने ? - हुम सुनारी मगर मैले जाने देखि मेरो परिवारमा दशैं मनाउदै आएको थियो । म सानो छदा दशैं आउन दुई महिना बाँकी हुँदा देखि नै अब यति दिन छ उती दिन छ भनेर दिन गनिन्थ्यो । किन की बर्ष दिनमा एक पटक आउने महान चाड दशैंमा मासु टन्न खान पाइने, नयाँ लुगा फेर्न पाइने साथै नाच गान पनि गर्न पाइने । पछि जब मैले स्कुल जीवन सकाएँ, मलाइ कता कति यो दशैं मनाउने बिषयमा हामी मगरहरुले कतै गल्ति गर्दै त छैनौ, हामी मगरहरुले दशैं मान्न नहुने त होईन जस्ता खुल्दुलीहरु मेरो मनमा पैदा हुन थाल्यो । प्रत्यक दशैंमा मेरो पिताज्युले दुर्गा भवानीको पुजाआजा गर्नु हुन्थ्यो, दुर्गा भवानीले हाम्रो रक्षा गरुन् भनेर । बिद्यालय मै खोइ कुन्नी याद् आएन कुन कक्षामा त दशैं किन मनाइन्छ भन्ने पाठ नै पढियो । त्यो अहिले पनि मलाइ याद छ । दुर्गा देवी र महिसासुर भन्ने राक्षस सँगको लडाइमा दुर्गा देवीले आश्विन शुक्ल पक्षको अस्तमी तिथी परेको दिन मध्य रातमा महिसासुर भन्ने राक्षसको सत्यानास गरेको भएर त्यसको दुई दिन पछि अथवा दशमी तिथीको दिन दुर्गा देवीको बिजय प्राप्त भएकोले बिजयादशमी धुमधामले मनाइएको हो भनेर पढियो । त्यसैले प्रत्यक बर्ष आउने सोही तिथी मै नेपालीहरुले घरमा पालिएको जनावर जस्तै बोका, सुँगुर तथा राँगोलाई त्यहि महीसासुर सम्झि दुर्गा देवीलाई बली चढाइ हर्सोल्लास मनाइएको हो भन्ने बुझियो । तर उक्त पाठमा दुर्गा देवीले महिसासुरलाई नस्ट गर्नुको कारण चाँही खुलाएको छैन । को थिए महिसासुर ? महिसासुरको सत्यानास गर्नु पर्ने किन आवश्यक पर्‍यो ? यी सबै कुराहरु हिन्दू धर्म शास्त्रमा लेखिएको हुनु पर्छ । दशैंको संक्षिप्त परिभाषा मै स्पस्ट लेखिएको र भनिएको छ की "हिन्दू" धर्मालम्बीहरुको महान चाड "दशैं" भनेर । पछिल्लो शालाखाला दुई दशक अगाडि देखि मगर ईतिहासकार तथा केही मगर बिज्ञहरुले मगरहरुको धर्मको बारेमा स्पस्ट पार्नु भएको छ की हामी मगरहरु हिन्दू होइनौ भनेर । यो पनि दाबी गरिएको छ की भगवान बुद्ध पनि मगर कै सन्तान हुन भनेर । बुद्ध मगर हुन भन्ने कुराको कारण सहित स्पस्ट पार्नु भएको छ । जस्तै: बुद्धको मावली रुपन्देहीको देवदह (जहा अहिले सम्म पनि त्यो ठाउँमा मगरहरुको बाहेक अरु जातिको बसोबास पाइदैन), बुद्ध जन्मिने बेलामा उनको आमा माइत आउँदै गर्दा तिलौराकोटमा बुद्धको जन्म हुनु (बच्चा जन्मिने बेलामा गर्भवती महिलालाई बच्चा जन्माउनको खातिर माइत पठाउने चलन उती बेला मगरमा प्रचलित थियो रे) र लुम्बिनीको तिलौराकोटको (बुद्ध जन्मेको ठाउँ) केही स्थानहरुमा अक्खा लिपिमा (मगर भाषाको लिपी/अक्षेर) लेखिएको शिलालेख भेटिएको प्रमाणको आधारमा बुद्ध मगर नै थिए भन्ने प्रमाणित गर्न खोजिएको छ । पछिल्लो समयमा नेपालमा मगर जातिहरु आबद्ध भएको संघ संस्थाहरुले त २०६८को जनगणनामा प्रत्यक मगरहरुलाई धर्ममा बौद्ध र भाषामा मगर लेखाउने अभियान र अनुगमन नै गर्ने सम्म पनि गरियो । त्यो धेरै नै राम्रो पक्ष थियो । तर हामी मगरहरु मध्य कै केही शिक्षित र बिज्ञ मगरहरुमा नै हामी सबै मगरहरु बौद्ध हौ भनेर यति सजिलै मान्ने र श्विकार्ने पक्षमा छन जस्तो मलाइ लाग्दैन । हामी मगरहरुमा धर्मको बिषयमा ठुलो बिबाद छ भन्ने मलाइ लाग्छ । यो धर्मको बिषयलाई लिएर कतै पछि हामी मगर मगर बीचमा बिभाजन हुने त होईन भन्ने एउटा डर र खतरा पनि छ । केही मगरहरु ब्यक्तिगत स्वार्थ र फाइदाका लागि बाहुनबाद र हिन्दुबाद देखि टाढा रहन सकेका छैनन् । हिजोको यथास्थितीबादमा फसेका छन् । ब्यक्तिगत स्वार्थ र फाइदाका लागि आफूलाई परिवर्तन गर्न चाहेका छैनन् । आफूले राम्रो सँग बुझेर पनि राज्य संचालकहरुलाई खुशि पार्नका लागि बुझ पचाइ रहेका छन् । बाहुनबाद र हिन्दुबाद बिना मुलुक चल्न सक्दैनन भन्ने झुटको खेती गरिरहेका छन् । हिन्दू धर्मलाई लत्त्याऔ भने मुलुक बिभाजन हुन सक्छ भनि भ्रम पैदा गर्दै छन् । त्यसैले यी हाम्रा यावत कमी कम्जोरीहरुलाई हामीले बेलैमा सुधारेनौ भने भोलिका दिनहरुमा हामी मगर मगर बीचमा द्वन्द हुन सक्ने खतरा मैले देखेको छु । हामी मगरहरु वास्तव मै के हौ ? कहाँबाट आयौं ? हाम्रो धर्म के हो ? भनि हामी मगरहरुले राम्रो सँग अध्ययन गर्नु र सोच्नु पर्ने जरुरी छ । मानव जातिको परम्परा र सँस्कृति त्यो मानव जातिले मान्ने धर्म सँग अन्तर सम्बन्ध हुन्छ । जस्तै हाम्रै देशमा बसोबास गर्ने बाहुनहरुको परम्परा र सँस्कृति हिन्दू धर्ममा आधारित हुन्छ । मुस्लिम जातिहरुको परम्परा र सँस्कृति ईस्लाम धर्ममा आधारित हुन्छ । पश्क्षिमा मुलुकहरुमा बसोबास गर्ने मानिसहरुको परम्परा र सँस्कृति क्रिस्चिअन धर्ममा आधारित हुन्छ । अब हामी सबै मगरहरुले छातीमा हात राखेर भनौ की के हाम्रो परम्परा र सँस्कृति हिन्दू धर्म सँग मिल्छ ? वास्तबिक मगरहरुको परम्परा र सँस्कृति त्यो मगरहरुलाई थाहा होला जो साच्ची कै मगर समाजमा जन्मे र हुर्केका छन् । कतिपय मगरहरुमा यो पनि देखिएको र भेतिएको छ की त्यो मगर समाजमा विवाह, ब्रतबन्ध तथा कर्मकाण्ड भयो भने बाहुन पण्डितलाई बोलाएर त्यहा हिन्दुबाद लादिन्छ । म आफै एउटा बिल्कुलै मगर समाजमा जन्मेर हुर्केको ब्यक्ति भएको नाताले के भन्न चाहन्छु भने तपाईं साच्ची कै मगर परम्परा र सँस्कृतिको बारेमा जान्न चाहनु हुन्छ भने तपाईं पाल्पा, स्याङ्जा, तनहुँमा बसोबास गर्ने मगरहरुको समाजमा जानुस् र हेर्नुस् त्यहा बसोबास गर्ने मगरहरुको परम्परा र सँस्कृति । त्यहा आफ्नै मौलिक्ता, परम्परा र सँस्कृति भेट्नु हुनेछ जुन हिन्दुबादसँग कत्ति पनि मेल खादैन । त्यो वास्तबिक मगर समाजको व्यबहार अथवा परम्परा र सँस्कृतिलाई हेरे पछि बल्ल हामी मगरहरुले भन्न सक्ने छौ की हामी वास्तव मै के रहेछौ त । मुलुकको केही ठाउँहरुमा बसोबास गर्ने सुकिला मुकिला मगरहरुले त के सम्म गर्न भ्याएका छन् भने विवाहको समारोहमा ठ्याक्कै बाहुन्बाद/हिन्दुबादको नक्कल गरिन्छ । यसमा हामी यो बुझ्नु पर्छ की त्यो त हाम्रो सँस्कृति होईन एउटा बिकृति हो । त्यसले हाम्रो रिती रिवाज, परम्परा र सँस्कृति अथवा धर्म माथि प्रहार गरेको छ । मुलुक एउटा धर्म निरपक्षता र ब्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो, जसलाई जुन धर्म मन पर्छ त्यो अप्नाउन पाइने भो तर यसो भन्दैमा आफ्नै रिती रिवाज, परम्परा र सँस्कृति अथवा धर्मलाई निमोठ्न त भएन नी । त्यसैले हामी सबै मगरहरु के कुरामा स्पस्ट हुनु पर्‍यो भने हाम्रो आफ्नै मौलिक्ता, रिती रिवाज, परम्परा र सँस्कृति छ र त्यो जुन धर्मसँग मेल खान्छ, नजिक छ अथवा अन्तर सम्बन्ध छ सोही अनुसार धर्म अप्नाउनु पर्छ भन्ने मेरो मान्यता छ । अब रहयो दशैं मगरहरुले के गर्ने भनेर, यत्तिको चर्चा भैसके पछि जो बिचार तपाईंको । लेखक नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाको बर्तमान अध्यक्ष हुनुहुन्छ । -------------------------------------------------------------------------------------------------------------------------------- किराती जातिहरु आडम्बर र नक्कलको पिच्छे - डिल्लीराम चाम्लीङ राई कतिपय शिक्षित विद्वानहरुको भनाई सुनिन्छ की आजको एक्काईशौं शताब्दीको संसार भनेको चरम शिक्षा सभ्यता साथै विज्ञान र विकासको शिखरमा पुगेको आजको संसारलाई हेर्दा धार्मिक, अध्यात्मिक, राजनैतिक, आर्थिक, शिक्षा, राष्ट्र एवं राज्यको सुरक्षा, विज्ञान देखि अन्य विविध कार्यक्षेत्रहरुमा अनेकौं प्रगतिको पथमा प्रत्येक राष्ट्रको जाति तथा समुदायहरुले ऐतिहासिक रुपमा आफ्नो जातीय अस्तित्वको पहिचानको शिखर चुम्न सफल भएका छन् ।] यति हुँदा हुँदै पनि केही गरिव राष्ट्रहरुले चाहेर पनि राष्ट्र निर्माणमा समृद्धिको सपना साकार गर्न भने सकेका छैनन् । संसारमा कतिपय राष्ट्रहरुमा मानव अस्तित्व गुमाएर यदाकदा जंगलका गुरिल्ला समुदाय जस्तै जस्तै भई जीवन यापन गर्ने सिंगो मानव समुदायको पहिचानको बारेमा पत्र-पत्रिका तथा टि.भी. च्यालनहरुमा हर्ेर्दै आएका छौं । नेपालको सर्न्दर्भमा भन्नु पर्दा, आदिवासी जनजातीमा एक मात्र राउटे जातीहरुनै सबैभन्दा पछाडिएको जातिको एउटा उदाहरणको रुपमा लिन सकिन्छ । तर आज भोली समयको परिवर्तन संगै तिनै राउटे जातीहरु पनि शैन-शैन सुधारको पाइला टेक्दै अगाडि बढ्ने सोच्न समयले बाध्य बनाएको छ । आजको संसारको यो तरल अवस्थामा देश विदेशका आम किराती जातिहरुको सामाजिक परिवेशको सोच कहाँ कता गईरहेको छ होला - यस्तै प्रसंगवश नेपालबाट प्रकाशित हुने मासिक युवा मञ्चको पत्रिका हर्ेर्दै जाँदा एकजना सज्जन विद्वान व्यक्तिले आफ्नो उक्तिमा भनेका छन् ५० प्रतिशत जनता नेताको कुरा बझेर उसको पछाडी लाग्छन् र अरु ५० प्रतिशत जनताहरु कुरै नबुझी हो होरे ! मा अरुको पिच्छे लाग्छन्" भन्ने भनाई छ । आजको यो संवेदनशिल अवस्थामा किरात समुदायहरु आफ्नो मौलिक परम्पराहरुकोे गरिमालाई उत्थान र विकासको लागि भन्दा पनि अरुको जाति कै धर्म संस्कार र संस्कृति, अरु कै नक्कल गर्ने होडबाजी र त्यसैमा होमिने रमाउने अर्थात आफ्नो प्राणभन्दा प्यारो सम्झने सोच भएका किराती र्राई जातिहरु नै सबभन्दा धेरै मात्रामा छन् । आफ्नो जातिय धर्म कर्म र संस्कृतिको उत्थान र विकासको सवालमा हाम्रो सोच र क्षमतालाई राम्ररी नियालेर हर्ेर्नु पर्दा वास्तवमा आज सम्म हामी कयौं गुणा धेरै नै पछाडिएको पाएका छौं । अरु जात जातिको धर्म, संस्कार र संस्कृतिका पर्वहरुमा ज्यानै दिएर नक्कल गर्नेहरुको जनसंख्यालाई अध्ययन गर्दा अरु जातिको तुलनामा सबभन्दा ज्यादा किरात समुदाय नै एक नम्बरमा पर्दो रहेछ । अरुको नक्कल गर्दा गर्दै आजभोली धेरै युवाहरु सकारात्मक भन्दा नकारात्मक तरिकाले गर्दा हत्या, हिंसा, जुवा तास, मादक पदार्थ, अनावश्यक खर्च, नशालु पदार्थ, बलात्कार, आत्माहत्या, अपहरण, काटमार, धम्कि आदि नक्कल र आडम्बर गर्दै जाँदा आज किरातीहरुको भविष्य नाङ्गोपनले जीवन नै अन्धकारमा डुविसकेको छ । आजको अवस्थामा पनि किरात नर नारी, तन्नेरीहरुमा किरात धर्म, भाषा, लिपी, इतिहास, संस्कार, संस्कृति एवं राज्यको महत्वको बारेमा जनचेतना, ज्ञान, विवेकको कमि कमजोरीको कारणले आपmनो अस्तित्व बिर्सिदै अरुको धर्म, कर्म, संस्कार संस्कृति पर्वहरुमा जता देख्यो उतै दगुरी जाने हाम्रा घटिया प्रवृत्ति, कार्यहरु हर्ेदा कुनै शहर बजारमा यदाकदा बाँदर नचाउने मदारीले बाँदर नचाएर दर्शकलाई हसाँउने रमिता गराउँछन्, त्यस्तै प्रकारले जताततै नक्कलै नक्कल गर्ने प्रवृत्तिले हामी आफ्नो अपमानको खाडल आफै खन्दै आएकोमा कहिल्यै पिच्छे फर्केर हर्ेर्ने बानी भने छैन । दशैं मान्नै पर्ने, भाईटिका पर्व मान्नै पर्ने, फागु खेल्नै पर्ने, बोलबम जानै पर्ने, तीजमा नाच्नै पर्ने, सरस्वती पूजा गर्नै पर्ने, रातो साडी लगाउँनै पर्ने, हातभरी मेहंदि लाउनै पर्ने, भड्कीलो लुगा लाउँनै पर्ने, भ्यालेन्टाइन डेमा फूल र जोडी हुनै पर्ने, दिनहुँ नाइट क्लबमा अर्धनग्न भएर नाच्नै पर्ने, लागुपदार्थ सेवन गरी रातभरी बीर मसानको सेनाहरु जस्तै घुम्नै पर्ने । नेपालको राष्ट्रिय चाड पर्वहरुमा क्षेत्री, बाहुन र नेवारहरुले मान्नु पर्दा राज्य र जातीय अस्तित्वको दृष्टिकोणले बुझेर मानेका छन् । तर दुःखलाग्दो कुरो, किरात आदिवासीहरुले नेपाली चाड पर्वको गरिमा र त्यसको महत्वको बारेमा कुनै कुरा नबुझी मानेका छन् । कतिपय आदिवासीहरुले नेपाली चार्डपर्वहरु बहिष्कार गरेका छन् । तर कालिजले दुलोभित्र टाउको मात्र लुकाएर बाँकी शरीर बाहिर देखाएर पर्वहरु मानेका छन् । चेतना, ज्ञान हुने जातीहरुले कसैको पर्वलाई एउटा सिमासम्म मानेका हुन्छन् । आफ्नो धर्म, कर्म, संस्कार संस्कृतिको चेतना, ज्ञान नहुने व्यक्ति जाति समुदायहरुले अरुको पर्व मान्नु भनेको विजय दशमीमा मार काटिने पशुहरु समान चेतना नभएको भन्दा फरक नपर्ला । नेपाली गीत संगीतले भने झैं यो कुरा बुझे गहिरो छ, नबुझे घरमुनि पैह्रो छ, भनेझैं, यसरी अरुको नक्कलको संस्कार, संस्कृतिको चित्र विचित्र पथ पर््रदर्शनको वातावरणले विद्यमान हाम्रो मौलिक सम्पदाहरु दिनदिनै धेरै जसो पलायन भई सकेको छ । यस्तै बेहाल एवं जर्जर अवस्थामा विशेष गरी एकतर्फी हिन्दू धर्मको संस्कार संस्कृति, अर्को तर्फपश्चिमी मुलकका धर्म संस्कार, संस्कृतिको वेजोड नक्कलको गरिमाले आज भोलिका युवा युवतीहरुको निन्द्रा नै हराम गरिदिएको छ । यस्तो अवस्थामा किरात धर्म, भाषा, लिपी, इतिहास, संस्कार, संस्कृतिहरुको वास्तविक जटिल चुनौतीहरुको समस्याले घेरिएको छ । किरात आदिवासी जनजातिहरुको धार्मिक, राजनैतिक, सामाजिक संघ संस्थाहरुको सैद्धान्तिक कार्यक्रम, कार्ययोजनाको विशेष दर्ुगामी नीति निर्माणको ठोस उपलब्धि जनताले चाहे जस्तो हुन सकेको छैन । किरात धर्म भाषा, लिपी, संस्कार, संस्कृतिहरु वैज्ञानिक वा वैधानिकताको बारेमा किरात समुदायभित्रै एउटा सहमतिको अवधारणा हुन नसकेको परिणामले पनि हामी धेरै पछाडि परेका छौं । अरुकै धर्म संस्कार संस्कृतिको आडम्बर नक्कल गर्नाले एकप्रकार किरातीहरु आफ्नो मूल्य-मान्यता भनेको पिंजडामा राखिएको सुँगालाई गोपी कृष्ण कहो भन्न लगाएकै जस्तो मात्र भएका छौं । किरात आदिवासी समुदायहरु, यत्रो ठूलो परिणाममा आफ्नै राष्ट्रको मूलधाराबाट उत्तिकै हराएका छन् भने छिमेकी मित्रराष्ट्र भारतमा २ करोडको हाराहारीमा न भारतको नागरिक न नेपालको नागरिक "धोबीको गधा न घरको न घाटको" जस्तै आज हो कि भोली कहाँ जाने टुंगो छैन, सबै कुरा राम भरोसा मै आफ्नो दिन गुजारा यसै त्यसै जे-जे होला भन्ने मै बसेका छन् । आदि अनादी कालदेखि वि.सं. १८३१ सम्म किरात राजा महाराजादेखि चक्रवति राजाहरुले संसारमै शासन गर्ने जसको शाखा सन्तानहरु अहिलेको परिस्थितिमा भने देश विदेशहरुमा नोकरी, चाकरी, कसैको खुट्टा मोलेर, हात जोडेर, गाली खाएर, टोपी फुकाएर दान मागी आफ्नो परिवारको लागि नोकर चाकर कै हैसियत भन्दा राष्ट्रको गौरवमय गरिमाको पहिचानमा उभ्न सकेका छैनौं । आज एक्काईशौं शताब्दीको सेरोफेरोमा मानव जातिको उथलपुथलको ऐतिहासिक घटनाक्रमसंगै किरात समुदायहरु एउटा लामो दुःखदायी अन्धकारको निन्द्राबाट बल्ल तल्ल उठेका रहेछौं । अप्रिmकाका भू.पू. राष्ट्रपति मण्डेलाको शव्दमा भने झैं, जब अंग्रेजहरुले हामीलाई बाइबल समातेर आँखा चिम्म गर्न लगाए, हामीले आँखा चिम्म गरेर बस्यौं, जब हामीलाई आँखा खोल्न लगाए, त्यसबेला हाम्रो मुलुक उनिहरुको हातमा गई सकेको रहेछ । किरातहरुको राजपाठ भूमि, धन सम्पत्ति हुँदा आफ्नो अज्ञान अहंकारमा मस्त निदाएका थियौं, अहिले हामी अज्ञानताको निन्द्राबाट उठेका छौं । यसबेला किरातीहरु आफ्नो राजपाठ, भूमि धन सम्पत्ति र्सवस्व गुमाएका रहेछौं भन्ने थाहा हुँदै आएको छ । हिन्दू धर्मका प्रकाण्ड महाविद्वान पण्डित शंखराचार्यको महान उक्तिमा भनेका छन्, " कुनै पनि जाति, समुदायहरुको उसको जाति, भाषा, संस्कृति, धर्म, संस्कार मेटी दिएपछि त्यो जाती समुदायहरु जंगलमा भएको लहराहरुले जुन जुन रुखहरुलाई भेट्छ, त्यसैमा टाँसिएर जान्छ" भनेझैं आजको आदिवासी किरातहरुको जीवनशैली हर्ेदा अरुको धर्म, कर्म लिपी संस्कार संस्कृतिको नक्कल र पछ्याउदै जाँदा अन्ततः शंखराचार्यले भनेझैं किराती समुदायहरु जो जसलाई भेट्यो त्यसैमा टाँसिएर आफ्नो जातीय पहिचानको महत्वपर्ूण्ा विधाहरु गुमिएकोले अनेकौं क्षतिको दर्ुभाग्य भोग्दै आएका छौं । किरात जातिको विविधताको सेरोफेरोमा विशेष गरेर किरात खम्बू जातिको आफ्नै घर परिवारभित्र कमजोरीहरुको समीक्षा पटक्कै गर्न सकेको छैनौं र जातीय पहिचानको पर्ुवाधार र सशक्त एउटै मेरुदण्ड निर्माण हुन सकेको छैन । यस्तो संवेदनशील अवस्थामा र्राई बन्धुहरुको गतिविधी हर्ेदा नमच्चिने पिङ्गको सय झड्का भनेझैं र्राई जातीहरुको धर्म, भाषा, लिपी, संस्कार संस्कृतिको सवालमा अनेकौ विभेदका समस्याले गर्दा गम्भीर मोडमा उभिएको छ । आजको अवस्थामा, देश विदेशका किरात र्राईहरुका संघ संस्थाहरुले र्राई जातिको धर्म, भाषा, लिपी, इतिहास, संस्कार, संस्कृति एवं साहित्यको विस्तार, उत्थान र राष्ट्र राज्यको नीति निर्माण कार्यमा अरु जातिको तुलनामा अघि बढ्न सकेको छैन । सामान्यतः र्राई जातीहरुलाई एउटै मूलधारमा हिँडाउनको लागि सर्म्पर्क भाषा हुनु नितान्त आवश्यक छ । तर दुर्भाग्यवश र्राईहरुमा थरै पच्छिेको बोलिने ३२ वटा पृथक-पृथक भाषा भएकोले एउटा मूल सर्म्पर्क भाषाको रुपमा सहमति समेत बनि नसकेको हुँदा आम किरात र्राई जातिहरु कुनै पनि विन्दूमा पुग्नलाई फलामको चिउरा चपाउनु समान भएको छ । यहाँ र्राई जातिको भाषाको मात्र समस्या नभएर मूल मार्गदर्शनको रुपमा रहेको धर्म, कर्म, लिपी, इतिहास, संस्कार, संस्कृतिहरुमा समेत अनेकौं विवाद एवं विभेद भएकोले एक आपसमा पटक्कै मेल नखाएको गतिविधिहरु हर्ेदा यथार्थमा र्राईहरु एउटै गोलवन्द छ भन्न चाँहि सकिंन्न । किरात र्राई जातिहरुमा आफ्नो मौलिक परम्पराको निधीहरुको अत्यन्तै गहिरो चासो चिन्तन मनन अध्ययन अनुसन्धानको खोजप्रति प्रवल इच्छा शक्ति नहुनुको कमि कमजोरीले नै आफ्नै घर आँगनमा किरात धर्म भाषा, लिपी, इतिहास, संस्कार, संस्कृतिको मुहान कोशी नदी र ब्रम्हपुत्र नदी झै बगेर आउँदा समेत ज्ञान, चेतना, विवेकले काम नदिए पछि उसको लागि मरभूमिको बलुवा जस्तै हुन गएको छ । अरुको नक्कल र आडम्बर गर्नाले कतिपय किरात र्राईहरुले समय समयमा काल्पनीक चित्र कोरेर र्राई लिपी निर्माणको होडबाजीमा छन् । यस्तो अवैध कार्यले उल्टै र्राई जातिहरुलाई अरु हजार बर्षपछाडी पार्ने खतरा बढेको छ । र्राई वान्तवा मुन्धुमी भाषामा भनिएको छ, "छेन्वी पुक्खा" भनेको धन सम्पत्तिको खानी, "ताया पुक्खा" भनेको ज्ञान वुद्धिको खानी भनेझै यस्तो अनेकौं जीव पदार्थहरु उत्पत्तिको खानीहरु हिजै र्सवश्रेष्ठ परमात्मार् इश्वर -उनै तागेरानिङवाभुमाङ)ले अर्थात युमा थेवा सुम्निमाङ पारुहाङ, ३३ कोटी देवी देवताहरुको संरचना संगसंगै वेद विधान, भाषा लिपीहरु देखिएको छ र भएका छन् हिजर्ैर् इश्वरको श्रृष्टि कालमा भएर आएको छ । परमात्मार् इश्वर -तागेरा निङवाभुमाङ) ले सबै थोक श्रृष्टिकालमै निर्माण गरिसकेको यस्तो अवस्थामा र्राईहरुले मुन्धुम लिपी निर्माण गर्ने व्यक्तिहरुलाई के भन्नु पर्ने हो, त्यो शव्द मै छैन । र्राई लिपी निर्माण गर्ने पहिलो व्यक्ति १. कृपा सल्यानी र्राई, २. ज्योतिनन्द र्राई ३. भोजपुर निवासी धनकुमार र्राई र आजभोली सिक्किममा पनि लिपी निर्माण गरेको छ भन्ने सुनिन्छ । यसरी र्राई जातिहरुले जातै पच्छिे भाव आवेशमा कुनै अध्ययन नै नगरी जातै पिच्छे लिपी निर्माण गर्नु भनेको अवश्य पनि अवलापन देखिन्छ । व्यक्ति पिच्छे कै मनमानी धर्म गर्नाले र्राईहरु सबसे धेरै अलमल्ल गोत्र साथै भद्रगोल पनि छन् । आजभोली भारतको चमत्कारी बाबाहरु जस्तै छिटो छरितो चाँडै लोकप्रिय हुने साथै नाम तथा दाम कमाउन धेरै जसो नेपालका र्राईहरुले धर्मगुरुको भेषभुषाको खोल ओडी साधु बिरालोको रुप धारण गरी सिधा साधा र्राईहरुलाई कासि पुर्‍याउने वेरा उठाएका छन् । यस्तो धर्मगुरु हुनेहरुमा १. ज्योतिनन्द र्राई २. विद्ये र्राई ३. जिल्ला भोजपुर निवासी श्री ध्रुव कुमार र्राई ४. वलिभक्त र्राई ५. प्रभुदासी र्राई आजभोली ओमनन्द र्राई देखा परेका छन् । ओमनन्दजिको नक्कल र आडम्बरी प्रेमवाद र स्वर्गीक मार्गको फेशनशो हेर्दा हिन्दी उक्तिमा भनेका छन् । आपतो गया गया, जेजे मानको भि लेगया भन्ने थ्योरीमा स्वर्गिक मार्ग र प्रेमवादले यथार्थमा र्स्वर्ग लोक त भन्न सकिन्न अप्रिmकाको महा अन्धकार जंगल र अरव खाडीको मरुभूमि बलुवाको र्स्वर्गमा चैं अवश्य पनि पुर्‍याउँछ । यस्तो नक्कल र आडम्बर प्रवृत्ति, संस्कार हेर्दा निश्चय पनि र्राईहरु एक प्रकार बाँदरले न आफ्नो घर बनाउँछ, अरुको घर समेत भत्काउछ अरे भने झैं यस्तो उट् पट्याङ्गले कलियुगको र्राई गुरुहरुको जादुले कहिलेसम्म थेग्ने र सफल हुने हो । आजभन्दा ६०/७० वर्षअघि महागुरुले त्यस समयको चेला भुलाहरुलाई भनि रहेका थिए, "पिच्छे मेरो नाम बेचेर खानेहरु थुप्रै आउँछन् त्यसबेला तिमीहरु सारै होशियार हुनु है !" गुरुको भेष धारण गरी आउने भनेको माक्सामा माक्नाराहरु गुरुको नक्कल गर्नेहरु आजको कलियुगको अँध्यारो कालरुपीे भनी महागुरुले भन्नु भएको छ, अरुको नक्कल र आडम्बर गर्नु पनि पाप हो भनी भनिएको छ । यस्तै प्रकारले धर्म गुरुहरुले र्सवसाधारण र्राईहरुको आत्मा जीवनलाई जसरी पशुहरुलाई दशैंको कालरात्रीमा बलि चढाउने पशुहरु जस्तै र्राईहरु बलिको शिकार भएका छन् । धार्मिक अध्यात्मिक चेतना ज्ञान नहुने तिनै अन्जान र्राईहरु यस्तो भयवाह अवस्थाबाट सचेत हुनु ज्यादै आवश्यकता छ । ओमनन्दको प्रेमवाद, स्वर्गिक मार्गका भक्तजनहरु विचमा पनि अनेकौं मार पिटको भरसा कसिले उनीहरु आँफैमा फुटको संघारको कालो बादल मडारीरहेको छ । कुनै दिन र्राई र र्राईहरुकै बिचमा सबभन्दा दर्ुभाग्यपर्ूण्ा दर्ुघटनाको सम्भावना प्रवल देखिन्छ । ओमनन्द जिको दिशाहीन कार्यनीति हर्ेदा न धार्मिक न राजनैतिक न सामाजिक न व्यवहारीक, कतै पनि नमिल्ने ओक्खरप्रांग्रे ढुंगा जस्तै आफ्नो पथपर््रदर्शन गर्दै आएको छ । एउटा मात्र भेषभूषा र युवायुवतीहरु नाचगानाको भरमा ओमनन्द जिले प्रेमवाद र स्वर्गिक मार्गले र्राईहरुलाई ç स्वाहाः बनाउँदै आउँदै छ । बाल ब्रम्हचारी ओमनन्द प्रष्ट हिन्दू धर्मको आधारमा गुरु भएको बुझिन्छ । त्यसो हो भने, बाल ब्रम्हचारीले अत्यन्तै भड्किलो लुगाफाटा लगाउनु, तितो अमिलो पिरो, गुलियो, तामासि र राजासि आहार खानु नहुने नियम छ । मूलतः नारिको रुपमा पाँच बर्षेखि माथिको युवतीहरुसंग पटक्कै उठवस गर्नु नहुने नियम छ । तर ओमनन्द जि हामीलाई लाग्छ केटीहरु विना १ मिनेटसम्म रहन सक्दैनन् जस्तो देखिन्छ । ओमनन्द जी धर्मगुरुको ज्ञान चेतना, विवेक भनेको ओम पटनम् जस्तै छ भन्दा कुनै फरक नपर्ला । आडम्बर र अरुको नक्कलको फोटोकपी गर्नु नै प्रेमवाद र स्वर्गिक मार्गको मार्ग दर्शन एवं मूलमन्त्र नै भएको छ । कुरा गर्दै जाँदा अरु ठिनिमीनि गाउँ घरमा र्राई गुरुहरु अरु पनि धेरै छन् । अब ओमनन्दजिलाई क्रसिङ्ग गर्ने अर्को कुन र्राई महाराज कहाँ के अभ्यास गर्दै छ, उसको पनि कुनै दिन के शुर चलेको बेला कस्तो प्रकारको फेसन शोको भेषभूषा लगाएर हा हा र होहो गर्दै आउने हो हर्ेन बाँकी नै छ । अर्को थरि र्राईहरु भने हिन्दू धर्ममा जस्मानी, कविर, प्रणामी, साही बाबा, मानव धर्म, रजनिश देखिर् इर्साई धर्ममा यस्तै प्रकारले र्राई जातिहरु भाङ्गको लड्डु खाएर जताततै लडे जस्तै यस्तै उस्तै भएका छन् । एक थरी यस्ता र्राईहरु जो चाँही आफ्नो परम्परावादी भनेर आफ्नो मरेको पर्ुखाहरुको मृत आत्मालाई खाना पकाउने चुल्होमा प्रतिस्थापन गर्राई समय समयमा कुखुर सुँगुर मारेर रगत चढाएर सेवा पूजा गर्ने र्राईहरु अझ धेरै छन् । यो समुदायले र्राईहरुको केही आफ्नो परम्पराको विशेषताहरु धेर थोर अवश्य बोेकेका छन् । तर र्राई जातिको सबभन्दा विडम्बना भनेको अरु जातिको जस्तो आफ्नो देउसिद्धि राजसिद्धिको धर्म कर्म संस्कार संकृतिपर्ूण्ा र वैधानिकता भने पटक्कै छैन । धर्मको नाममा देवी देवताहरुलाई पशु बलीको रगत चढाउने यस्तो अधम् कर्मले मानव जातिको उत्थान कदापी हुन सक्दैन भन्ने प्रेरणा अरु धर्मावलम्वीहरुबाट र्राईहरुले सिक्नु पर्ने नितान्त आवश्यक छ । यस्तो गर्न नसके र्राईहरु एक छाक खानको लागि भोटर हुन बाहेक अरु भन्न सकिन्न । धर्मको कर्म गर्ने ठाउँ नै छैन भने त्यो जाति समुदायहरु स्वतः सबैमा हराउँदै जान बेर लाग्दैन । मानव जातीले संसारमा जे जति राजसिद्धि देउ सिद्धिको पथपर््रदर्शन गर्दै आएका छन्, त्यो सवै आ-आफ्नो मौलिक धर्मकै फल पाएका छन् । अन्यथा अरु कुनै बाटो छैन र भौतिक विकासको मूल सुत्र पनि धर्म नै हो र यसबारेमा दर्ुइमत छैन । आम किरात समुदायहरुले किरात धर्म, भाषा, लिपी, इतिहास, संस्कार संकृतिको बारेमा महागुरु लिङदेन फाल्गुनन्द तपश्वि ज्यूले देखाएको मार्ग नै किरातिहरुको समृद्धि चुन्ने र्सवसिद्ध मार्ग अवश्य पाएका छौं । महागुरु फाल्गुनन्द तपश्वि ज्यू, किरातीहरुको भाग्य विधाता, इष्टदेउको रुपमा पाएका छौं । आजको अवस्थामा पनि किरात समुदायको धार्मिक अध्यात्मिक, राजनैतिक, सामाजिक, व्यवहारीक, किरात भाषा, लिपी इतिहास, संस्कार संस्कृति बारेमा भन्नु पर्दा ९५प्रतिशत शिशु कक्षाको अवस्थामा रहेको आभाष अवस्य देखिन्छ । यस्तो एक प्रकारको अचेतन अवस्थामा महागुरु लिङदेन फाल्गुनन्द तपस्वीज्यू को हुन् - हाम्रो लागि किन आए - महागुरुज्यूको अशिम योगदानको ऋणी कसरी भएका छौं - यस बिषयमा यस्तै त्यस्तै अनेकौं जिज्ञासाको प्रश्न चिन्हहरु एकतर्फी छ भने अर्को तर्फमहागुरु ज्यूको किरात धर्म दर्शनको संरचनाहरु विज्ञान र वैधानिकता -साम्जिक मुन्धुम) वेद, विधान कर्म काण्ड साथै अध्यात्मिक जप तप, ध्यान, योग क्रिया बारेमा, महागुरुज्यूको अमृतमय शिक्षा, ज्ञान उपदेशको सुमधुर भविष्यवाणीको अनेकौं विदाहरु आम किरातीहरुको लागि अथाह समृद्धिको पर्ूवाधारको सौभाग्य पाएका छौं । विश्व व्रम्हाण्डो संरचनामा भूतकाल, वर्तमान काल, भविष्यत् कालको अनन्त गतिशिल समयको चक्रमा जन्म र मृत्यु, यस लोक र परलोकको बारेमा महागुरु ज्यूले सहज, सरल रुपमा मानव आत्माको मुक्तिको दिशावोध, अन्ततः उनै परमात्मार् इश्वर तागेरा निङवाभुमाङको काखमा पुर्‍याउनु भएकोछ । जसरी हिन्दू धर्मका मार्गदर्शक भगवान श्री कृष्ण, बौद्ध धर्मावलम्वीहरुको लागि भगवान बुद्ध र इशाई धर्मावलम्वीहरुको लागि प्रभू येशु, मुस्लिम धर्मावलम्वीहरुको लागि पैगम्वर मोहम्मद आएर आ-आफ्नै जातीय समुदायहरु लाई देउसिद्धी र राजसिद्धिको मार्ग दर्शन दिनु भएको छ । यस्तै संसारको विधि विधानको चक्रमा आजको बीसौं शताब्दीमा महागुरु फाल्गुनन्द तपस्वीज्यू, किरात धर्म मार्गदर्शकको रुपमा किरात जातिहरुको लागि वि.सं. १९४२ कार्त्तिक २५ गते आईतबार इलामर् इभाङ्गको पवित्र भूमि चुक्चीनाम्बामा जन्मावतार भएको हुँदा आम किरातीहरुको भाग्य विधाता पाएका छौं । किरात जातिमा विशेष गरी अहिलेको अवस्थामा सम्पुर्ण किरात आदिवासीहरुले एउटा साझा अवधारणा निर्माण गरी महागुरुज्यूको किरात धर्म दर्शनलाई व्यापक उत्थान र विस्तार गर्न सम्पुर्ण आदिवासी किरात जात जाती समुदायहरुलाई हार्दिक अनुरोध छ । किरात धर्मको जय होस् । महागुरु लिङदेन फाल्गुनन्द अमर रहुन् । -डि.आर. चाम्लिङ, इलाम, नेपाल

No comments:

Post a Comment