07 February 2012

छथर महोत्सवलाई ब्रुनाईबाट सहयोग हुने

बिस्वासदिप तिगेला
ब्रुनाई, ३० जनवरी २०१२,
छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ब्रुनाईबाट पनि सहयोग हुने भएको छ । क्याप्टेन काजीमान कुरुम्भङ एम सि को संयोजकत्व रहेको कमिटीको कोषाध्यक्ष ज्ञानेन्द्र केबुकहाँङ र सम्पर्क सचिव विश्वास दीप तिगेला रहेका छन् भने ११ जना सदस्य रहेका छन् । आफ्नो भूमिमा पहिलो पटक सम्पन्न हुनगईरहेको अवसरमा ब्रुनाईका छथरेहरु जुर्मुराएका हुन ।
गत ५ पुस २०६८ का दिन धनकुटा सिधुवामा सम्पन्न एक भेलाले ऐतिहासिक छथर महोत्सव गर्ने निर्णय गरेको थियो । धनकुटा र तेह्रथुम जिल्लामा पर्ने विभिन्न १९ गाँउ विकास समितिका प्रतिनिधित्व हुने गरि टेकराज लिम्बु अध्यक्ष र उपाध्यक्ष थिरेन्द्र खजुम र सचिव कमल तिगेला गरि ४१ सदसिय महोत्सव आयोजक समिति निर्माण भएको छ । यसबर्ष ताकलुक यकमा र आगामी बर्षहरुमा क्रमशः पंचकन्या, चाङसीङघारीमा महोत्सव गर्ने जनाईएको छ । छथर इलाका भित्र तेह्रथुमका ९ गाविसहरु –सुदाप, ओख्रे, पंचकन्या, फाक्चामारा, दाँगपा, फूल्लेक, बसन्तपुर, हमरजुङ, आङदिम र धनकुटाका १० गाविसहरु – हात्तिखर्क, मूर्तिढुङ्गा, जितपुर, मारेककटहरे, घोर्लिखर्क सान्ने, ताङखुवा, परिवादिन, तेलिया, लेगुवा पर्दछन् । महोत्सव सफल बनाउनको लागि देशविदेशमा रहनु भएका सम्पूर्ण छथरवासी तथा गैर छथरवासीहरुलाई अनुरोध गरिएको छ । थप सोधपुछ, सल्लाह, सुझाव तथा सहयोगको लागि फोन न 9851024070 सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ । सहयोगीहरुबाट प्राप्त सहयोग रकम र नामावली महोत्सव स्मारिकामा प्रकाशित हुनेकुरा जनाइएको छ ।

1 comment:

  1. हामी नेपालीहरु वाध्यतावस विदेशमा रहन परे पनि देशको लागि केहि गर्नको पछि परेका छैनौं, यसै सन्दर्भमा छथरे नौजवानहरुले यस्तो सह्राहनिय कामको थालनि गरेको समाचारले मलाई गौरवताको भान भई रहेछ । स्यावासीको भागिदार तपाईहरु......

    ReplyDelete