10 February 2012

उर्जा मन्त्रीसँग एनआरएन यूकेको अन्तरकृया

लण्डन
नेपाल सरकारका उर्जा मन्त्री सूर्यमान डोंगको प्रमुख आतिथ्य एवम नेपाली काङ्रेशका केन्द्रिय सदस्य द्वय कृष्ण चन्द्र नेपाली र शंकर भण्डारीको बिशेस आतिथ्यमा एनआरएन यूकेले नागरिकता बचाउ अभियान र सामुहिक लगानी बिषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

एनआरएन यूकेका महासचिव राम शरण सिमखडाद्वारा सन्चालित एवम अध्यक्ष कूल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रथम चरण उपाध्यक्ष थर्क सेनको श्वागत मन्तव्य र अध्यक्षद्वारा प्रमुख अतिथि एवम बिशेस अतिथिलाई खादा ओढाइ सम्मान गर्दै बिभिन्न वक्ताहरूको बिषयगत वक्तव्यबाट सम्पन्न भएको थियो।

बोल्ने क्रममा एनआरएन यूकेका साविक अध्यक्ष सूर्य गुरुङले दोहोरो नागरिता एनआरएनको स्थापनाकाल २००३ देखि नै जोडिदै आएको बिषय भएको र यसको व्यबस्थाले भावी सन्ततीलाई नेपालसँग जोडी राख्न मद्घत पुग्ने भन्दै नेपाल सरकारकै एनआरएन सम्बन्धी परिभाषा "सार्क मूलुक बाहेकका" भन्ने भएकोले भैरहेको नागरिता कायम रहने व्यबस्था गर्दा देशलाई कुनै अप्ठेरो नपर्ने कुरा बुझेर पनि राजनैतिक पार्टी तथा नेताहरूको प्रस्तुत बिषय प्रतिको कन्जुस्यांइ प्रति आश्चर्य व्यक्त गर्दै व्यक्तिगत रुपमा अरबौं रुपैयाँ बराबरको नेपालमा लगानी भैरहेको भए पनि त्यति प्रभावकारी नभएकोले सामुहिक लगानीको अवधारणा आउनु अत्यन्तै समय सपेक्ष रहेको बताएका थिए भने पूर्व अध्यक्ष मेजर डमर घलेले एनआरएनको चिन्ता प्रतिको अनभिज्ञता एवम उदासिनता प्रति लक्षित गर्दै अडकलको भरमा नोबल्न मन्त्री तथा सभासद द्वयलाई आग्रह गर्दै बेलायत स्थित बिभिन्न राजनैतक पार्टिका भ्रात्रि संगठनका सम्बद्ध नेताहरूलाई नेपालबाट आउने नेताहरूको चाकडी गरि आफ्नो भविश्य बनाउने दाउ छाडन सुझाइ नेपालका राजनैतिक कर्मीहरूले नागरिकता खोसी यंहा स्थित भ्रात्री संगठनका व्यक्तिहरूलाई नेपाली राजनितिक आकाशबाट मुक्ति दिन लागेको बताएका थिए।

त्यसै गरि आइसिसी सदस्य विश्व आदर्श पन्डितले पहिला कानूनले गर्ने व्यवस्था अहिले संबिधानमै गर्न लागिएको र त्यो पनि एनआरएनको मागको ठीक बिपरित हुने गरि हुनु दुख्:द रहेको छ यदि नागरिता खोस्ने काम हुन्छ भने भावी पिंढीले सराप्ने बताउदै यदि एनारएनको चिन्ता प्रति खेलबाढ हुन्छ भने यहाँ स्थित सम्पूर्ण भ्रात्री संगठन विघटन गरि नेपाली नेताहरूलाई बहिश्कार गर्ने चेतावनीका साथ सम्पूर्ण एनारएनले मातृभूमीलाई औधी माँया गर्ने भएकोले ५ अरबको लगानी माँयाको शँकेत मात्र भएको, एनारएनले यो भन्दा धेरै गुणा क्षमता राख्ने बताएका थिए।

मन्तव्यकै क्रममा नेपाली काङ्रेशका केन्द्रिय सदस्य शंकर भण्डारीले बिषयगत सुझबुझ नहुनाले एनारएन परिचयपत्र भएपछि सबै कुरा भएको महसुस आफूले गरेकोमा आफैप्रति खेद प्रकट गर्दै दोहोरो नागरिता सम्बन्धी गाम्भिर्यतालाई बुझी राज्यले माग पूरा नगरेमा नेपालमा रहेको अरबौ सम्पत्ति बिदेशतिर जाने निरन्तरताले तिब्रता पाउने बताउदै यहाँ आफूले यो गर्छु त्यो गर्छु भन्नु भन्दा आफ्नो पार्टी र सम्बन्धित क्षेत्रमा एनारएनको चिन्ता बिषयलाई तड्कारो रुपमा उठाइ सम्बोधन गर्न लगाउने बिषयमा आफूले कडा भूमिका निर्वाह गर्ने कुरा बताइ विदेशीको लगानीलाई निर्भिकताका साथ श्वागत गर्ने नेपालले आफ्नै नागरिकले विदेशमा कमाएको कमाई नेपालमा लगानी गर्न खोज्दा भव्य श्वागत गर्दै उपक्त बातावरण बनाउन नसक्नु धिक्कार रहेको बताएका थिए।

 नेपाली काङ्रेशका अर्का केन्द्रिय सदस्यकृष्ण चन्द्र नेपालीले सानैदेखि सुनेको सात समुन्द्र पारीको देश बेलायतमा एनआरएन यूकेसँग साक्षातकार हुन पाएकोमा खुशी व्यक्त गर्दै नेपालमा जति पनि क्रान्ति भएर परिवर्तन आए एनआरएनको नैतिक दबापको कारणले आए १२ बूंदे शम्झौता त्यसकै नमूना हो, एनआरएनको दोहोरो नागरिकता सम्बन्धि माग नेपालको शान्ति प्रक्रियाको निश्कर्स पश्चात मात्र पूरा हुन सक्ने भएकोले अर्को नैतिक दवाप एनआरएनबाट दीइयोस आफू र चन्द्र भण्डारीले अब हुने केन्द्रिय कमिटीको बैठकमा नागरिकताको निरन्तरता बिषयलाई जोडदार रुपमा उठाउने बाचा व्यक्त गरि एनआरएनको सामूहिक लगानी श्वागत योग्य भएकोले आफ्नो स्तरबाट हुन सक्ने सबै किसिमका सहयोगका लागि सदा तत्पर रहेको व्यहोरा जाहेर गरेका थिए भने बेलायतका लागि नेपाली राजदूत डा॰ सुरेश चन्द्र चालिसे उर्जा बिना कुनै पनि क्षेत्रको विकास असम्भव प्राय भएकोले एनआरएनको सामूहिक लगानी श्वागतयोग्य भएको बताएका थिए।

प्रमुख अतिथि उर्जा मन्त्री सूर्य मान डोंगले आफू यू के आउनु पूर्व एनआरएनको नागरिकता बचाउ अभियान बिषयमा त्यति श्पस्ट नभएको र यस कार्यक्रमबाट यसको गम्भिरतालाई बुझ्न सफल भएकोले यस अभियानमा सदा एनआरएनको साथ रहने, नेपाल फर्किए पश्चात पहिलो काम पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई भेटी उल्लेखित बिषयको गाम्भिर्यता अवगत गराउने, एनआरएनको माग पूरा गराउन एनआरएनले नेपाल आइ भौतिक रुपमा आन्दोलन गर्न नपर्ने व्यवस्था मिलाउन आफू संबैधनिक विभागको सदस्य समेत भएकोले मौलिक हक तथा राज्यका निर्देशक सिध्दान्त बिषय समितिबाट तयार गरिएको खेस्रा विभागमा आएपछि त्यसलाई एनआरएनको माग अनुकूल बनाउने प्रयास गर्ने जस्ता वचन बध्दता व्यक्त गर्दै आफ्नो पार्टीको धारणा शान्ति, संविधान, सुशान र सम्पन्न नेपाल नै हो, सरकारको तर्फबाट र आफ्नो तर्फबाट आफ्नो हैसियतले सामूहिक लगानी बिषयमा के गर्न सकिन्छ सोहि गर्ने बाचा गरेका थिए।

अन्तर्क्रियाको क्रममा एनआरएन यू केका सल्लाहाकार लोक गुरुङ, कर्ण शाहि, डा॰ सी बी गुरुङ, सुरेन्द्र श्रेष्ठ, प्रवक्ता जिब बेल्बासे, कार्य समिति सदस्य शान्ति थापा कुँवर, डासु पाण्डे, कृष्ण तिमिल्सिना,भू पु क्याप्तेन बाल कृष्ण गुरुङ, बिजन भटट साथै हिमाल गुरुङ्, शान्ता बिनोद लामिछाने र भोज बहादुर गुरुङले नागरिकता वचाउ तथा सामूहिक लगानी बिषयमा आ-आफ्नो जिज्ञासा एवम धारणा व्यक्त गरेका थिए।

नेपाली राजनैतिक कर्मिहरुको दोहोरो चरित्र, बिषयगत ज्ञानको अभाव, माओबादी पार्टीको चुनावी घोषणा पत्रमा दोहोरो नागरिकता बिषयमा बोलिनु तर पछि पार्टीको तर्फबाट निकालीएको नमुना संबिधानमा नेपालको संबिधान २०१९ लाई अक्षरस नक्कल गरिएको, एनआरएनको मागलाई कम रुपमा आँकिएको, एनआरएनको देश प्रतिको माँया र सदभावलाई गलत रुपमा बुझ्ने गरिएको जस्ता बिषयमा कडा रुपमा प्रस्तुत हुँदै नेपाल सरकार र राजनैतिक कर्मिहरुको चर्को आलोचना गर्ने काम हरेक सहभागिबाट भएको थियो। भू पू गोर्खाहरूले घर जग्गा बेच्दै यहाँ आएता पनि पेन्सन नेपालमै बुझ्ने गरेको तर नागरिकताको समस्याले पेन्सन समेत बेलायतमा सर्न सक्ने चेतावनी दिइएको थियो।

लगानी बिषयमा राजनैतिक पार्टी बिशेसबाट चन्दा लिने परिपाटीलाई निर्मूल पारी स्थानिय मानिसहरु, नेपाल सरकार र एनआरएनको संयुक्त प्रयासबाट लगानी प्रभाकारी हुन सक्ने औंल्यादै एनआरएनको लगानीको सुरक्षाको जिम्मा नेपाल सरकारले लिनु पार्ने धारणा अन्तर्क्रियामा सहभागीहरुबाट आएको थियो।

यसै गरि अन्तर्क्रियामा संलग्न जिज्ञासुहरूको जिज्ञासालाई मेटाउने प्रयास गर्दै केन्द्रिय सदस्य शंकर भण्डारीले नागरिकता बचाउ अभियान होस वा लगानीको कुरा होस अब आफूमा कुनै भ्रम नरहेको जाहेर गर्दै नेपालमा राम्रो संस्कारको बिकसका लागि राजनैतिक ब्रितमा देखिएको दूसितपनलाई हटाउन सकेमा मात्र सम्भव हुने कुरा औल्याएका थिए भने मन्त्री डोंगले नागरिकता बिषयमा पहिल्यै स्पस्ट पारी सकेकोले लगानी बिषयमा एनआरएन आइसिसी अध्यक्ष जिबा लामिछानेलाई लगानी समितिमा नेपाल सरकारले सदस्य पदमा मनोनयन गरेको हुँदा कहाँ, कसरि, कति लगानी गर्ने भन्ने बिषय तथा नेपाल सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा अब दूविधा नरहने बताएका थिए।

कार्यक्रमको अन्त्यतिर एनआरएन यूकेका उपाध्यक्ष तथा याक एन्ड यति रेस्टुरेन्टका निर्देशक महेन्द्र कंडेलले अतिथि तथा सबैलाई धन्बाद दिदै एनआरएनको चिन्तालाई जस्ताको तस्तै नेपाल लागि सफलिभूत बनाइदिन पहलका लागि आग्रह गरेका थिए।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको विसर्जन गर्दै एनआरएन यूकेका अध्यक्ष कूल आचार्यले समस्त एनआरएनको सदिक्षा नेपाली भएर बाच्नु रहेकोले जबरजस्ती बिदेशि नबनाइयोस, यो माग एनआरएनको मात्र नभइ देशकै माग हो, सायद एनआरएनले बुझाउन सकेन या नेपाल सरकार र राजनैतिक पार्टीहरूले बुझ्न चाहेनन तर एनआरएनको स्वामित्व नेपालमा थियो, छा र रहने छ भन्दै कसैले नियम कानून बनाई जबरजस्ती बिदेशि बनाउदैमा हामी बिदेशि नभइने साथै हामी भित्रको नेपालीत्व कुनै द्वैध चरित्र धारी फोहोरी राजनैतिज्ञको कुन्ठित चाहानाले मेट्न नसक्ने भन्दै एनआरएनको माग प्रति सकारात्मक हुन नेपाल सरकार एवम सरोकारवालाहरूलाई कडा रुपमा खवरदारी गरेका थिए भने सामूहिक लगानी पहिलो पटक भएकोले ५ अरबको भए पनि नमूनाको रुपमा सफल हुने आशा व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका उर्जा मन्त्री सूर्य मान डोंग, बिशेस अतिथि द्वय नेपाली काङ्रेशका सभासद शंकर भण्डारी, कृष्ण चन्द्र नेपली, बेलायतका लागि नेपाली राजदुत डा॰ सुरेश चन्द्र चालिसे, आइसिसी सदस्य विश्व आदर्श पन्डित, भू पू अध्यक्ष मेजर डमर घले, निबर्तमान अध्यक्ष सूर्य गुरुङ्, अध्यक्ष कूल आचार्य, कार्य समितिका सबैजसो पदाधिकारीहरू, सल्लाहाकारहरू,पत्रकार, बुद्धीजिबि, ब्यबसायि, कानून विद, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सबै क्षेत्रका ब्यक्तित्वहरूको सहभागिताले हल खचाखच भरिएको थियो भने कार्यक्रमको लागि हल प्रयोजन तथा मिठो भोजन ब्यवस्थाका लागि याक एन्ड यति रेस्टुरेन्टका निर्देशक महेन्द्र कंडेल लगायत सम्पूर्ण कर्मचारीहरूलाई अध्यक्ष आचार्यले धन्यबाद् दिएका थिए।

जिब नारायण बेल्बासे
प्रवक्ता, एनआरएन यू के

No comments:

Post a Comment