24 December 2011

लन्डनवासी राईहरुको साधारणसभा हुने

23 December 2011 मा तयारी बैठक हुँदै
लन्डनमा बसोवास गर्ने राईहरुको संस्था "किरात राई यायोक्खा युके, लन्डन शाखा" को तेश्रो साधारणसभा यहि आउँदो महिनामा हुने भएको छ । २३ डिसेम्वर २०११ का दिन नोर्थहल्टको एक कम्युनिटिहलमा संस्थाको तयारी बैठक सम्पन्न भए पछि प्रायोजित साधारणसभा यहि आउँदो जनवरी २८ तारिख भब्यताका साथ सम्पन्न हुने कुरा साधारणसभाका संयोजक श्रीमति शान्ताकला राईले बताएकी छिन् । संयोजकका अनुसार आउँदो सभाका लागि सम्पूर्ण कार्यहरु तयारी भई सकेको र भब्यताका साथ सफल हुने दाबि समेत गरेकी छिन् । यस साधारणसभाको मुखवाक्य (Motto) "सम्पूर्ण राईहरु एकजुट होऔ, जातिय पहिचानको लागि केहि गरौं" भन्ने रहेको छ भन्दै संस्थाका उपाध्यक्ष टिकाधन राईले अन्य मुख्य उद्धेश्यहरुमा यस क्षेत्रमा राईहरुको बसाईसराई बृद्धिभई रहेको स्थितिलाई मध्यनजर गरेर सम्पूर्ण राईहरुलाई संस्थामा आवद्ध गराउँने लक्ष्य रहेको जानकारी गराएका छन् । संस्थाका अध्यक्ष दिवाकर राईले निकट भविश्यमा स्थानिय प्रारम्भिक कार्यसमितिलाई विस्तार गरेर Watford, Wembley र Hounslow इलाकाहरुमा लन्डन क्षेत्रको प्रारम्भिक कार्यसमितिहरु गठन गर्ने रणनिति रहेको पनि जानकारी गराएका छन् । संस्थाको अर्थब्यवस्थालाई  ध्यानमा राखेर निकट भविश्यमा स्थानिय किरात कलाकारहरुलाई जागरुक गराउँदै एक सांस्कृतिक कार्यक्रमको आयोजना हुने कुरा संस्थाका सचिब रोम मुकारुङले बताएका छन् ।

प्रायोजित कार्यक्रम जनवरी २८ तारिक नोर्थहल्ट पार्क कम्युनिटि हलमा हुने पनि जानकारी हुन आएको छ ।

No comments:

Post a Comment