23 December 2011

बेलायतमा नेपाली महिलाहरु एकजुट हुने

लन्डनको उत्तर पश्चिम क्षेत्रमा बसोवास गर्ने नेपाली महिलाहरुले हालै एक संस्थाको स्थपाना गरेको छ । हालमा ह्यारो र यसका वरपर बसोवास गर्ने महिलाहरु मात्र यस कार्यमा जुटे पनि निकट भविश्यमा यसको कार्यक्षेत्र बिस्तार गरेर बेलायतभरि फैलाउने जानकारी हुन आएको छ । संस्थाको नाम "नेपाली महिला समाज युके" रहेको छ र यसको मुख्य उद्धेश्य नेपालका दूर्गम क्षेत्रमा बिपन्न महिलाहरुको सहयोगार्थ रचनात्मक कामहरु गर्ने रहेको छ । यसका साथै बेलायतमा बसोबास गरिरहेका नेपाली महिलाहरुको आपसी सहयोग र परिचयको वाताबरण बनाउँने पनि यसको लक्ष्य रहेको छ । संस्थाको बिधिवत सामुद्घाटन कार्यक्रम यहि आउँदो डिसेम्बर ३१ तारिख हुने भएको छ । नयाँ वर्ष आगमनको शुभ साईतको अवसरमा हुन गई रहेको यो रमाईलो साँझमा सबै नेपाली दाजूभाई दिदिबहिनीहरुलाई निमन्त्रणा रहेको पनि यसका संयोजक तथा संस्थाका कार्यकारी सचिव श्रीमति शसि थापा सुब्बाले जनाएकी छिन् । कार्यक्रम नोर्थोल्टको नोर्थहल्ट पार्क सोसियल क्लबको हलमा बेलुकी ६ बजे देखि १० बजे सम्म हुने भएको छ ।

No comments:

Post a Comment