22 February 2012

एनआरएन युकेले नागरीकताको निरन्तरता नभए निर्णायक आन्दोलन गर्ने ।

$1.99 Domains* at GoDaddy.com
लण्डन २० फेब्रुअरी २०१२! 
एन आर एन यूके कार्यसमितिको आपत्कालिन बैठक संस्थाका अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न भयो । उपस्थित सबैलाई स्वागत गर्नु हुंदै राष्ट्रिय संयोजक रामशरण सिमखडाद्धारा बैठकको उद्देश्य र गर्नु पर्ने कार्यभारको बारेमा प्रकाश पार्दै संचालित उक्त बैठकले एन आर एन यूकेको नागरिकता बचाउ अभियान सम्बन्धमा अल्पकालिन र दिर्घकालिन रणनैतिक कार्ययोजना तर्जुमा गर्दै सम्पन्न भएको छ । 

एन आर एन यूकेको नयां कार्य समिति निर्वाचित भए पश्चात गरेका कार्यहरु उपलब्धीमुलक र सम्बन्धित समुदाय प्रति परिलक्षीत भएको आगामी दिनमा समेत संस्थाको उदेश्य र मार्ग दर्शनलाई आत्मसात गर्दै एन आर एन यूकेको एकता र पहिचानलाई चिर स्थायी राखी सृजनात्मक कार्यहरु गर्न प्रतिबद्ध रहेको समेत सबै सहभागीहरुबाट पुन एकपटक प्रतिबद्धता जाहेर गरियो । संस्थाले आफ्नो कार्ययोजना तयार गर्न आयोजित कार्यशाला, विद्यार्थीहरूको समसामयिक समस्याको बारेमा सम्पन्न अन्तरकृया, पत्रकार कल्याणकोषको स्थापना, माननिय शिक्षा मन्त्रीज्यूसंगको नागरिकता बचाउ आन्दोनबारेको अन्तरकृया, नेपालमा सामुहिक लागानीबारेको बृहद अन्तरकृया र उर्जा राज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय नेताद्धयसंगको समसामयिक अन्तरकृया, स्वर्गीय लक्ष्मी लामालाई सहयोग आदी उपलब्धिको रुपमा लिंदै आगामी दिनमा समेत रचनात्मक कार्य गरी सिङ्गो एन आर एन अभियानमा यूके को सबल र सक्षम पहिचान पुन प्रष्ट्याउन सर्बसम्मत रुपमा बैठकले जोड दियो । यसै क्रममा प्रकृयागत रुपमा कुनै पनि कमि-कमजोरी भएमा त्यसलाई न्यूनिकरण गर्दै संस्था पारदर्शीरुपमा अघी बढ्ने कुरामा बैठक सर्ब सम्मत रह्यो । 

एन आर एन अन्तराष्ट्रिय समितिको आह्वानमा यहि मिती २३ र २४ फेब्रुअरी २०१२ मा नागरिकता बचाउ बिषयमा संविधान सभाका बिषयगत समिति तथा सरकारसंग यस बिषयमा आवश्यक छलफल गर्न एनआरएन यूकेले आफ्नो स्तरबाट उक्त कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाइ उपलब्धी हाँसिल गर्न के गर्न सकिन्छ, के कसरी कार्यदललाई उचित टेवा दिन सकिन्छ, कसरी उदेश्य हांसिल गर्न सकिन्छ यदी सुनुवाई नभए हाम्रो तर्फबाट के गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहि घनिभूत छलफल गरे पश्चात: तत्काललाई एनआरएन यूकेका अध्यक्ष कूल आचार्यको नेत्रित्वमा यूकेबाट सहभागी भै आवश्यक सम्पूर्ण सहयोग कार्यदललाई दिने र आशातित सफलता हांसिल नभएमा पून: युके स्थित संघ संस्थाका प्रतिनिधि, स्थानीय राजनैतिक दलका नेता, भू पू गोर्खाहरू, कानूनविद लगायत सरोकारवालाहरुको सहभागीतामा निर्णायक आन्दोलनको लागी एन आर एन यूके अघि बढ्ने निर्णय समेत गर्‍यो। 

उल्लेखित छलफलमा एनआरएन यूकेका सल्लाहाकार डा॰ राघव धितालले बिशेस रुपमा आफ्नो धारणा राखेका थिए भने सल्लाकार कर्ण शाही, पशुपती भण्डारी, दिनेश घिमिरे, बिनोद ज्ञवाली, अध्यक्ष कूल आचार्य, उपाध्यक्ष द्वय महेन्द्र कंडेल, थर्क सेन, राष्ट्रिय संयोजक राम शरण सिमखडा, सचिव शुस्मा लिम्बू, कोसाध्यक्ष दिलराज गुरुङ, प्रबक्ता जिब बेल्बासे, सदस्य दासु पाण्डे, कृष्ण तिमिल्सिना, बिनोद कुमार न्यौपाने, बिजन भट्ट, ज्ञान शेरचन लगायतले आ-आफ्नो धारणा राखेका थिए। 

बैठकले एनआरएन यूकेका राष्ट्रिय संयोजक राम शरण सिम्खडाद्वारा प्रस्तावित नारी दिवस मनाउने बिषयलाई एक श्वरले आगामी १८ मार्च २०१२ मा मनाउने गरि प्रस्ताब पारित गर्नुका साथै उक्त कार्यक्रमको संयोजनको लागी संस्थाका सदस्य एवम आइसिसीको लागी महिला प्रतिनिधी संगिता मरहठ्ठा र राष्ट्रिय सहसंयोजक शुष्मा लिम्बूलाई सह संयोजकमा मनोनयन गरि उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक सहयोग सचिवालय तथा कार्य समितिसंग लिई भब्यरुपमा सफल पार्न सम्पूर्ण अख्तियारी सहितको जिम्मेवारी दिने निर्णय गरियो । 

त्यसै गरि बैठकको तेस्रो निर्णयको रुपमा काउन्सिलको बैठक आगामी ०६ मे २०१२ मा लण्डनमा गर्ने निर्णय समेत सर्ब सम्मतले गर्‍यो। 

अन्तमा बैठक स्थान, हल साथै रात्रीभोजको प्रायोजन गर्नु भएकोमा एभरेष्ट ईनका निर्देशक तथा संस्थाका सल्लाहकार पशुपती भण्डारी साथै यादब भण्डारीलाई बैठक मार्फत सम्मानका साथै धन्यबाद ज्ञापन गर्दै अध्यक्षको अनुमतिले राष्ट्रिय संयोजकद्वारा बैठकको समापन गरिएको थियो। 

जिब बेल्बासे 
प्रबक्ता,  एनआरएन युके

No comments:

Post a Comment