09 January 2012

यस पटकको साझा सवालमा शासकीय स्वरूप कस्तो ठिक होला

नयाँ संविधानमा दलहरुबीच विवादका विषयहरु साँघुरिंदै गएपनि कस्तो शासकीय प्रणाली अपनाउने भन्ने विवाद अहिले बहसको केन्द्रमा छ । लामो इतिहास बोकेको राजतन्त्र फालिएपछिको गणतन्त्र नेपालका लगि प्रत्यक्ष चुनिएको कार्यकारी अधिकार सहितको राष्ट्रपति ठीक होला कि पहिलेको जस्तै संसदबाट छानिएको प्रधानमन्त्री? वा अरु नै कुनै शासन प्रणाली ? शासकीय प्रणालीका सन्दर्भमा - संविधान सभाको चुनावपछि सबभन्दा ठूलो दल बनेको एकीकृत नेकपा माओवादी जनताबाट सिधै चुनिएको राष्ट्रपतिको पक्षमा छ भने दोश्रो ठूलो दल नेपाली काङ्ग्रेस संसदीय प्रणालीको पक्षमा छ । अब नयाँ संविधान लेखिंदा कस्तो प्रणाली कायम होला त? साझा सवालको यो बहसमा छलफलका लागि हामीसंग हुनुहुन्छ- नेपाली काङग्रेसका नेता रामशरण महत र माओवादी नेता खिमलाल देवकोटा ।

No comments:

Post a Comment