29 December 2011

गोर्खा आन्दोलनका चार प्रमुख घटकहरुको कार्यगत एकता

गोर्खा आन्दोलनमा सक्रिय रहेका चार प्रमुख संगठनहरु कार्यगत एकता गर्न सहमत भएका छन । लण्डनस्थित नेपाली दुतावासमा 24 Dec 2011 शनिबारका दिन भेला भएका उनीहरुले
गोर्खाहरुको माग सम्बोधन गराउन बेलायत सरकारलाई सबै संगठनहरु मिलेर ठुलो धक्का दिने बताए । उक्त कार्यक्रममा सहभागि ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संघ (बिगेसो) का कार्यबहाक सभापति सन्तोष थलङ , ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (विजीडब्लुएस) का अध्यक्ष टिकेन्द्रदल देवान, संयुक्त ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संघ (युविजीइए) युकेका संयोजक ज्ञानराज राई, नेपाल भुतपुर्व सैनिक संघ, (नेसा) युकेका अध्यक्ष केश बहादुर गुरुङ लगायतले गोर्खा आन्दोलनमा एकमत हुने बताएका हुन । उक्त कार्यक्रमबाट कार्यगत एकताका लागि बृहत आमसभा गरी छिट्टै निर्णयमा पुगिने जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन बिगेसोका केन्द्रीय सदस्य तथा बुद्धिजिवी बिभाग प्रमुख डा. चन्द्र लक्सम्बाज्युले गर्नु भएको थियो ।
सो अवसरमा उनीहरुले राजदुत डा. सुरेशचन्द्र चालीसेमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई एक पटक लिइसकेको नागरिकता नखोसीदिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा थलङ, देवान, राई र गुरुङले हस्ताक्षर गरेका छन । ज्ञापनपत्र संबिधानसभा अध्यक्ष, संबैधानिक समितिका सभापति, मौलीक अधिकार समितिका सभापति र परराष्ट्र मन्त्रालयलाई बोदार्थ गरीएको छ । कार्यक्रममा करीब दुइ दर्जनबढि गोर्खालीहरुको सहभागिता रहेको थियो । एकता कार्यक्रममा आन्दोलनको एक घटक गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) भने सहभागि थिएन ।

No comments:

Post a Comment