01 February 2012

लन्डनवासी किरात राईहरुको वार्षिक साभा सम्पन्न ।

लन्डन¸ २८ जनवरी २०१२
ग्रेटर लन्डनभित्र बसोवास गर्ने किरात राईहरुको संस्था “किरात राई यायोक्खा युके, लन्डन शाखा” ले तेश्रो वार्षिक साधारणसभा सम्पन्न गराएको छ । सो सभा नोर्थहल्ट स्थित Northolt Park Community Hall मा भएको हो । किरात राईहरुको बेलायत स्थित संस्थाको केन्द्रिय समिति Farnborough मा अवस्थित छ भने यसका प्रारम्भिक कार्यसमितिहरु बेलायतको Ashford, Basingstoke, Cnatebury, Farnborough, Folkestone, Grays, Greater London, Maidstone, Swindon र Nuneaton मा छन् । संस्थाका सचिव रोम प्रसाद राईले कार्यक्रमलाई दुईभागमा संचालन गर्नु भएको थियो । पहिलो चरणको सत्रमा संस्थाका उपाध्यक्ष टिकाधन राईले सभामा उपस्थित सबैलाई स्वागत गर्दै किरातहरुको धर्म¸ संस्कार र संस्कृतिमाथि खेलबाड नगर्न र किरातहरुको मौलिकता गौरवमय छ भन्दै¸ यसको जगेर्ना गरिनु आजका पिढिहरुको आवश्यक्ता रहेको बताउनु भएको थियो । सभामा विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए । त्यसैगरी भगवान चाम्लिङले आफ्नो मन्तब्यको क्रममा किरातहरुको गौरवमय सत्यतथ्य इतिहासको खोजि गरिनु पर्छ र त्यो सत्यतथ्यले हामी नेपालीहरुबिच टाढा होईन¸ नजिक बनाउँनमा गहन भुमिका खेल्ने कुरालाई प्रस्ट्याएका थिए । सभाका अध्यक्ष दिवाकर राईले संस्थालाई विगतमा सहयोग गर्ने सबै सदस्यहरुलाई बिशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि सम्पूर्ण किरात राईहरु “थोपाथोपा मिलेर सागर बन्छ” भन्ने उखानको चरितार्थ गर्दै एकजुट भएर अगाडि बढ्नको लागि आव्हान गरेका थिए । कार्यक्रममा उपस्थित किरात राई यायोक्खा¸ बेलायतका सल्लाहकार तथा प्रमुख अतिथि अधिवक्ता चन्डिराज राईले किरात राई यायोक्खा बेलायतले प्रस्तावमा ल्याएको “माङखिम” योजनालाई प्रकाशमा ल्याउँदै किरात राईहरुको पहिचानको लागि एकजुट भएर सबैले यथासक्दो सहयोग गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा लन्डनक्षेत्र परिसरमा बसोवास गर्ने किरात राईका दोश्रोपिढिले शिक्षाक्षेत्रमा बिशेष सफलता हासिल गर्नेहरुलाई सम्मान गरेको थियो । सम्मान पाउँने ब्यक्तित्वहरुमा सुश्री कादम्वरी राई¸ सुश्री साया राई¸ सुश्री भावना राई BSc.¸ श्री राजिव राई BSc¸ सुश्री समिता राई BBA, सुश्री ईन्दु राई BSc., डा. ईन्जु राई, डा. मनिता राई, डा. हेम कुमार राई, डा. प्रबिना राई, डा. रचना राई र डा. बर्सा राई थिए । त्यसै गरि संस्थालाई बिशेष योगदान पुर्र्याउँने ब्याक्तिहरु बम प्रसाद राई¸ उदिम बहादुर राई¸ टिकाराम राई¸ मोहन राई¸ क्रन्दन राई¸ रोम प्रसाद राई र दिप राईहरु “किरात पगरि (फेटा)” ले सम्मानित भएका थिए । सम्मान कार्यक्रमलाई संचालन गर्दै संस्थाका प्रचार प्रसार प्रमुख गोपाल के राईले सम्मानित ब्यक्तिहरु सिङ्गो समाजको “रोल मोडल” हुन् भन्दै¸ समाजमा “रोल मोडल” हरुबाट सकारात्मक भुमिकाको आशा ब्यक्त गरेका थिए ।
सभाको दोश्रो (बन्द) सत्रमा संस्थाका कोषाध्यक्ष बालाचन राईले संस्थाको आर्थिक अवस्थावारे खुलस्त पारेका थिए । चल अचल सम्पत्तिहरुको खुलस्त पार्दै बालाचन राईले आउँदा दिनहरुमा अझ संस्थाको आर्थिक स्थितिलाई सुधार गरिनु पर्ने कुरालाई औल्याएका थिए । यसैगरि संस्थका सचिव रोम प्रसाद राईले आफ्नो वार्षिक प्रगति विबरण प्रस्तुत् गर्दै संस्थाले छोटो समयमा धेरै उपलब्धिहरु गरिसकेको र आउँदा दिनहरुमा संस्थाको आर्थिक सुधारको लागि र स्थानिय कलाकारहरुलाई प्रकासमा ल्याईनु पर्ने भन्दै निकट भविश्यमा एक “सुम्निमा सांस्कृति साँझ” को आयोजना हुनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

यस वर्षको साधारणसभा श्रीमति शान्ताकला राईको संयोजकत्वमा आयोजना भएको हो । स्थानिय संघस्थाहरु जिडब्लुएस युके र नेपाली महिला समाज युकेका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभाको बन्दसत्रमा संस्थालाई शसक्तरुपमा अगाडि बढाउँनको लागि बिभिन्न एजेन्डाहरुमा बृहत छलफल र अनुमोदन भए पश्चात स्थानिय नेपाली रेस्टुरेन्ट “Darjeeling Inn” बाट उपलब्ध भएको स्वादिष्ट खानापछि ८ बजे समाप्त भएको थियो ।

1 comment: