18 January 2012

एन आर एन युकेको अन्तरकृयामा नवनिर्वाचित पत्रकारहरूलाई स्वागत र विद्यार्थी समस्या ।

जिब बेल्बासे, लन्डन
१५ जनवरी २०१२, एन आर एन यू के ले मिती ०८ जनवरी २०१२ मा सम्पन्न भावी कार्य योजना बैठकलाई निरन्तरता दिदैं पून: केहि निर्णयहरू गर्दै बैठक सम्पन्न गरेको छ। बैठकको मूल उदेश्य नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र हालै सम्पन्न पत्रकार महासंघ बेलायतका निर्बाचित पदाधिकारीहरूलाई सम्मानार्थ दिवा भोज एवम श्वागत तथा बेलायतमा अध्यनार्थ आएका विद्यार्थीहरुका समसामहिक अप्ठेरा बिषयमा अन्तरकृया कार्यक्रम रहेको थियो तापनि मूल बिषयमा प्रबेस पूर्व अरु केही निर्णयहरू गर्दै केही ब्यक्तित्वहरूलाई बिभिन्न बिभागको संयोजक मनोनित गरेको छ,जस्तै सास्क्रितिक संयोजकको रुपमा एन आर एन यू के का सदस्य रमेश बाँस्तोला, महिला प्रतिनिधिको रुपमा सदस्य संगिता मरहठठा र युबा संयोजकको रुपमा मनिसा डगोंललाई मनोनित गरेको छ। त्यसै गरि एन आर एन यू के का महासचिव राम शरण शिम्खडाको परिकल्पना स्वरुप प्रस्तावित गैह्रआबासिय पत्रकारिता पुरस्कार स्थापना बिषयमा स्वयम् राम शरण शिम्खडा, पत्रकार महासंघ बेलायतका बरिस्ठ उपाध्यक्ष चिरन शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले,सल्लाहाकार खगेन्द्र नेपाली, सदस्य द्वय रमेश बाँस्तोला र विजन भट्ट लगायतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए भने एन आर एन अभियानमा एन आर एन यू के बाट प्राय जसो नयाँ आयाम थपिदै आएको र उपरोक्त सोंच यसैको हिस्सा भएकोले यथासिघ्र पत्रकार महासंघ बेलायतसँग समन्वय गरि सम्पूर्ण पक्षको अध्ययन गर्दै सैध्दान्तिक एवम् ब्यवहारिक रुपमा यसलाई ब्यवस्थापन गरि गति दिनका लागि एन आर एन यू के का महासचिव राम शरण शिम्खडालाई जिम्मा दिने तथा उल्लेखित पुरस्कारको लागि तत्काल रु ५ लाख बराबरको अक्षकोश खडा गर्ने निर्णय गरेको छ। कार्यक्रमको दोस्रो चरणमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले एवम् हालै निर्वाचित पत्रकार महासंघ बेलायतका अध्यक्ष नबिन पोख्रेल, बरिस्ठ्ठ उपाध्यक्ष चिरन शर्मा,सचिव धर्म राज अधिकारि,सदस्य नारायण गाँऊले,उमेश नीरौला, रमा लामिछाने लगायत र राष्ट्रिय विद्यार्थी संगठन यू के का केन्द्रिय सदस्य सूर्य प्रकाश भट्टलाई एन आर एन यू के का अध्यक्ष कूल आचार्यद्वारा फूलको गूच्छा प्रदान एवम खादा ओढाइ सम्मान गरेका थिए।
उपस्थित सबैलाई श्वागत गर्दै एन आर एन यू के का सदस्य रमेश बाँस्तोलाले बिध्यार्थीहरुका समस्या बिषयमा बोल्दै एन आर एन को ताजा मूद्धा नागरिकता बचाउ अभियान बिषयमा कलम चलाइदिन नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई आग्रह गरेका थिए। दूई शब्द बोल्ने क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नव निर्वाचित पत्रकार महासंघ बेलायतका पदाधिकारीहरूलाई बधाई दिदै नेपालमा अज्ञात समूहबाट आउने चुनौती र भौतिक कार्बाहिबाट पर्न गएको मर्म सम्बन्धी चर्चा गर्दै पत्रकारहरुबाट उजागर गरिने आलोचना एवम् समर्थन स्तरिय हुनुपर्ने अन्यथा पत्रकार जगत भजन मन्डली बन्न पुग्ने कुरा प्रस्टयाएका थिए, त्यसै गरि आफ्नो पेशागत मर्यादामा कुनै किसिमको आँच नआउने गरि एक अर्काको कमि कमजोरी औल्यादै पत्रकार महासंघ बेलायत र एन आर एन यू के सहकार्य गर्ने कुरामा आफू विश्वस्त रहेको कुरा ब्यक्त गरेका थिए भने नव निर्वाचित पत्रकार महासंघ बेलायतका अध्यक्ष नबिन पोख्रेलले एन आर एन यू के को श्वागतबाट आफू र आफ्नो संघ आभारी हुनुका साथै थप जिम्मेवारी महसूस भएको बताउदै एन आर एन अभियानमा आफू र आफ्नो संघ सदैब सकारात्मक भइ हातेमालो गरिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए। श्वागतकै क्रममा नेपाली दूताबासका प्रतिनिधि खिमा नन्द भुसालले नव निर्वाचित पत्रकार महासंघ बेलायत कार्य समितिलाई बधाइ दिदै निश्पक्ष, पूर्बाग्रह रहित भई सत्यताको उजागर गर्न सकेमा सफलता स्वत: हात लाग्ने बताएका थिए भने एन आर एन युरोपका सह संयोजक लक्ष्य गुरुङले बधाइका साथ एन आर एन को मूद्धालाई चर्को रुपमा उठाइदिन पत्रकार बन्धुहरुमा हार्दिक अनुरोध गरेका थिए। कार्यक्रमको मूल केन्द्रबिन्दु अर्थात: मूल मूद्धा विद्यार्थी समस्या बिषयक अन्तर्क्रियाको क्रममा उपस्थित पूर्व एवम् बर्तमान विद्यार्थी नेता, कानून विद, बुद्धिजिबी,पत्रकार,शिक्षा ब्यवसायि, एन आर एन आइ सी सी सदस्यहरू,सल्लाहाकारहरु, बेलायतका लागि नेपाली दुताबासका प्रतिनिधि, कार्य समितिका सबैजसो सदस्यहरू तथा उल्लेख्य सहभागी बिद्यार्थीहरू बिच बेलायतमा अध्यनार्थ नेपालदेखि आएका विद्यार्थी माझ रहेका समसामयिक समस्याको पहिचान र समाधानका उपाय एवम् एन आर एन यू के, शिक्षा ब्यबसायी, समाजसेबी, बुध्दिजिबी, नेपाली दुताबास साथै बिभिन्न तह र तप्काबाट हुन सक्ने सहयोग बिषयमा पूर्व विद्यार्थी नेता एवम् एन आर एन आइ सी सी सदस्य विश्व पन्डित, सल्लाहाकार कृष्ण भट्टराइ,बिद्यार्थिका तर्फबाट ज्ञान पाण्डे, राष्ट्रिय विद्यार्थी संगठन यू के का केन्द्रिय सदस्य सूर्य प्रकाश भट्ट, कानून ब्यबसायी राजु थापा तथा दिपक भट्टराइ,शिक्षा ब्यबसायी राजन कंडेल, कृष्ण भट्ट,नेपाली दुताबासका प्रतिनिधि खिमा नन्द भुसाल लगायतले बोलेका थिए भने यू के बोर्डर एजेन्सिको पटक पटकको नियम परिबर्तनबाट पर्न गएको मार बिद्यार्थिमा मात्र सिमित नरही कलेज ब्यबसायी समेतमा परेको, त्यतिमात्र नभै कानून ब्यसायीलाई समेत दुरुस्त रहि रहन अप्ठेरो परि रहेको यस परिबेशमा विद्यार्थीहरूको अनूभब नै समाधानको कडी हुने सक्ने बिषयमा सबैको मतैक्यता रहेको थियो।
कार्यक्रमको अन्तिम चरणमा क्रमश: कानून ब्यबसायी राजु थापा एबम दिपक भट्टराइ र एन आर एन युरोपका सह संयोजक लक्ष्य गुरुङको नेत्रित्वमा ३ वटा समूहमा बिभाजित भइ समूहगत रुपमा ब्यापक छलफल गरिएको थियो। सोचे भन्दा अत्यन्तै सौहाद्रपूर्ण रुपमा एक अर्को पक्ष बीच अगाध सम्मानपूर्बक गरिएको सो छलफलमा शिक्षा ब्यबसायी र विद्यार्थी दूबै पक्ष एक अर्काको मर्यादामा किन्चित मत्रामा पनि आँच नाअओस भनि निक्कै नै संबेदनशिल रहि छलफल गरेका थिए भने कलेज ब्यसायी महेन्द्र कंडेल, राजन कंडेल,कृष्ण भट्ट एवम् यादब श्रेष्ठ लगायतले बिद्यार्थिका समस्या समाधानको लागि आफ्नो तर्फबाट हुन सक्ने सम्पूर्ण किसिमको सहयोगको लागि बचन बद्धता ब्यक्त गरेका थिए। समूहगत छलफलको अन्त्यमा विद्यार्थीहरूको दिर्घकालिन सहयोगार्थ सदा सर्बदा उप्लब्ध भई सहयोग, सुझाब एवम् समाधानको लागि कृष्ण भट्ट,कृष्ण भट्टराइ, गणेश गुरुङ, डा॰ पदम शिम्खडा, दिपक भट्टराइ, विश्व आदर्श पन्डित, महेन्द्र कंडेल, राजु थापा र सूर्य प्रकाश भट्ट समेतको ९ सदस्यिय सहयोग केन्द्र गठन गरियो। बैठक तथा कार्यक्रमको सुरुदेखि अन्त्यसम्म बिधिवत संचालन एन आर एन यू के का मसचिव राम शरण शिम्खडाले गरेका थिए भने कार्यक्रमको अन्त्यमा एन आर एन यू के का उपाध्यक्ष महेन्द्र कंडेलले उपस्थित सम्पूर्ण महानुभाबहरुमा धन्यबाद ज्ञापन गर्दै हंग्री यतिका प्रबन्ध निर्देशक माधव लाल श्रेष्ठ लगायत सम्पूर्ण कर्मचारिहरुमा मिठो भोजन र बैठकको लागि ठाउँ उपलब्धताको बारेमा समेत धन्यबाद सहित आभार प्रकट गरेका थिए। त्यसै गरि कार्यक्रमलाई बिसर्जन गर्दै संस्थाका अध्यक्ष कूल आचार्यले यू के बी ए को नियम परिबर्तनबाट मर्माहत भएका विद्यार्थीहरूको सहयोगको लागि एन आर एन यू के सदा प्रतिबद्ध थियो, छ र रहने छ भन्दै बचनबद्धता ब्यक्त गरेका थिए। सोही अवसरमा अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेतर्फ आशाबादी दृष्टिले हेर्दै बिद्यार्थिका समस्या र एन आर एन को नागरिकता बचाउ अभियानको बिषयमा कलमा चलाई सहयोग गरिदिन अनुरोध गरेका थिए। त्यसै गरि शिव गाऊलेको लागि गैह्र आबासिय पत्रकारिता पुरस्काररुपी रु ५ लाखको अक्षकोश सम्बन्धी बिषय नेपाल फर्कदा कोशेली साबित हुने कुरा समेत अध्यक्ष आचार्यले स्पस्ट पारेका थिए।

लेखक एन आर एन यूकेका प्रवक्ता हुनुहुन्छ ।

No comments:

Post a Comment