14 January 2012

एन आर एन यूकेको भावी कार्ययोजना


जिब बेल्बासे 

अल्डरशट मिती ०८ जनवरी २०१२ एन आर एन यूके पाँचौ कार्यसमितिको पूर्व निर्धारित कार्यक्रम अनुसार् एन आर एन आइ सी सी उपाध्यक्ष भूपु क्याप्टेन हितमान गुरुङ,आइ सी सी सदस्य शंकर भण्डारी, विश्व आदर्श पंडीत, युरोपका सह संयोजक लक्षय गुरुङ लगायत सम्पुर्ण सल्लाहाकारहरू कार्य समितिका सबै जसो सदस्यहरूको सक्रिय सहभागितामा भावी कार्य योजना बैठक सम्पन्न भयो।

मुख्य लक्ष्य भावी कार्य योजना बैठक हुनुका बाबजुद पनि वर्ल्ड् एजुकेसन फोरमको ०९ जनवरी २०१२ देखि सन्चालन हुने दिने कार्यक्रममा भाग लिन नेपाल देखि आएका शिक्षामन्त्री दिना नाथ शर्मासँग एन आर एन सँग जोडिएको दोहोरो नागरिकता बिषयक अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न भयो। कार्यक्रमको प्रथम चरणमा एन आर एन यू के का अध्यक्ष कूल आचार्यद्वारा शिक्षा मन्त्री दिना नाथ शर्मा शिक्षा सचिब किशोर थापालाई खादा तथा फुलको गुच्छाद्वारा सम्मान गरिएको थियो भने अध्यक्ष कूल आचार्यद्वारा नवमनोनित सदस्यहरूलाई सपथ ग्रहण गराए पश्चात मन्त्री शर्माको बाहुलिबाट नव मनोनित सल्लाहाकार सदस्यहरूलाई खादा ओढाइ श्वागत गरिएको थियो।
   
   एन आर एन यू के का उपाध्यक्ष महेन्द्र कंडेलको श्वागत मन्तब्य एबम बेलायतका लागि नेपाली राजदुत डा॰ सुरेश चन्द्र चालिसेको बक्तब्य पश्चात डा॰ राघव धिताल एन आर एन आइ सी सी उपाध्यक्ष भूपु क्याप्तेन हितमान गुरुङले भैरहेको नागरिकताको बचाउको बिषयमा एन आर एन को धारणा ब्यक्त गरेका थिए।

   एन आर एन को नागरिकता बचाउ अभियान बिषयमा आफू आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै माओवादी पूर्ण रुपमा लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएको यसलाई शँका नगर्न अनुरोध स्वरुपको बक्तब्य मन्त्रिबाट दिए पश्चात सुरु भएको अन्तरक्रिया कार्यक्रममा राजनैतिक नेताहरूको दोहोरो चरित्र तथा उपस्थित जनसमुहलाई मध्य नजर गरि बोल्ने प्रब्रितीको निक्कै नै घोचीला पेचिला प्रश्नहरू बर्साए पश्चात केही महिना पूर्व नागरिकता बिषयमा बिबाद समाधान उपसमितिको निर्णय नै यथार्थ भएको त्यसमा शब्द चयन एबम एन आर एनको माग अनुकूल बनाउन एन आर एनले बैज्ञानिक किसीमको सुझाब दिनुपर्ने साथै गोर्खा भर्ती बन्द हुने कुरा अफबाह भएको कुरा मन्त्री शर्माले स्पस्ट पारेका थिए।

   कार्यक्रमको दोस्रो चरणमा पूर्व अध्यक्ष महन्त श्रेष्ठ भू पु मेजर डमर घलेले बक्तब्य दिएका थिए भने साबिक अध्यक्ष सूर्य गुरुङले एन आर एन यू के को स्थापना काल देखि हालसम्म भए गरेका काम कारबाही एबम उपलब्धीहरूको फेहरिस्ता प्रश्तुत गरेका थिए।

यसै गरि दोस्रो चरणलाई निरन्तरता दिदै समुहमा उपस्थित बीज्ञ जनसमुह लाई बिभाजित गराई समूह ले एन आर एनको सबलता,कमजोरी,मौका, चुनौतीको बिषयमा छलफल गरि क्रमश: टोली नेता कृष्ण भट्टराई भू पु मेजर सूर्य प्रसाद उपाध्यायले प्रस्तुति दिएका थिए भने समूह ,, ले एन आर एन यू केले हालसम्ममा गरेका धेरै राम्रा,ठिकै नगरेको भए पनि  हुने कामका बिषयमा ब्यापक छलफल गरि टोली नेता क्रमश:भू पु मेजर डमर घले,खगेन्द्र नेपालि साबिक अध्यक्ष सूर्य गुरुङले प्रस्तुति दिएका थिए।

   कार्यक्रमको तेस्रो चरणमा फेरी पनि सकेसम्म सम्बन्धित बिषयमा थोरै भए पनि दक्षता भएका महानुभाबहरु पर्ने गरि वटा समूहमा बिभजन गरि एन आर एन यू केले गर्न सक्ने,गर्नु पर्ने एबम नगरि नहुने काम कार्बाहिका बिषयमा ब्यापक छलफल गरि भावी सम्भावना औँल्याने कार्य भयो। दोहोरो नागरिकता एन आर एन को कल्याणकारी योजना, गोर्खा समस्या, बिध्यार्थिहरुका समस्या, एन आर एन स्वयमको पदोन्ती, कुनै पनि क्षेत्रमा एन आर एन बाट दीइने आर्थिक सहयोगको प्रभावकारिता, एन आर एन को संस्थागत बिकास,एन आर एन यू के ले नेपाल यू के मा गर्न सक्ने सामाजिक, आर्थिक, मानसिक, एबम भौतिक क्रान्तिक बिषयलाई समेटने गरि फरक फरक बिषयमा बिभाजित समूहका नेता क्रमश: एन आर एन आइ सी सी उपाध्यक्ष भूपु क्याप्टेन हित मान गुरुङ,एन आर एन यू के का अध्यक्ष कुल आचार्य, उपाध्यक्ष थर्क सेन,युरोपका सह संयोजक लक्ष्य गुरुङ सल्लाहाकार भक्त गुरुङले प्रस्तुति दिएका थिए।

   एन आर एन यू केको सोंच केही सुबिधा सहितको परिचयपत्रले  छलफलमा महत्व पाएको थियो भने यस बिषयमा सल्लाहाकार कृष्ण भट्टले सम्भाब्यता एबम लाग्न सक्ने खर्च सम्बधमा प्रकाश पारेका थिए।

   नेपाल नेपालिको पहिचान दिन सक्ने किसिमको नेपाल हाउस बनाउने बिषयमा सबैको एकमत रहे ता पनि तत्काललाई अध्यक्ष कुल आचार्यले सम्भाब्यता अध्ययन गरि राख्ने छिटटै हुने काउन्सिलको बिशेस बैठकमा प्रस्तुत गरि काउन्सिलबाटै निर्णय गराउने गरि सम्पुर्ण जिम्मेवारी अध्यक्ष कुल आचार्यलाई दीइयो। त्यस्तै बैठकबाट उठेका सम्पुर्ण बिषयको लिखित चार्ट एन आर एन यू के सँग सुरक्षित भएकोले त्यसलाई आधार मान्दै वा परिमार्जन सहित कार्य समितिले कार्यान्वयन गर्ने गराउने ब्यहोरा बैठकले निर्देशित गरेको थियो। सबैजसो चरणको कार्यक्रम्  एन आर एन यू के का महा सचिव राम सिम्खडाले निक्कै नै रोचक एबम प्रखर तरिकाले सन्चालन गरेका थिए भने अन्तिम् चरणको मध्यदेखी एन आर एन आइ सी सी का  प्रबक्ता डा॰ हेमराज शर्माले बैठकमा उठान गरिएका सबै बिषयहरूलाई सुनियोजित तवरबाट सम्बोधन हुन सक्ने गरि निर्देशन दिएका थिए, त्यसै गरि सल्लाहाकार डा॰ कृष्ण अधिकारीले एन आर एन यू के ले हालसम्म गरेका काम कार्वाहीहरूलाई ग्राफिक रुपमा प्रस्तुत गर्दै यू के मा नेपालिहरूको जनगणना बिषयमा बोलेका थिए।

   कार्यक्रमको अन्त्यमा एन आर एन यू के का उपाध्यक्ष थर्क सेनले उपस्थित सबैमा धन्यबाद् दिदै बैठक स्थल उपलब्ध गराई अत्यन्तै स्वादिस्ठ भोजन गराएकोमा निर्माया रोधी घर अल्डरशटका निर्देशक तथा एन आर एन यू के का सदस्य गणेश गुरुङ्, भूपु डिएसपी बाचस्पती रेग्मी साथै सबै कर्मचारीहरू उपर हार्दिक धन्यबाद् सहित आभार ब्यक्त गरेका थिए।

लेखक एन आर एन यूकेका प्रबक्ता हुनुहुन्छ । 

No comments:

Post a Comment