फोटोहरु हेर्नलाई याहाँ क्लिक गर्नुस्
पृय नम्बरी साहेबहरु तथा दिदीबहिनीहरु, कुनै पनि समाजभित्र संस्कार, संस्कृति हुन्छ र त्यसभित्र त्यो समाजको सिंगो अस्तित्व अडेको हुन्छ भन्दा अतिउक्त नहोला । हामी नम्वरीहरु पनि १९८५ मा हाम्रा पुर्खाहरुको रगत र पसिनाले आर्जेको, सुनौलो इतिहास बोकेको ब्रिगेड अफ गोर्खाजमा भर्ति भएको दिन देखि यस्तै एउटा समाजको सृजना भएको छ र यो समाज अन्य समाजहरु भन्दा अनुपम छ । यसको मुल्य बेजोड छ, किन कि हामी नम्वरीहरुविचमा रहदै आएको सौहार्दपुर्ण सम्वन्ध, माया र स्नेह अन्य समाजहरुमा भन्दा बिलकुलै अनुपम र बेजोड खालको छ । यो प्रवासी भूमिमा हामी सम्पूर्ण नम्बरीहरुविच ऐक्यवद्धताको आव्हान गर्दै हामी बिचमा रहँदै आएको सौहार्दपुर्ण सम्वन्ध, माया र स्नेहलाई जोगाएर राख्नु आजको हाम्रो आवश्यक्ता हुन आएको छ ।
पृय नम्बरी साहेबहरु तथा दिदीबहिनीहरु, कुनै पनि समाजभित्र संस्कार, संस्कृति हुन्छ र त्यसभित्र त्यो समाजको सिंगो अस्तित्व अडेको हुन्छ भन्दा अतिउक्त नहोला । हामी नम्वरीहरु पनि १९८५ मा हाम्रा पुर्खाहरुको रगत र पसिनाले आर्जेको, सुनौलो इतिहास बोकेको ब्रिगेड अफ गोर्खाजमा भर्ति भएको दिन देखि यस्तै एउटा समाजको सृजना भएको छ र यो समाज अन्य समाजहरु भन्दा अनुपम छ । यसको मुल्य बेजोड छ, किन कि हामी नम्वरीहरुविचमा रहदै आएको सौहार्दपुर्ण सम्वन्ध, माया र स्नेह अन्य समाजहरुमा भन्दा बिलकुलै अनुपम र बेजोड खालको छ । यो प्रवासी भूमिमा हामी सम्पूर्ण नम्बरीहरुविच ऐक्यवद्धताको आव्हान गर्दै हामी बिचमा रहँदै आएको सौहार्दपुर्ण सम्वन्ध, माया र स्नेहलाई जोगाएर राख्नु आजको हाम्रो आवश्यक्ता हुन आएको छ ।
१९८५ साल देखि धेरै वशन्तहरु बित्दै जाँदा हामी नम्वरीहरुबाट फाट्टफुट्ट पेन्सनमा निस्कने क्रमको शुरु भए पछि हाम्रो यो संस्था ५ नोभेम्वर २००६ मा स्थापना भएको कुरा त हामी सबैलाई अवगत भएकै कुरा हो । समग्रमा भन्नुपर्दा, हाम्रो सामाजिक पहिचानको संरक्षण गर्दै, हामी सम्पूर्ण नम्बरीहरुविच ऐक्यवद्ध गराउँनको निमित्त साथै भवितब्य भईपरि आउने विभिन्न सुख–दुःखको घडिमा एकापसमा सहयोग र सद्भावको परियोजना गर्नको लागि यस संस्थाको जन्म भएको हो । आज यहाँ तपाईहरु समक्ष Intake 85 संस्थाको पाचौं वर्षगाठले निम्त्याएको पाँचौं वार्षिक साधारणसभाको अवसरमा, यस संस्थाले गएको बर्षभित्र गरेको कृयाकलापहरुको संक्षिप्त विवरणहरु प्रस्तुत् गर्नको लागि अनुमति चाहन्छु !
४ डिसेम्बर २०१० मा सम्पन्न भएको संस्थाको तेश्रो अधिवेशनले गठन गरेको कार्यसमितिको रुपरेखा यस प्रकार छन् ।
कार्यसमितिका सदस्यहरुः
१. अध्यक्ष श्री राजन कुमार क्षेत्री
२. उपाध्यक्ष श्री अमरजङ्ग सुब्बा
३. उपाध्यक्ष श्री तेज वहादुर गुरुङ्ग
४. सचिव श्री गोपाल कृष्ण राई
५. सहसचिव श्री विरेन्द्र बोहरा
६. कोषाध्यक्ष श्री गंज वहादुर आले
७. सहकोषाध्यक्ष श्री भिम लिम्बु
८. सदस्य श्री बल बहादुर तामाङ्ग (मनोरन्जन संयोजक)
९. सदस्य श्री मोति कन्दङ्वा (प्रोपर्टि संयोजक )
१०.सदस्य श्री भुपेन्द्र गुरुङ्ग (खेलकुद संयोजक)
११.सदस्य श्री मिलन तमु (पब्लिक रिलेसन संयोजक)
क्षेत्रिय संयोजकहरुः संयुक्त अधिराज्य बेलायतको भूभाग विशाल भएको हुनाले संस्थाले कुनै पनि कार्यहरुलाई कार्यान्वयन गर्न परेको खण्डमा सरल तरिकाले संचालन गर्न सकियोस् भन्ने हेतुले तल देहाय बमोजिम्को क्षेत्रिय संयोजकहरु तोकिएका छन् ।
Area
|
Representative Name
|
Aldershot
|
Rem Prashad Sherchan and Ganga Gurung
|
Ashford
|
Dhurba Rai
|
Basingstoke
|
Laxmi Limbu and Tika Rana
|
Birmingham
|
Amrit Ale
|
Camberley
|
Prem Kumar Rai
|
Cat rick
|
Than Bahadur Siniali
|
Derby
|
Om Bahadur Tilija
|
Essex
|
Man Bahadur Rai
|
Folkestone
|
Surya Gurung
|
Farnborough
|
Dhir Gurung and Buddi Gurung
|
London
|
Krishna Bahadur Thapa and Shankhar Gurung
|
Modern
|
Bishnu Surybansi
|
Swindon
|
Pitambar Rana and Tilak Rai
|
Scotland
|
Yogesh Rai
|
Woking
|
Buddi Gurung
|
संयुक्त अधिराज्य बेलायतभरि छरिएर बसोवास गरेका सबै नम्वरीहरुविच संस्थाले निर्देशन गरेको कार्यहरु हाम्रा क्षेत्रिय संयोजक सदस्यहरुको बिनासहयोग अधुरै रहने यथार्थता कसैले पनि नकार्न नसकिने कुरा हो । तर हाम्रा क्षेत्रिय संयोकज्युहरुको अतुलनिय भुमिकाले हाम्रो संस्था अगाडि बढिरहेको छ । यसै अवसरमा उहाँहरु प्रत्येकलाई संस्थाको तफर्बाट विशेष धन्यवाद दिन चाहन्छु, साथै यहाँहरुको निरन्तर सहयोग र सद्भावको, संस्थाले सदैव अपेक्षा गरेको पनि जाहेर गर्न चाहन्छु ।
सल्लाहकार समितिः
१. श्री शेर वहादुर सुनार
२. श्री नेपालधन राई
कल्याणकारी कार्यमा संलग्नताः गत बर्ष यो कार्यसमितिको गठन भए पश्चात संस्थाले दुईपटक कल्याणकारी कार्यहरुमा संलग्नभई उद्धार कार्य गरेको छ । हाम्रा अति मिलनसार नम्वरी हाजिन्द्र लिम्बु (67172) को, मेई ११ तारिक २०११ मा असामयिक निधन भएको थियो । त्यसै गरि अगष्ट २८ तारिक २०११ मा श्रीमति आरती तामाङ गुरुङ (नम्वरी अमर गुरुङ (66976) की धर्मपत्नी) को पनि असामयिक निधन भएको थियो । संस्थाको बिधिविधानमा निर्देश् भए अनुसार दिवाङ्गत हाजिन्द्र लिम्बुको दुःखको घडिमा रहनु भएकी श्रीमति हस्तमाया लिम्बुज्यु र दिवाङ्गत श्रीमति आरती तामाङ गुरुङको दुःखको घडिमा रहनु भएका नम्वरी श्री अमर गुरुङ्गज्युलाई केहि सहयोग पुगोस् भन्नाखातिर सहयोग रकमहरु हस्तान्तरण गरेका छौं । सहयोग संकलनको पूर्ण तथ्याङ्क आर्थिक प्रतिवेदनमा समावेस गरिएको कुरा पनि जाहेर गर्न चाहन्छु । यसै वर्ष संस्थाका दुईजना सदस्यहरुको अल्पायुमा भएको असामयिक निधनले सिङ्गो संस्थालाई गहिरो चोट लागेको छ, हामी सम्पूर्ण नम्वरीहरु र परिवार मर्माहत भएका छौं । यद्यपि उहाँहरुको दिवाङ्गत आत्माको चिरशान्तिको लागि सम्पूर्ण नम्वरी र परिवारको तर्फबाट भगवानसँग प्रार्थना गरौं ।
वार्षिक भेटघाट कार्यक्रमः 11 June 2011 का दिन Aldershot स्थित Connaught School को प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको थियो । बेलायतभरि छरिएर रहेका सबै नम्वरी तथा परिवारको सहभागिता उल्लेख्य नै रहेको थियो । त्यस दिनको भलाकुसारी भेटघाट कार्यक्रममा, नेपालीपन झल्किने खालका विभिन्न मनोरन्जनात्मक खेलहरु खेलेर रमाईलोसाथ मनाईएको थियो ।
संस्थाको वेबसाईटको प्रयोजन र नविकरणः आजको अत्याधनिक सुचना प्रविधिको अति परिवर्तनशिल जमानामा इन्टरनेट प्रविधिलाई विशेष महत्व दिने रणनितिलाई प्राथमिकता दिदै आईरहेका छौं । इन्टेक ८५ ले प्रयोजनमा ल्याईरहेको इन्टरनेट वेबसाईट http:///www.intake85.org.uk केहि समय देखि निष्किृय रहँदै आएको अवस्थामा यसलाई पूनः संचालनमा ल्याउनको लागि पहलकदम चालिएको थियो । यस वेबसाईटका संचालकद्वय नम्वरी प्रेम गुरुङ् र नम्वरी नन्दराज राईज्युहरुसँग लामो समयसम्म वार्तालाप हुँदा आवश्यक सबै मेलोमेसो (Log in information) हरु जानकारीमा आउँदा पनि पूनः प्रयोजनमा ल्याउन असमर्थ हुँदा अन्तमा यस वेबसाईटको वार्षिक नविकरण खारिज भएको बुझिन आएको छ । संचालकद्वय र अन्य इन्टरनेट विज्ञहरुद्वारा यो पुरानो वेबसाईटलाई पूनः संचालनमा ल्याउनुभन्दा नयाँ तारिफमा, नयाँ वेबसाईको निर्माण गरि प्रयोजनमा ल्याईए उचित हुने सल्लाह सुझाव आएको हुनाले यस कार्यसमितिले सोहि कुरा सिफारिस गर्न चाहेको कुरा पनि यहाँहरु समक्ष जाहेर गर्न चाहन्छु । यस्तो हुँदाहुँदै पनि हालमा सामाजिक संजाल फेसबुकको सहायता मार्फत केहि नम्वरीहरुमाझ लोकपृययता भएको जानकारी गराउँन चाहन्छु । फेसबुकको ग्रुपमा हाल ७६ जना नम्वरीहरु ग्रुप मेम्बरमा रहेको र दिनप्रतिदिन प्रयोग कर्ताहरु बढि रहेको छ । यदि तपाईहरु पनि यहाँ सदस्य बन्न चाहनु हुन्छ भने http://www.facebook.com/groups/intake85/ मा स्वागत पाउँनु हुने छ ।
भावि कार्यक्रमहरुः संस्थाले विगतमा संचालन गरेका कार्यक्रमहरुलाई यथावत तरिकाले निरन्तरता दिईने छ । बिशेष गरेर वार्षिक कार्यक्रमलाई अझ महत्वकासाथ भब्यता दिईनेछ । सदाझै आउँदो वर्ष पनि वार्षिक भेटघाट कार्यक्रम भब्यताका साथ मनाईने छ । उक्त कार्यक्रममा इन्टेक ८५ का छोराछोरीहरुले शिक्षाक्षेत्रमा दक्षता हाँसिल गरि उच्च श्रेणिमा उत्तिर्ण गर्न सफल हुनेहरुलाई उनिहरुको कडा परिश्रम र क्षमताको कदर गर्दै पुरस्कारले सम्मान गरिने निधो भएको छ । हामीलाई अवगत भए अनुसार यसवर्षको जिसिएसई परिक्षामा उच्च श्रेणिमा उत्तिर्ण गर्न सफल हुने केहि नानिहरुको नामावलि यहाँ प्रस्तुत गर्न चाहन्छु ।
१) सुश्री रजिना क्षेत्री — (श्रीमान श्रीमति राजनकुमार क्षेत्रीकी सुपुत्री)
२) सुश्री कादम्वरी राई — (श्रीमान श्रीमति क्रन्दन राईकी सुपुत्री)
३) सुश्री सृजना पुन — (श्रीमान श्रीमति चित्र बहादुर पुनकी सुपुत्री)
४) श्री मौसम राई — (श्रीमान श्रीमति टंक राईको सुपुत्र)
५) सुश्री जुलिया गुरुङ — (श्रीमान श्रीमति पुर्ण गुरुङकी सुपुत्री)
पुनश्चः यदि अन्य नम्वरीहरुको नानिहरुले पनि उच्च श्रेणिमा उत्तिर्ण गरेको र छुट्न गएको भए उहाँहरुको नामावली कार्यसमितिमा दर्ता गराउँन पनि आव्हान गर्दछु । त्यसैगरि अन्य क्षेत्रमा सम्मान योग्य कार्य गर्नेहरुलाई पनि उचित सम्मान गरिने कुरा जानकारी गराउँन चाहन्छु ।
अन्त्यमा, इन्टेक ८५ को पवित्र लक्ष्य हामी सम्पूर्ण नम्बरीहरुविच ऐक्यबद्घ हुँदै भवितब्य भईपरि आउने विभिन्न सुख–दुःखको घडिमा एकापसमा सहयोग र सद्भावको संस्कार बसाउँनको लागि चिन्तन मननका साथ लागि परिदिनु हुन आग्रह गर्दछु । गतवर्षका कार्यक्रमहरुमा यहाँहरुको अटुट् सल्लाह, सुझाव, सहयोग र सहभागिताले नै सफल हुन सकेकाले यहाँहरुलाई मुरीमुरी धन्यवाद दिदै आउने दिनहरुमा अझ धेरै सहयोग र सुझावहरुको अपेक्षाकासाथ यो वार्षिक प्रगति विबरण यही अन्त्य गर्न चाहन्छु ।
धन्यवाद !
No comments:
Post a Comment